बुधबार बाजुरामा गएको भूकम्पले चार घर र एक बाल विकास केन्द्रको भवनमा क्षति गरेको छ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बिहीबार अपराह्नदेखि सुरु भएको हो ।
सरकारले कोरोनाविरुद्धको १५ लाख बुस्टर डोज खोप ५५ वर्ष माथिको उमेर समूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिकहरू र अग्रपंक्तिमा खटिनेहरूलाई लगाउने भएको छ ।
उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको भत्किएको कोइला खानीमा खोजी र उद्धारकार्य पुनः सुरु भएको छ ।
साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक उच्च अङ्कले गिरावट आएको छ । बुधबार नेपाल राष्ट्र बैंकले लघुवित्तलाई निर्देशन दिएका कारण बिहीबार ५७.७४ अङ्कले गिरावट आएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रुपियाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ ।
सिमकोट गाउँपालिकाले हुम्लाको चर्चित चैतलो मेलाका लागि सार्वजनिक बिदा दिएको छ। सिमकोट गाउँपालिकाका चार वटा वडामा धूमधामका साथ यो मेला मनाउने भएको कारण गाउँपालिका सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडानको तयारी गरिएसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारत प्रस्थान गर्नु भएको छ । जी २० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन उहाँ भारत जानु भएको हो।
फिलिपिन्समा विमान दुर्घटना हुँदा विमानमा सवार सबै चार जनाको मृत्यु भएको छ । सो विमान फिलिपिन्सको ज्वालामुखी विस्फोट भएको स्थानमा दुर्घटना भएको हो ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा बिहीबार बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञानलाई विज्ञानसँग जोडेर मात्र विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुने बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फोरजी सेवा गुणस्तर बनाएर आवश्यक पूर्वाधारको निर्माणपछि मात्रै फाइभ जी लागू गर्न उपयुक्त हुने बताउनुभएको छ ।
कैलालीको धनगढीमा रहेको एसपीए कलेजले धनगढीको तारानगरस्थित मानव सेवा आश्रमलाई एक लाख रुपियाँ सहयोग गरेको छ ।
कैलालीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका वडा ९ बल्मीमा बिहीबार हाइस गाडीको ठक्करबाट उहाँको मृत्यु भएको हो ।