जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ ।
आगलागीमा परेर सिकिस्त भएका अछामको पञ्चदेवल विनायक नगरपालिका–८ कोसेडीका दुईजना युवालाई प्रधानमन्त्रीको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गर्नुभएको छ ।
नेकपा (एमाले) ले राष्ट्रपतिमा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । आज (शनिबार) बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कुनै समयमा टाढा–टाढा रहेका प्रियजनबीच खबर आदानप्रदान गर्ने एक मात्र माध्यम थियो चिठीपत्र । यसले प्रियजनहरूबीच सन्चो–बिसन्चोको खबर मात्र आदानप्रदान गर्दैनथ्यो, मन–मुटुहरू साटासाट गर्ने काम पनि गथ्र्याे । मोर्स कोड, टेलिग्राफ, टेलिफोन, फ्याक्सजस्ता विद्युतीय सञ्चार प्रणालीको जादुमय उपस्थिति हुनुभन्दा अघिसम्म चिठीपत्रले लामो दूरीको सञ्चारमा एकछत्र आधिपत्य जमाएको थियो ।
नामै राम्रो – रुबीभ्याली । पत्थर उजाड छ तर महँगो छ रुबी/चाँदी । यसको मूल्य बुझेकाले दोहन गरे । कम्पनी खडा गरे, पहाड खोतले, प्राकृतिक स्रोत ओसारे । अहिले गणेश हिमाल मेटल कम्पनीका टहरा पहरेदारले कुरेका छन् । सेयर (कम्पनीका लागि पैसा लगानी) लगानी गरेका गाउँले हेरेको हे-यै भए ।
नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा अहिले बिहान बैठक बस्दैछ ।
प्रेरणाले सोधिन्, “दाजु, यहाँ तपाईंलाई कुर्न कोही छैनन् ?” उत्तर दिने क्रममा उनले भने, “यस्तो अवस्था त शत्रुलाई पनि आई नलागोस् । सानैदेखिको अभागी म... ।” उनले पूरा वाक्य बोल्न पनि सकेनन् । छेउमा उभिएकी मलाई पनि कौतूहल बढ्यो, कहाँ होला त यिनको घर ? के होला थर ? यस्ता गज्याङगुजुङ प्रश्नले मगज भरियो । वास्तविकता जान्नै पर्ने गरी हुटहुटी भयो ।
वन वनमा हेर, जताततै भीरै–भीर छ मन मनमा हेर, जहिलेसुकै पीरै–पीर छ घाइते पार्न धारिलो त्यो छुरा पनि चाहिन्न यसै पनि तिम्रा ती नजरमा तीरै–तीर छ ।
चिसो सिरेटोले मनको अन्तर कुना छोएर जाँदा अनायास तिमी याद आउँछौँ ।
रहेको छ हाँसो अधरको अधरमै भयो बात मीठो नजरको नजरमै । खपेको छ तिर्खा नदी छेउमा यो नभेटेर पानी बगरको बगरमै ।
‘रसियनमा श्रीमतीलाई ‘झेना’ भनिन्छ । हामीले ‘झेना’ भन्दा अब्दु हाँस्ने गर्थे । यसमा चाहिँ उनले मज्जा लिन्थे । अनि अरबियनहरू ‘पदगताभिचेल्नी फाकुल्चेत’ लाई ‘बदगताभितेल्नी फाकुल्तेत’ भन्थे । हामी हाँस्थ्यौँ । अरबियनमा ‘प र च’ उच्चारण हुने रहेनछ । स्पेनिशभाषी निकारागुआन र क्युबेलीहरूको ‘ज’ उच्चारण नहुने रहेछ, उनीहरू त्यसको साटो ‘स’ उच्चारण गर्थे ।’