मिथिला क्षेत्रको महापर्व मानिएको माध्यमिक परिक्रमाको लस्कर बिहीबार महोत्तरीको धार्मिक क्षेत्र मटिहानी आइपुगेको छ ।
हरिकृष्ण र मलाई देख्नेबित्तिकै अमिरधनले भने, ‘कता हिँडेका हौ केटा हो ?’ मैले भनेँ, ‘काम खोज्न । खानै नपाएर मरिने भइयो यो कोरोना कहरमा ।’ उनले भने, ‘नागरिकता छैन तिमीहरूको ? अफिसै नगई महिना मर्नेबित्तिकै सरकारी भत्ता आउँछ नि । के गर्ने तिमीहरू यो अवस्थामा ब्ल्याक गर्न जान्दैनौँ । म त कोरोनाकै निहुँमा कृत्रिम अभाव देखाएर तेब्बर मोलमा सामान बेच्ने गर्छु । ठिकै छ । चलेकै छ ।’
कर्णाली कोरिडोरको कालिकोटको खुलालुदेखि हुम्ला जिल्लाको सलीसल्लासम्मको सडक कालोपत्रे हुने भएको छ । उक्त सडक खण्डको सडक निर्माण भएर स्तरोन्नति कार्य पुरा भएपछि सडक विभागले कालोपत्रे गर्ने कार्य अगाडी बढाएको हो ।
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनीत हुनुभएको छ । निफ आयोजक कमिटीले विज्ञप्ति जारी गर्दै सल्लाहकारमा श्रेष्ठलाई नियुक्त गरेको जनाएको छ । चैत २ देखि ६ सम्म हुने निफमा ३५ देशका ९५ फिचर, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्ममध्येबाट सात विधामा १४ वटा पुरस्कार वितरण गरिने भएको छ । निफको प्रमुख सल्लाहकारमा अभिनेता तथा निर्देशक नीर शाह हुनुहुन्छ । सदस्यमा अभिनेता सुनील थापा, निर्देशक छिरिङरितार शेर्पा र भारतीय लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार हुनुहुन्छ ।
फाल्गुनन्द लिङ्देन फिल्म्स् र यल्लिवुड फिल्म्स्को संयुक्त लगानीमा चलचित्र ‘तलास २’ निर्माण हुने भएको छ । हत्या, अपहरण मानव बेचबिखनको चपेटामा नेपाली महिलाले भोग्नु परेको पीडालाई चलचित्रको प्रमुख विषय बनाइएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिकामा छोराले बाबुको हत्या गरेका छन् । नगरपालिकाको वडा नम्बर १० शीतलापुरमा मग्नीराम पासीले ६४ वर्षीय बुवा मगरे पासीको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
नेपाली पङ्क रक ब्यान्ड ‘झिल्के एन्ड दी कम्पनी’ले नयाँ गीत ‘पन्छीहरू’को म्युजिक भिडियो सार्वजनिक गरेको छ । तीन वर्षदेखि नेपाली रक सङ्गीत क्षेत्रमा सक्रिय ‘झिल्के एन्ड दी कम्पनी’को भिडियोमा प्रनब केसीको निर्देशन र पीभीई नेटवर्कको प्रवद्र्धन छ । गीतमा स्टिभ देवानको स्वर छ । ब्यान्डमा ड्रम्समा दिप्सन केसी र बेस गितारमा विशाल हाङ राई पनि छन् ।
मण्डला नाटकघरमा ‘मुनमुन’ मञ्चन भइरहेको छ । लेखक बुद्धिसागरको उपन्यास ‘फिरफिरे’मा आधारित नाटकलाई सम्राट भुजेलले नाट्य रूपान्तरण तथा निर्देशन गर्नुभएको हो । नाटकमा पुस्तकका केही पात्रमा केन्द्रित रहेर कथा बुनिएको छ । उपन्यासका प्रमुख पात्रहरू वसन्त र पवनको कथा नाटकमा देखाउन खोजिएको छ ।
पञ्चपुरी नगरपालिकाले बालबालिकाका लागि आवश्यक एउटा पनि कानुन निर्माण गरेको छैन। स्थानीय तहले बालबालिकासम्बन्धी आवश्यक कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने भए पनि यो पालिकाले आलटाल गर्दै आएको हो। स्थानीय तहको दोस्रो कार्यकाल सुरु भइसक्दा पनि बालबालिकाका नीति तथा कार्यक्रमले प्राथमिकता पाउन सकेका छैनन्। पञ्चपुरीमा बल्ल बालबालिकासम्बन्धी ऐन निर्माणका लागि गृहकार्य थालिएको छ। नगरपालिकाका उपप्रमुख मुक्तिदेवी रेग्मीले त्यसका लागि बालबालिकाको विवरण सङ्कलन थालिएको जानकारी दिनुभयो। बेसहारा र लक्षित वर्गका बालबालिकाको तथ्याङ्क सङ्कलनको काम अघि बढाइएको छ।
बिहानै उठेर छिनो, गल र घन समाउनु ७१ वर्षीय धनसिंह पुनको दैनिकी बनेको छ। यो कर्म ५६ वर्षदेखि निरन्तर चलिरहेको छ। घरनजिकै रहेको गोइरीको ढुङ्गाखानीबाट ढुङ्गा निकाल्नु र विभिन्न आकारमा ढाल्नु धनसिंहको दैनिकी बन्दैआएको छ। रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, गोइरीका धनसिंहले ढुङ्गा निकाल्ने कर्मबाट प्रशस्तै धन नकमाए पनि रोजगारीका लागि विदेश धाउनु परेको छैन। यही ढुङ्गा निकाल्ने कर्मबाटै धनसिंहले परिवारको लालनपालन, घरखर्च, छोराछोरीको उच्च शिक्षा खर्च जुटाउँदै आउनुभएको छ। घरको छानो छाउन, भान्छामा सिलौटोका रूपमा प्रयोग गर्न र सजावटका सामग्री बनाउन प्रयोग भइरहेको छ। यसका साथै पछिल्लो समय मार्बल र टायलका रूपमा प्रयोग हुन थालेको छ।
वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले ११ प्रकारका आयुर्वेदिक औषधि उत्पादन तथा वितरण गर्दै आएको छ। उत्पादित आयुर्वेदिक औषधि कर्णाली जिल्लाका आयुर्वेदिक संस्थाबाट निःशुल्क वितरण गरिँदै आएको छ। सो अनुसन्धान केन्द्रले कृषकबाट जडीबुटीसमेत खरिद गर्दै आएको छ। केन्द्रले ग्यास्टिक, पेटको रोग, बाथलगायतका औषधि २०७७ सालबाटै उत्पादन गर्दै आएको छ। औषधि उत्पादनका लागि केन्द्रलाई कर्णाली प्रदेश सरकारले सहयोग गर्दै आइरहेको छ। प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका प्रमुख डा. शङ्कर रिजालका अनुसार वार्षिक १० देखि १५ लाखसम्म बजेट केन्द्रलाई प्राप्त हुँदैआएको छ।
करिब अढाई सय घरधुरी रहेको छचोडा गाउँमा खानेपानीको चरम अभाव छ। चार वर्षपहिले सो गाउँमा नयाँ धारा बनेका थिए। तर, धारामा पानी सञ्चालन नै भएन। अहिले धारा नै जीर्ण बनेका छन्। अमरगढी नगरपालिका–६ को छचोडा गाउँ नगरपालिकाकै सबैभन्दा ठूलो गाउँ हो। ठूलो दलित बस्ती रहेको गाउँमा खानेपानीको सधैँ अभाव छ। २०७६ सालमा अमरगढी नगरपालिकाको करिब पाँच लाख रुपियाँ लागतमा गाउँमा १० वटा धारा बनाइएको थियो। २०४८ सालमा निर्माण गरिएको खानेपानीको लाइन ट्याङ्कीहरू पनि मर्मत गरेर पानी सञ्चालन गरिएको पूर्ववडाध्यक्ष गोविन्दराज भट्टले जानकारी दिनुभयो।
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवाले शिक्षा क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्न विशेष पहल गरिने बताउनुभएको छ। मन्त्री देउवाले शिक्षाका लागि राष्ट्रिय अभियान नेपालद्वारा बुधबार धनगढीमा आयोजित प्रदेशस्तरीय ‘प्रदेशमा नयाँ सरकार : शिक्षालाई प्राथमिकता कति ?’ छलफलमा यस्तो धारणा व्यक्त गर्नुभएको हो।
कुहिने फोहोरमैला व्यवस्थापनको उद्देश्यसहित धनगढी उपमहानगरपालिका–२, दक्षिण बेहडीमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको छ। २० करोड ८४ लाख रुपियाँ लगानीमा फोहोरमैला व्यवस्थापन केन्द्र (वास्टे टु इनर्जी प्रोजेक्ट) निर्माण गरिएको हो।