राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र नीति देशको आर्थिक विकासतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ। परराष्ट्र नीति प्रभावकारी बनाउँदै देश विकासका लागि भूमिका खेल्न कूटनीतिक क्षेत्रलाई उहाँले आग्रहसमेत गर्नुभएको छ। नेपाल विश्व सम्बन्ध परिषद्को ७५औँ वार्षिकोत्सव समारोहमा बिहीबार सम्बोधन गर्नुहुँदै उहाँले परराष्ट्र नीति देशको आन्तरिक नीति पनि भएकाले देशलाई स्वावलम्बी बनाउन प्रभावकारी परराष्ट्र नीतिसँगै सक्षम कूटनीतिक अभ्यास गरिनुपर्ने बताउनुभयो। उहाँले नेपालको परराष्ट्र नीतिमा व्यापक छलफल गरेर साझा र एकीकृत सहमति जुटाउनुपर्नेमा जोड दिनुभयो।
मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका हिमालयन बैङ्क लिमिटेड र सिभिल बैङ्कको शुक्रबारदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत कारोबार शुक्रबारदेखि ‘हिमालयन बैङ्क लिमिटेड’को नामबाट हुन लागेको हो ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक सुधारमा देखिएको समस्याको पहिचान गरी समस्या समाधान गर्न निर्देशन दिनुभएको छ। काठमाडौँ उपत्यकाका सडकसँग सम्बन्धित निकायहरू सम्मिलित उच्चस्तरीय समन्वयात्मक समितिको बिहीबारको नियमित बैठकमा उहाँले उक्त निर्देशन दिनुभएको हो।
बाँकेमा मुख्य नाकाबाहेक अन्य कुनै पनि नाकामा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलनको लक्ष्य भेट्टाउन समस्या भइरहेको र अवैध व्यापार नियन्त्रणमा कठिनाइ भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । यस जिल्लाका विभिन्न स्थानमा रहेका सातवटा छोटी भन्सार कार्यालय करिब दुई दशकअघि सशस्त्र द्वन्द्वका बेला बन्द गरिएकामा हालसम्म पुनस्र्थापना हुन सकेका छैनन् ।
सार्वजनिक बिदाको दिन अत्यावश्यक सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषद्मा छलफल भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा शनिबारबाहेकका सार्वजनिक बिदामा प्रत्यक्ष सेवाग्राहीसँग जोडिएका अत्यावश्यक तथा महत्त्वपूर्ण सरकारी कार्यालयहरू खुला राख्ने विषयमा छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो। सार्वजनिक बिदा धेरै भएको भन्दै सार्वजनिक रूपमा आलोचना हुन थालेपछि सरकारले उक्त विषयमा छलफल गरेको हो।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव नगर्ने बताउनुभएको छ। पूर्वसहमतिअनुसार प्रधानमन्त्री प्रचण्ड अघि बढ्न आवश्यक रहेको बताउँदै अध्यक्ष ओलीले पुस १० गते नै नेकपा एमालेसँग राष्ट्रपतिका लागि सम्झौता भइसकेकाले प्रधानमन्त्रीले अरू कसैलाई समर्थन नगर्ने दाबी गर्नुभयो।
राष्ट्रपति पदमा उम्मेदवारीका विषयमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का नेताबीचको छलफल सकिएको छ।
सप्तरीको बोदेबर्साईन नगरपालिका १० स्थित खडकपुरमा बिहीबार दिउँसो १२ वजे आगलागी हुदाँ लाखौं नगदसहित धनमाल जलेर नष्ट भएको छ । स्थानीय पलानु यादव, गोहालु यादव, उमेश यादव र बिरेन्द्र यादवको घरमा आगलागी हुदा ५० लाख बराबरको क्षति भएको छ ।तीन जनाको घर र गोठसँगै दुई वटा खसीसहित घरका सम्पूर्ण सामान जलेर खरानी बनेको छ स्थानीय युवा उमेश यादवले जानकारी दिनुभयो ।
बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना युवालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले गिरफ्तार गरेको छ । गत फागुन ५ गते १० वर्षीय बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा मंगला गाउँपालिका –५ अर्मनका २० वर्षीय ओमे भन्ने राज थापालाई प्रहरीले गिरफ्तार गरेको हो ।
काठमाडौं उपत्यकाका सडकसँग सम्बन्धित निकाय सम्मिलित उच्चस्तरीय समन्वयात्मक समितिको नियमित बैठक बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सम्पन्न भएको छ।
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सबैको सहमतिमा राष्ट्रपति निर्वाचित गराउन सके देशको स्वाधीनताको रक्षा हुने बताउनुभएको छ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको वर्तमान राजनीति ठीक दिशामा लानुपर्ने बताउनुभएको छ ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले महत्त्वपूर्ण खेलाडी सन्दीप लामिछानेको स्थान अन्य स्पिनरले लिनुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफरस्टेसनमा आज (बिहीबार) देखि कम्पोष्ट मल बनाउने काम सुरु गरेको छ । परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल उत्पादन गर्ने प्रक्रिया उपत्यकाको अन्य स्थान र आगामी एक महिनाभित्र अन्तिम फोहर विसर्जन स्थान बञ्चरेडाँडामा पनि उक्त प्रक्रिया सुरु गर्ने तयारी रहेको कामपा वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो ।