नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक आज (शुक्रबार) बस्दैछ । सङ्घीय संसद्का महासचिव भरतराज गौतमले दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने जानकारी दिनुभयो ।
चीनले युक्रेन सङ्कट समाधानका लागि शान्तिवार्ता गर्नुपर्नेमा जोड दिएको छ । शान्तिवार्ता थाल्ने वातावरण सृजना गर्न अन्तर्राष्ट्रिय प्रयास हुनुपर्ने उसले बताएको छ ।
उदयपुरको बेलका नगरपालिका–९ भचुवाका २७ वर्षीय विनोद खत्रीले २३ वर्षीयाा श्रीमती युनिका पौडेल खत्रीलाई जङ्गलमा लगेर धारीलो हतियार प्रहार गरी हत्या गरेका छन् ।
कानुन व्यवसायी महिलाको ३०औँ राष्ट्रिय सम्मेलन आज (शुक्रबार)देखि पर्साको वीरगञ्जमा सुरु हुँदैछ । त्यस अवसरमा आज बिहान यहाँ प्रभातफेरी गरिएको छ ।
भोजपुरमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि ती क्षेत्र ओझेलमा पर्ने गरेका छन् । राणाकालीन समयमा डोली पैसा छापिएको टक्सार, बालागुरु षडानन्द अधिकारीले पहिलो संस्कृत पाठशाला स्थापना गरेको ऐतिहासिक क्षेत्र दिङला, क्रान्तियोद्धा योगमाया जलसमाधि लिएको क्षेत्र मझुवाबेँसीलगायत दर्जनौँ ऐतिहासिक तथा पर्यटकीय क्षेत्र भए पनि यी क्षेत्रले देशको ध्यान तान्न सकेका छैनन् ।
कोइलाको अभाव भएपछि बन्द भएकाे हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ ।
हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिजपालनको बेग्लै मज्जा लिइरहनुभएको छ, युवा तुलबहादुर थापा । रामपुर बजारको माथिल्लो भेग, हरियाली रमाइलो, प्रकृतिको काखमा व्यवसाय गर्दा उहाँलाई व्यस्तताको अनुभूति छैन ।
चारैतिर कति रङ्गीचङ्गी वातावरण, परिस्थिति कति मनोरम दृश्य, मनमोहक उपस्थिति आहा ! डुबूँ भनेको मनको दहमा तरङ्ग नतैरिएर र नउब्जिएर हो कि सुस्ताएँ, अल्छी भएँ चेत समाल्न छोडेर त्यसै फाल हानेँ
म बाटो हेरिरहेँ तिमी आयौ बाआमाको आँखा छल्दै मुई खाँदै रुन थाल्यौ त्यसबेला मधुरो सूर्य नारायणीमा बाफिरहेको थियो नुहाउनेहरूको भीड चिसोमा रमाउँदै थिए
तिमीले त कति सहजै भन्यौ सबै कुरा बिर्सिदिनुस् है ! –– तर कहाँ बिर्सिन सकिन्छ र सम्झनाहरू/सँगै विताएका पलहरू
हे पापी माया मारिदियौ मलाई नछुनु थ्यो आगो जलाइदियौ मलाई म चाहन्थेँ फूल झाँगिएको हेर्न किन कोपिलामै चुँडिदियौ मलाई !
भाषा संरक्षण तथा प्रवद्र्धन गर्नु हरेक देश तथा नागरिको कर्तव्य हो । भाषा मौलिक हक हो, राष्ट्रियता हो र पहिचान पनि पनि । देश भन्नु भूगोल, जनता, भाषा, पहिचान र संस्कृतिको समुच्च रूप हो । करिब १० हजार वर्ष पहिले, जतिखेर भाषा प्रयोगमा थिएन र पनि मानिसका विचार विनियम भएकै थिए भनेर अहिले भाषाबिनाको मानव र उसको समाज परिकल्पना गर्न सकिँदैन ।
आउँदो चैतदेखि ८७ मा टेक्दैछु । स्वास्थ्यले त्यति साथ नदिएकाले लेख्ने, गोष्ठी कार्यक्रममा जाने काम गरेको छैन । घरमै बस्छु, अलिअलि लेख्ने काम गर्छु, आएकासँग बसेर कुराकानी गर्छु, फोनमा पनि कुरा भइरहन्छ । उमेरले ८४ लागिसकेकी श्रीमती वेदकुमारी रेग्मी अहिले गम्भीर बिरामी परेकाले उसैको उपचारमा लागिपरेको छु । यस्तै छ अहिलेको जीवन । केटाकेटी उमेरमै बिहे भएको हाम्रो उसले कुन बेला संसार छाड्ने हो टुङ्गो छैन भन्दै भावुक बन्नुहुन्छ उहाँ ।