नेकपा (एकीकृत समाजवादी) को बुधबार बसेको सचिवालय बैठकमा राष्ट्रपति निर्वाचन सन्दर्भमा छलफल भएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनलाई कहिल्यै जित्न नसक्ने दाबी गर्नुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण जारी रहने बताएको केही घण्टापछि वार्सामा यहाँ भाषण गर्दै अमेरिकी राष्ट्रपतिले युक्रेन युद्धमा रुसको कहिल्यै विजय नहुने दाबी गर्नुभयो ।
दक्षिण कोरियाको प्रजनन दर उल्लेखनीय रूपमा घटेको छ । युवा पुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा प्रजनन दर ह्वात्तै घटेको कोरियाली तथ्याङ्क कार्यालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्र बलियो बन्ने बताउनुभएको छ । पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँमा निर्माण भएको आदिबराह मन्दिरको आज (बुधबार) उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरणको माध्यमबाट ग्रामीण अर्थतन्त्रको विकासमा टेवा पुर्याउन सकिने बताउनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले बदनियतले काम गर्ने लघुवित्त संस्थालाई कारबाही गर्न माग गर्नुभएको छ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरलाई हरियाली सहर बनाउने योजनाअनुसार काम भइरहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङस्थित लमही–घोराही–तुलसीपुर सडकखण्डको निर्माण कार्यमा ढिलाइ भइरहेकोमा आपत्ति जनाउनु भएको छ ।
निर्वाचन अयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आज (बुधबार) दिउँसो ८८१ जनाको मतदाता नामावली सार्वजनिक गरेको हो ।
काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालको आकस्मिकबाहेकका सबै सेवा प्रभावित भएको छ । बालिका प्रशंशा गौतमको न्यायका लागि भन्दै पीडित पक्षले बुधबार अस्पताल भित्रै चर्का नाराबाजीसहित धर्ना दिएपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा प्रभावित भएको हो ।
दोलखाको बिगु गाउँपालिकामा सम्पन्न स्वास्थ्य शिविरमा सात सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा दोलखाको उत्तरी विगु गाउँपालिकामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिकाको वडा ५, ६, ७ र ८ का ७ सय ३३ जनाले सेवा लिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठले ‘नेपाल बाल मन्दिरसम्बन्धि उच्चस्तरीय जाँचबुझ आयोग’को प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गर्नु भएको छ ।
फाल्गुनन्द लिङदेन फिल्म्स् र यल्लीवूड फिल्म्स्काे संयुक्त लगानीमा नेपाली फिल्म ‘तलास २’ को निर्माण हुने भएको छ ।
सुदूरपश्चिम प्रदेशको बाजुरामा आज दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको बिछ्या केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
उत्तरी मोरङको लेटाङ, जाँते र मिक्लाजुङ क्षेत्रमा हात्तीको उपद्रो बढेको छ । मङ्सिर सुरुदेखि दुःख दिन थालेका हात्तीले क्षति नगरेको कुनै गाउँ नभएको स्थानीयको भनाइ छ ।
नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले टीकापुर घटनाका सम्बन्धमा अध्ययन गरिएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न आग्रह गर्नुभएको छ ।