नेपाल राष्ट्र बैङ्कले साना तथा मझौला उद्योग व्यवसायमा प्रवाह भएको दुई करोड रुपियाँसम्मको कर्जालाई पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैङ्कले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशिका, २०७९ मा संशोधन तथा परिमार्जन गरेर सो व्यवस्था गरेको हो ।
धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, सिबुवा गाउँमा केही वर्षअघि १३ घरपरिवारको बसोबास थियो तर उनीहरू सडक, खानेपानीलगायतका सुविधा नहुँदा समस्याबाट गुज्रिइरहेका थिए । सडक बिजुलीलगायत विकासका पूर्वाधार क्रमशः बन्दै गएकाले पछिल्लो समय सबै कुरा सहज हुँदै गएको थियो । पूर्वाधारको विकास भए पनि गाउँमा स्थानीयवासी अडिन सकेनन् । स्थानीयवासीले गाउँ छाड्नुको मुख्य कारण बन्यो खानेपानीको समस्या र जङ्गली जनावरको आतङ्क ।
तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी भएको छ । आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ ।
विभागीय टोली नेपाल एपीएफ क्लब झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
लोकप्रिय गायक हिमाल सागरको ‘मैँ राजा तिमी रानी’ बोलको गीतको भिडियो रिलिज भएको छ।
सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ आइतबारका लागि तोकेको छ ।
सत्ताको नेतृत्वकर्ता पार्टी नेकपा (माओवादी केन्द्र)सहितका आठ दलले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेका छन्।
घरमा आगलागी हुँदा पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारपाका दुई जना बालकको मृत्यु भएको छ ।
नेपालले संयुक्त अरब इमिरेट्समा (युएई)मा जारी आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
गोरखापत्र संस्थानले पहिलो ‘गोरखापत्र डिजिटल डे’ मनाएको छ। शुक्रबार गोरखापत्र अनलाइन डटकम र राइजिङ नेपाल डेली डटकमको संयुक्त आयोजनामा संस्थानले पहिलो ‘डिजिटल डे’ कार्यक्रम गरेको हो।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कर्मचारीलाई सट्टा बिदा दिने र कुन–कुन कार्यालयमा सेवा सुचारु गर्ने भन्ने सम्बन्धमा मन्त्रिपरिषद्को प्रशासनिक समितिले सूचिकृत गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो ।
बालुवाटारमा पुरानो गठबन्धनको बैठक जारी छ ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र फुटबल क्लब राजधानीमा जारी केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले क्रिकेटर लामिछानेविरुद्धको अर्को मुद्दा सर्वोच्च अदालतमा नै विचाराधीन रहेकाले दुवै मुद्दालाई लगाउनमा राखेर सुनुवाइका लागि फागुन १४ गते आइतबार संयुक्त इजलासमा पेसी तोक्न आदेश दिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ।