अफ्रिकन मुलुक मालीमा विस्फोटनमा परी संयुक्त राष्ट्र सङ्घको शान्ति सैनिक मिसन (मिनुस्मा) मा कार्यरत सेनेगलका तीनजना शान्ति सैनिकको मृत्यु भएको छ ।
ग्यास सिलिण्डरबाट ग्यास चुहिएर कोठामा आगो लाग्दा जलेर गम्भीर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीसँग तत्काल भेटघाट नगर्न शुभचिन्तकलाई चिकित्सकले आग्रह गरेको छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक जारी रहेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज (बुधबार) दिउँसो १ बजेबाट सुरु भएको बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस हुँदै छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका भगवतीको मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको छ ।
सेप्टेम्बर ११, २००१ को आतङ्कवादी हमलाबाट पीडित भएका परिवारको मागअनुसार अफगानिस्तानको केन्द्रीय ब्याङ्कले यहाँ जम्मा गरेको तीन अर्ब ५० करोड अमेरिकी डलर जफत गर्न नसक्ने फैसला न्युयोर्कका सङ्घीय न्यायाधीशे सुनाउनुभएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नवलपुरबाट नै त्रिवेणी सुस्ता जानेगरी सडक निर्माण गर्ने बताउनुभएको छ ।
पुतलीबजार नगरपालिकाले मोतियाबिन्दु मुक्त बनाउने अभियान अगाडि सारेको छ । जसअन्तर्गत ९४ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने जानकारी दिनुभयो ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा यात्रुबाहक बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा ४५ वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
फ्लोरिडाको एउटा वेल्डिङ कम्पनीमा मङ्गलबार भएको विस्फोट र आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
एलपीजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई मुखबाट खाना खुवाउन सुरु गरिएको छ ।
पश्चिम नवलपरासीको सुस्ता गाविसको हरकपुरामा दुई नाबालक छोरासहित गण्डक नहरमा हामफालेकी आमा मृत भेटिएको छ ।
मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ ।कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।