लोकतान्त्रिक पद्धतिको प्रवद्र्धनका लागि महत्त्वपूर्ण आलोचकीय भूमिका निर्वाह गर्ने चौथो अङ्गमा यतिखेर आसन्न नयाँ राष्ट्रपति चयनको विषय प्रमुख रूपमा छाइरहेको छ । पार्टीको ठूलो नेताले भनेको ठ्याकै मान्ने कार्यकर्ता राष्ट्रपति हुनुपर्छ भन्ने एउटा कोण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध प्रबुद्ध व्यक्तित्वलाई राष्ट्रपति बनाउनुपर्छ भन्ने अर्को कोणबीच द्वन्द्व देखिएको छ ।
श्रम बजारमा आवश्यक पर्ने सीपयुक्त दक्ष प्राविधिक जनशक्तिको उत्पादन, व्यवस्थापन, सीपको स्तर निर्धारण र प्रमाणीकरण गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ बमोजिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को स्थापना भएको हो । परिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी नीति निर्धारण, पाठ्यक्रम निर्माण तथा परिमार्जन, संस्था सम्बन्धन, अनुगमन र नियमन, प्रशिक्षकको क्षमता विकास, अध्ययन अनुसन्धान, गुणस्तर सुनिश्चितता, छोटो तथा लामो अवधिका प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सञ्चालन गर्दै आएको छ ।
सामाजिक विकृतिविरुद्ध लड्न यहाँका महिला एकजुट भएका छन्। जिल्लाको मालिका गाउँपालिका–५, मगरदाङका महिलाले मदिरा सेवन गरेर होहल्ला, झै–झगडा र सामाजिक सद्भाव बिगार्नेलाई जरिवाना तिराउनेसमेत नियम बनाएका छन्। आमा समूहको अगुवाइमा १५ हजार रुपियाँसम्म जरिवाना तिराउने नियम बनाइएको छ। मगरदाङ आमा समूहले जनप्रतिनिधि र अगुवाहरूको सहभागितामा हिउँदे गाउँसभा गरेर सामाजिक विकृति र हिंसा न्यूनीकरणका लागि नियम बनाउनुका साथै ज्याला र कृषि उपजको मूल्य निर्धारण गरेको हो।
रुपन्देहीको सैनामैनामा कार ट्रकमा ठोक्किँदा ४ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सालझण्डी र फारलाइन बिचको जङ्गलमा रोकिराखेको लु २ ख ४३० नम्बरको ट्रकमा विहीबार बिहान पस्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु ३ च ८९२ नम्बरको कार ठोक्किएको थियो । कार बेहुला बेहुली लिएर फर्कँदै गरेको बताइएको छ ।
वर्षौंदेखि अलपत्र परेको गण्डकी प्रदेशलाई चितवन जोड्ने शहीद बुद्धसिंह मार्गको कालोपत्रेको काम अघि बढेको छ। हाल मार्गको कालोपत्रेका लागि कटिङ, टेवा पर्खाल, नाला निर्माण, ग्याबिन तारजाली राख्ने जस्ता पूर्वाधार निर्माणका काम भइरहेको छ। कुल ३४ किलोमिटर दूरीमध्ये पहिलो चरणमा तनहुँको सदरमुकाम दमौलीको बसपार्कदेखि १० किलोमिटर सुँडेको पुलसम्म सात मिटर चौडा हुने गरी कालोपत्रेका लागि काम अघि बढेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। करिब ३१ वर्षअघि खोलिएको यस मार्गको कालोपत्रे नहुँदा यो मार्ग वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये समस्या रहँदै आएको छ। पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह
पूर्वी नवलपरासीको दुई पालिकामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई छिट्टै लालपुर्जा वितरण गर्न प्रक्रिया अगाडि बढाइएको छ। देवचुली नगरपालिका–४ र हुप्सेकोट गाउँपालिका–३ मा केही दिनअघि जग्गा नाप कार्यको सुरु गरियो। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको जग्गाको नापजाँचका लागि सोही वडाबाट नियन्त्रण बिन्दु स्थापनासमेत गरिएको छ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८, दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ तर यहाँ पठनपाठनका लागि तीनवटा मात्रै कक्षाकोठा छन् । एउटै कक्षाकोठामा फरक–फरक दुई कक्षाका विद्यार्थी राखेर पठनपाठन गर्नुपर्दा गुणस्तरीय सिकाइमा निकै समस्या भइरहेको छ भने विद्यार्थी सङ्ख्या पनि बर्सेनि घट्दै छ ।
राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले राष्ट्रिय बीमा संस्थानले जीवन बीमा कम्पनीसँग प्रतिस्पर्धा गर्दै आफ्नो पहिचानलाई थप बलियो बनाएको बताउनुभएको छ ।
अढाई दशकपछि सुदूरपश्चिमवासीको सपना साकार हुने भएको छ । प्रक्रियागत उल्झनका कारण लामो समयदेखि अलपत्र रहेको कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्र स्थापना हुने भएको हो । २०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री रहेका बेलादेखि दैजीको छेलामा औद्योगिक क्षेत्र स्थापना हुने चर्चा चले पनि हालसम्म काम सुरु हुन सकेको थिएन । झन्डै अढाई दशकभन्दा बढी समयपछि औद्योगिक क्षेत्रको कार्यालय स्थापना गरिएको छ ।
चुरे तथा वनजङ्गल संरक्षण अभियानीले आजबाट पुनः आन्दोलन थालेका छन् । पाँचसूत्रीय मागसहित बिहीबार मुख्यमन्त्री कार्यालय घेराउ गर्दै पुनः आन्दोलन थालेका हुन् ।
कोसी अस्पताल विराटनगरको हाडजोर्नी विभागमा पानी आपूर्ति प्रणालीमा समस्या भएपछि तालिकामा भएका सातवटा शल्यक्रिया प्रभावित भएका छन्। बिहीबार हाडजोर्नीसँग सम्बन्धित सात जना बिरामीको शल्यक्रिया गर्ने तालिका पानी नहुँदा रोकिएको हो।
धरानको स्थानीय उत्पादन प्रवर्धन गर्ने लक्ष्यका साथ प्रदेश १ सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा बिहीबारबाट धरान एक्स्पो सुरु भएको छ । कोरोनाले थला पारेको व्यापार, उद्योगलाई उठाउन यस्तो पहल थालिएको हो । पछिल्लो समय नेपालमा आयात बढ्दै गरेको र निर्यात शून्य रहेको प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले बताउनुभयो । धरान एक्स्पोको उद्घाटनको क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आयात न्यूनीकरण गर्न प्रदेश र केन्द्र सरकारले लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । धरानको आर्थिक गतिविधि, उद्योग व्यवसाय विकास र विस्तारमा महोत्सव महŒवपूर्ण हुने उहाँको भनाइ थियो ।
उत्तरी इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन्। भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ।
दोलखाको बिगु गाउँपालिका–७, बिगुका शेर्पा समुदायका महिलामा मौलिक गीत लोप हुन थालेकोमा चिन्ता र चासो बढेको छ । बजारमा निस्केका आधुनिक गीतको प्रभावमा परी शेर्पा समुदायका मौलिक गीतमा चासो देखाउन छाडेपछि गीतहरू लोप हुन थालेकोमा चिन्ता र चासो बढेको टँसीडोमा शेर्पाले बताउनुभयो ।
चितवनको देवघाटमा विद्युतीय शवदाह निर्माण अलपत्र बनेको छ । दुई वर्षमा काम सम्पन्न गर्नेगरी चार वर्षअगाडि ठेक्का लिएको मिलेनियम सिडगढी जेभीले काम गर्न छाडेर सम्पर्कविहीन भएको छ । तीन पटकसम्म म्याद थपेर ठेक्का अवधि बढाए पनि काम भने पूरा हुन सकेको छैन । २०७५ माघ ३ गते ठेक्का सम्झौता गरेको कम्पनीले २०७७ माघ २ गते सम्पन्न गर्नुपर्नेमा समयमा काम नसकेपछि पटक–पटक गरी म्याद थप्दै गत साउन १ गते काम सम्पन्न गर्नका लागि पछिल्लो मिति तोकिएको थियो ।