• १३ साउन २०८१, आइतबार

सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

blog

फाइल तस्बिर

काठमाडौं, फागुन १४ गते । राष्ट्रिय सभाको आइतबारको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत गरिएको उक्त शोक प्रस्तावलाई बैठकले सर्वसम्मति रूपमा पारित गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य रहनुभएकी रहमानको शनिबार हृदयाघातका कारण ६३ वर्षको उमेरमा निधन भएको थियो । 

दिवङ्गत सांसद रहमानको आत्माको चीरशान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारणसमेत गरिएको थियो । राष्ट्रिय सभाको अर्को बैठक यही फागुन १५ गते दिउँसो १२ बजेर ३१ मिनेटमा बस्नेछ ।