• १३ साउन २०८१, आइतबार

सत्यमोहन जोशीलाई मरणोपरान्त 'नइ कीर्ति रत्न'

blog

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी ।

काठमाडौं, फागुन १४ गते । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई मरणोपरान्त 'नइ कीर्ति रत्न' बाट विभूषित गर्ने निर्णय गरिएको छ । नेपाली भाषासाहित्य, कला, संस्कृति, ज्ञानविज्ञान, खेलकुद, समाजसेवाजस्ता क्षेत्रमा समर्पित नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको अभिवृद्धिका लागि मन, वचन र कर्मबाट पुर्‍याएको योगदानको कदर गर्दै नइ प्रकाशनबाट शताब्दी पुरुष जोशीलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित गर्ने निर्णय गरिएको हो ।

यस्तै, नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।