प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदल गठन गरेको हो ।
हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी तथ्याङ्कलाई थप सुरक्षित बनाउन देशभरका सबै स्थानीय तहको तथ्याङ्क व्यवस्थापन एउटै सफ्टवेयरबाट गर्ने तयारी भइरहेको बताउनुभएको छ।
इटालीको दक्षिणी क्यालाब्रिया क्षेत्रको समुन्द्र आएको आँधीका कारण आइतबार बिहान डुङ्गा डुब्दा केही महिनाका एक शिशुसहित ४० भन्दा बढी आप्रवासीको मृत्यु भएको उद्धारकर्मीले पुष्टि गरेका छन्।
मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्य राष्ट्रले युक्रेनलाई हतियार सहयोग गरेर युक्रेन द्वन्द्वमा भाग लिएको आरोप लगाउनुभएको छ। “उनीहरूले युक्रेनमा अर्बौं डलरको हतियार पठाइरहेका छन्। वास्तवमा, यो युद्धमा सहभागिता हो,” पुटिनले आइतबार प्रसारित रोसिया–१ च्यानललाई दिएको अन्तर्वार्तामा भन्नुभयो। पुटिनले भन्नुभयो, “यसको अर्थ के हो भने कीभ सरकारले गरिरहेको अपराधमा अप्रत्यक्ष रुपमा भए पनि उनीहरुले भाग लिइरहेका छन्।”“पश्चिमा मुलुकहरूको एउटा मात्र उद्देश्य पूर्व सोभियत सङ्घ र यसको मुख्य भाग रूसी सङ्घलाई टुक्राउने रहेको छ,” उहाँले भन्नुभयो। उनीहरूले हामीलाई सभ्य मानिसहरूको तथाकथित परिवारमा भिन्न भिन्न रूपमा मान्यता दिने गरेका छन्। युक्रेनमा रूसको पूर्ण आक्रमण सुरु भएको एक वर्ष पुग्नुभन्दा एक दिन पहिले गत बिहीबार मस्कोमा आयोजित देशभक्तिपूर्ण कन्सर्टका क्रममा पुटिनले उक्त कुरा बताउनुभएको हो।अन्तर्वार्तामा पुटिनले बहुध्रुवीय विश्वका लागि आफ्नो आह्वान दोहोर्याउँदै यस्तो हुनेमा आफूलाई कुनै अनौठो नलागेकोे बताउनुभएको छ। “हामी केको विरुद्धमा छौं ? सोभियत सङ्घको पतनपछि विश्वलाई आफ्नै शैलीमा ढाल्ने उनीहरूको प्रयासले यो अवस्था निम्त्याएको छ, हामी यसविरूद्ध प्रतिक्रिया दिन बाध्य छौं,” उहाँले भन्नुभयो। रासस
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति गरेका आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो।
प्रथम गोर्खा पाँचथर रङ्गशाला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । तुम्याहाङ क्लबले आयोजना गरेको प्रतियोगिता फागुन १६ देखि २० गतेसम्म सञ्चालन हुने आयोजकले क्लबले आइतबार फिदिममा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएको छ ।
बलात्कार आरोपमा पुर्पक्षका लागि तनहुँ कारागरामा थुनामा रहेका नायक पूर्णविक्रम शाह (पल)ले सफाइ पाउनुभएको छ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई मरणोपरान्त 'नइ कीर्ति रत्न' बाट विभूषित गर्ने निर्णय गरिएको छ ।
इटालीको दक्षिणी क्षेत्र क्यालाब्रियास्थित क्रोटोन सहरमा डुङ्गा डुब्दा कम्तीमा २७ आप्रवासीको मृत्यु भएको इटालियन सञ्चारमाध्यमले आइतबार जनाएका छन्।
एन्जल लर्ड एकेडेमी हाइ स्कुल कोटेश्वरको आयोजनामा फागुन १२ र १३ गते चौथो बृहत् विज्ञान तथा प्रविधि प्रदर्शनी सम्पन्न भएको छ ।
लामो समयपछिको वर्षाका कारण मौसममा प्रतिकुलता हुँदा हवाई उडान सामान्य प्रभावित भएको छ।
मच्छिन्द्र फुटबल क्लब झापाको भद्रपुरमा जारी भद्रपुर गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा मच्छिन्द्रले विभागीय टोली एपीएफ क्लबलाई १–० गोलले हरायो ।
प्रसिद्ध पर्यटकीय गन्तव्य कालिन्चोकमा मङ्गलबार दिउँसोबाट हिमपात सुरु भएको छ। मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि कालिन्चोक क्षेत्रमा हिमपात सुरु भएको हो।
ओखलढुङ्गाको माथिल्लो क्षेत्रमा वर्षासँगै हिमपात भएको छ। यो सालको पहिलो हिमपात र वर्ष भएको हो। जिल्लाको खिजिदेम्बा, मोलुङ, चिशंखुगढी गाउँपालिका र सिद्धिचरण नगरपालिकाको माथिल्लो क्षेत्रमा वर्षासँगै हिमपात भएको हो।