नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीलाई भोलि (शुक्रबार)बाट ठोस खाना खुवाइने भएको छ । कांग्रेस नेता योगराज कँडेलले सांसद भण्डारीलाई भोलीबाट मुखबाट तरल पदार्थ खुवाइदै आइएकोमा भोलीबाट ठोस खाना दिइने जानकारी दिनुभयो ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु. पाँच सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार पाँच सय तोकिएको छ ।
सरकारले आजबाट हात्तीपाइले रोगविरुद्धको ‘आम औषधि’ सेवन अभियान सुरु गरेको छ ।
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले चक्रपथ सडकको निरीक्षण गर्नुभएको छ । बिहीबार बिहान उहाँले चिनियाँ राजदूतमा छन् सोङ सहितको टोलीसँग चक्रपथ अन्तर्गत कलङ्की चोक, स्वयम्भू, बसुन्धारा लगायतका स्थानमा पुगेर निरीक्षण गर्नुभएको हो ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेकोे हो ।
बिरामी सुरक्षासम्बन्धी पाँचौँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुग्नुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबीच डब्ल्युएचओको कार्यालयमा भेटवार्ता भएको छ ।
ग्याल्पो लोसारको अवसरमा शेर्पा समुदायको संस्था हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले सांस्कृतिक र्याली निकालेको छ । महायान बौद्ध धर्मावलम्बीहरूको नयाँ वर्ष तथा मुख्य चाड ग्याल्पो लोसार क्ष्यू मो ह्यो (खरायो) वर्षको अवसरमा तेस्रो दिन (बिहीबार) बौद्ध देखि र्याली निकालेको हो ।
इङ्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रिक्वार्टरफाइनलको पहिलो लेगमा जर्मन क्लब आरबी लेइपजिगसँग बराबरीमा रोकिएको छ
थाइल्यान्डको बैंककमा हुने १८औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय गुरुङ गाउँ छ आर्थर डाँडाखर्क ।
ओ हेनरी (वास्तविक नाम विलियम सिड्नी पोर्टर, सन् १८६२–१९१०) विख्यात अमेरिकी कथाकार हुन् । प्रेम कथाका अमर शिल्पी हेनरीले ‘म्यामन एन्ड द आर्चरी’ शीर्षकमा यो कथा सर्वप्रथम सन् १९०६ मा प्रकाशित गरेका थिए । रकवाल साबुनको उत्पादन र बिक्रीमार्फत दसौँ लाख डलर आम्दानी गरेका वृद्ध एन्थोनी रकवाल न्युयोर्कको आफ्नो भव्य फिफ्थ एभेन्यु घरको झ्यालनिर उभिए । उनी आफ्ना छिमेकी जी भान सुइलाइट सुफोल्क–जोन्सलाई हेरिरहेका थिए । ती छिमेकी प्रतिष्ठित रैथाने न्युयोर्क परिवारका एक सदस्य थिए । सुफोल्क–जोन्सले सधँैझँै पुलुक्क एकपल्ट एन्थोनी रकवालको घरमा नजर लगाए । त्यो हेराइले सुफोल्क–जोन्स एक अत्यन्त प्रभावशाली मान्छे दर्साउँथ्यो, जसका सामुन्ने साबुन निर्माता नवधनाढ्य रकवाल केही पनि होइनन् ।
कर्णाली मार्ग कालिकोटको तिल गुफा सडक खण्डमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कालिकोटको तिल गुफा नगरपालिका वडा नं ५ को धनडामा मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत एक जवान मृत भेटिएका छन् । बिहीबार बिहान करिब तीन बजेतिर प्रहरी जवान कवीन्द्र राम कामी गोली लागेको अवस्थामा मृत भेटिएका हुन् ।
गुल्मीको सदरमुकाम तम्घासमा आजदेखि शनिबारसम्म राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता छ । पालिकाबाट छनोट भएका खेलाडीलाई जिल्लाबाट छनोट गरेर प्रदेशमा पठाइनेछ ।
इलामको दक्षिणी क्षेत्र रोङ गाउँपालिका–६ को पाटापुर गाउँलाई जलवायु अनुकूलित नमूना गाउँ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ । भारतसँगको सीमावर्ती मेची किनारमा रहेको चुरे क्षेत्र पाटापुर क्षेत्रलाई जलवायु अनुकूल गाउँ घोषणाको तयारी गरिएको हो ।