शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेरबहादुर राई
ओखलढुङ्गा, फागनु १४ गते। ओखलढुङ्गाको माथिल्लो क्षेत्रमा वर्षासँगै हिमपात भएको छ। यो सालको पहिलो हिमपात र वर्ष भएको हो। जिल्लाको खिजिदेम्बा, मोलुङ, चिशंखुगढी गाउँपालिका र सिद्धिचरण नगरपालिकाको माथिल्लो क्षेत्रमा वर्षासँगै हिमपात भएको हो।
लामो समयपछि परेकोको पानी र हिमपातले हिउँदे बाली र बुङ आलु खेती गर्ने किसानलाई राहत भएको सिद्धिचरण नगरपालिका–६ जन्तरखानी ठाँडेका हरिकुमार मगरले बताउनुभयो।
अहिले पनि ठाँडे, जन्तरधाम, पत्ताले, पात्ले र देम्बा आसपासमा हिउँ परिरहेको मगरको भनाइ छ। जिल्लाको तल्लो क्षेत्रमा पनि केही ठाउँमा सामान्य वर्षा भएको छ।