राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीले राजीनामा दिएपछि खाली भएको मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हाल्नुहुने भएको छ।
सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो ।
घर्तीमगरलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. ४ पुरानो गुहृेश्वरी क्षेत्रमा रहेको सृजना ज्ञानसागर माध्यमिक विद्यालयले ३७ औँ अभिभावक दिवस तथा वार्षिकोत्सव मनाएको छ ।
गण्डकी प्रदेश सरकार अन्तर्गतका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टामाथि पाँच करोड ४५ लाख ५२ हजार छ सय ७१ रुपियाँ भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल सरकारका विभिन्न निकायले निर्माण गर्ने वेबपेजहरु एउटा ढाँचामा निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ।
बैङ्क तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्ध आन्दोलनमा उत्रेका कैलालीका व्यवसायीले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन्।
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ।
नेकपा (एमाले) सचिव एवम् प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले माओवादीले राष्ट्रपतिको मत सुवास नेवाङलाई दिने बताउनु भएको छ।
काठमाडौं उपत्यकामा पाँच महिनापछि वर्षा भएको छ। पाँच महिनापछि आइतबार दिउँसो काठमाडौं उपत्यकामा पानी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो।
झापाको कचनकवल गाउँपालिकाले डिजिटल किसान सहायता केन्द्र स्थापना गरेको छ । विभिन्न दातृ निकायको सहयोगमा गाउँपालिकाले कृषि सहायता केन्द्र स्थापना गरेको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभएको हो ।
धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित बागलुङको कालिका मन्दिर जीर्णोद्धार गरिएको छ । ताम्रपत्रले मन्दिर छाइएको छ भने कलात्मक इँटाको प्रयोग गरेर मन्दिरलाई थप आकर्षक बनाइएको छ ।
राष्ट्रिय सभाको आइतबारको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
गायक तथा सङ्गीतकार विक्रम कालिकोटेको नयाँ गीत 'कुटुमा कुटु'को भिडियो सार्वजनिक भएको छ । कालिकोटेको स्वर तथा सङ्गीत रहेको यस गीतमा किरण माइकलको शब्द रचना रहेको छ ।
महाभारत पर्वत शृङ्खलाको उच्च भागमा रहेको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी पर्यटन मार्गको कालोपत्र अन्तिम चरणमा पुगेको छ ।