वन वनमा हेर, जताततै भीरै–भीर छ
मन मनमा हेर, जहिलेसुकै पीरै–पीर छ
घाइते पार्न धारिलो त्यो छुरा पनि चाहिन्न
यसै पनि तिम्रा ती नजरमा तीरै–तीर छ ।
जिन्दगीको सुनौलो त्यो बिहानी फर्किदैन
गैसकेको सोह्रवर्षे त्यो जवानी फर्किदैन
खोलाको पानीझैँ एकफेर बगेर गएपछि
पिरतीको मीठोमीठो त्यो कहानी फर्किदैन ।
आशाको हजार दियो सधैँ बाली बसेको छु
हृदयको कालो मैलो सबै फाली बसेको छु
तिम्रै प्रतीक्षामा पर्खाइका दिन बित्दै छन्
बत्ती निभ्ला कि भनेर तेल हाली बसेको छु ।
तिमी छैनौ, तर यो देशको माटोमा छौ
अब भेटिन्नौ, तर हामी हिँड्ने बाटोमा छौ
तिमीलाई सम्झनेछन् हाम्रा पुस्ता–पुस्ताले
तिमी चन्द्र र सूर्य फर्पmराउने पाटोमा छौ ।