वेदकोट नगरपालिकामा पछिल्लो समय छाडा चौपायाको समस्या बढ्दै गएको छ । समस्या समाधानका लागि नगरपालिकाले आवश्यक प्रक्रिया अघिसमेत बढाएको छ । नगरप्रमुख भोजराज बोहराका अनुसार विगतमा निर्माण गरिएका संरचनालाई पुनर्निर्माण तथा नयाँ गौशाला निर्माण गरेर छाडा चौपाया व्यवस्थापन गरिने योजना छ । वडा नं. २ स्थित जडेपानीमा पुरानै गौशाला छ । त्यहाँ ६० छाडा चौपाया राखिएका छन् ।
मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाको क्षेत्र निर्धारणको काम सम्पन्न भएको छ । सो कार्यका लागि परामर्शदाता छनोट भएर स्थलगत काम पूरा गरेपछि उक्त विद्युत आयोजनाको क्षेत्र निर्धारण काम पूरा भएको हो ।
आठबिस नगरपालिका–४ मा रहेको आधारभूत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । गैरआवासीय नेपाली सङ्घ र आठबिस नगरपालिकाको संयुक्त लगानीमा ए
त्रिवेणी छोटी भन्सारलाई मूल भन्सारका रूपमा स्तरोन्नति गरिएको चार वर्ष बित्दा पनि भन्सार गतिविधि ठप्प अवस्थामा छ । घोषणाअनुसार मूल भन्सारका रूपमा पूर्ण स्तरोन्नति हुनु नसक्दा यस्तो अवस्था आएको हो ।
किसानले उत्पादन गरेको दूधको मूल्य बढाउने तयारी गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले किसानको लागत मूल्य बढेको र उद्योगीको सञ्चालन खर्च बढेका कारण देखाउँदै प्रतिलिटर १० रुपियाँ मूूल्य बढाउने प्रस्ताव गरेको हो ।
गुल्मीमा १३ प्रजातिका नयाँ चरा भेटिएका छन् । चरा सर्वेक्षणका क्रममा जिल्लाको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा यी नयाँ प्रजातिका चरा भेटिएका नेपाल पन्छी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिनुभयो ।
गौतम बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको प्राचीन तिलौराकोटमा विगत वर्षजस्तै यस वर्ष पनि उत्खनन कार्य सुरु गरिएको छ । उत्खननमा बेलायतका दुरह्याम विश्वविद्यालय, पुरातत्त्वक विभाग, लुम्बिनी विकास कोष र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता छ ।
काभ्रेपलाञ्चोक जिल्ला र मकवानपुर जिल्लाको सिमाना सिक्रेदोभानस्थित बागमती नदीमा पुल निर्माण सुरु गरिएको छ वर्ष पूरा हुन लाग्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि दाङको विकट बस्तीका रूपमा परिचित हाँसीपुरमा केही विकास भएको छ । उदाहरण हो– जिल्लाको विकट बस्तीका रूपमा रहेको हाँसीपुरलाई विकास पूर्वाधारका रूपमा रहेका सडक, विद्युत्, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधारले जोड्ने प्रयास ।
स्थानीय तहको संवैधानिक जिम्मेवारी१. नेपालको सङ्घीय संरचनामा विधायकी अङ्गको गठनसम्बन्धी के कस्तो व्यवस्था रहेको छ, उल्लेख गर्नुहोस् । नेपालको संविधानले विधायकी शक्तिलाई सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहमा बाँडफाँट गरेको छ । सङ्घीय विधायकी अङ्गका रूपमा राष्ट्रिय सभा र प्रतिनिधि सभा नामका दुई सदनसहितको सङ्घीय संसद्, प्रदेश विधायकी अङ्गका रूपमा एक सदनात्मक प्रदेश सभा र स्थानीय विधायकी अङ्गका रूपमा एक सदनात्मक गाउँसभा तथा नगर सभा रहने प्रावधान संविधानमा छ । क) सङ्घीय विधायकी अङ्गको गठन– तल्लो सदनका रूपमा रहेको प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने ११० सहित जम्मा २७५ जना सदस्य रहने, – संविधानबमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुने,– माथिल्लो सदनका रूपमा रहेको राष्ट्रिय सभामा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा सङ्घीय कानुनबमोजिम मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकसहित समान आठ जनाको दरले निर्वाचित हुने ५६ जना र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक जना महिलासहित तीन जना गरी जम्मा ५९ जना सदस्य हुने,– राष्ट्रिय सभा स्थायी सदनका रूपमा रहने, सदस्यको पदावधि छ वर्षको हुने र एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने, ख) प्रदेश विधायकी अङ्गको गठन– प्रदेश विधायकी अङ्गका रूपमा रहेको प्रदेश सभामा सम्बन्धित प्रदेशबाट प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने प्रणालीअनुसार निर्वाचित हुने सदस्य सङ्ख्याको दोब्बर सङ्खायाम सोही प्रणालीअनुसार निर्वाचित हुने र यसरी निर्वाचित भएको सङ्ख्यालाई ६० प्रतिशत मानी बाँकी ४० प्रतिशत सदस्यहरू समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने,– संविधानबमोजिम अगावै विघटन भएकोमा बाहेक प्रदेश सभाको कार्यकाल पाँच वर्षको हुने, ग) स्थानीय विधायकी अङ्गको गठन– संविधानको भाग १८ बमोजिम स्थानीय तहको व्यवस्थापिकीय अधिकार गाउँ सभा र नगर सभामा निहित रहने,– गाउँ सभामा गाउँ कार्यपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, प्रत्येक वडाबाट निर्वाचित चार जना सदस्य र गाउँ कार्यपालिकाका लागि गाउँ सभाले निर्वाचित गरेका दुई जना दलित वा अल्पसङ्ख्यक समुदायबाट सदस्य रहने,– नगर सभामा नगर कार्यपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, प्रत्येक वडाबाट निर्वाचित चार जना सदस्य र नगर कार्यपालिकाका लागि नगर सभाले निर्वाचित गरेका तीन जना दलित वा अल्पसङ्ख्यक समुदायबाट सदस्य रहने,– गाउँ सभा र नगर सभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने ।२. नेपालको तीन तहको सङ्घीय संरचनामा वैदेशिक सहायता परिचालनलाई के कसरी व्यवस्थित गरिएको पाउनुहुन्छ ? उल्लेख गर्नुहोस् । समृद्ध अर्थतन्त्र भएका मुलुकले कमजोर अर्थतन्त्र भएका मुलुकको आर्थिक–सामाजिक रूपान्तरणका लागि उपलब्ध गराउने सहायता नै वैदेशिक सहायता हो । नेपालको संविधान, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति, २०७६ ले सङ्घीय संरचनाअनुरूप वैदेशिक सहायता परिचालनलाई व्यवस्थित गर्ने आधार तयार गरेका छन् । जसमा देहायका व्यवस्था रहेका छन् ः– वैदेशिक सहायता लिने अधिकार नेपाल सरकारको हुने, – वैदेशिक अनुदान वा ऋण लिँदा मुलुकको समष्टिगत आर्थिक स्थायित्व हुने गरी लिनुपर्ने,– प्रदेश सरकारलाई सङ्घको सहमतिमा वैदेशिक अनुदान र सहयोग लिन सक्ने अधिकार रहने,– नेपाल सरकारले प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन हुने योजना वा कार्यक्रमका लागि वैदेशिक सहायता लिन सक्ने,– नेपाल सरकारको पूर्वस्वीकृतिबिना प्रदेश तथा स्थानीय तहले कुनै किसिमको वैदेशिक अनुदान वा सहायता लिन, कुनै योजना वा कार्यक्रम कार्यान्वयन गर्न गराउन नसक्ने,– अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति, २०७६ ले सङ्घीय ढाँचामा सहायता परिचालनसम्बन्धी नीतिगत विषय उल्लेख गरेको छ । जसमा सहायता परिचालनका सम्बन्धमा सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध, तीनै तहका सरकारको भूमिका, प्रदेश तथा स्थानीय स्तरमा कार्यान्वयन भएका आयोजना र कार्यक्रमको समीक्षालगायतका विषय समावेश छन् ।३. नेपाल सरकारको राजस्व परिचालनसम्बन्धी नीति के कस्तो रहेको छ ? उल्लेख गर्नुहोस् । सरकारको संवैधानिक तथा सार्वजनिक उत्तरदायित्व निर्वाह गर्न, बढ्दो सार्वजनिक खर्चको आवश्यकता पूरा गर्न तथा वैदेशिक सहायतामाथिको निर्भरता कम गर्न आन्तरिक स्रोत परिचालनको ठूलो महìव रहेको हुन्छ । नेपाल सरकारको राजस्व परिचालनसम्बन्धी विशिष्टीकृत नीति नभएता पनि आवधिक योजना, वार्षिक बजेटबाट हुने घोषणा तथा आर्थिक ऐनमा गरिएका प्रावधानले राजस्व परिचालनसम्बन्धी नीतिगत विषय समेटेको पाइन्छ । पन्ध्रौँ योजनाले राजस्व परिचालनसम्बन्धी निम्न रणनीति उल्लेख गरेको छ ः– सबै किसिमका आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याई राजस्वको आधार फराकिलो बनाउने,– राजस्व प्रशासनको विस्तार तथा आधुनिकीकरण गरी कुशल, व्यावसायिक र स्वच्छ बनाउने,– सङ्घीय प्रणालीअनुरूप राजस्व प्रशासनको संरचनागत र प्रणालीगत पक्षमा सुधार गर्ने,– आर्थिक विस्तारमा सहयोग पुग्ने गरी कर प्रणालीलाई थप लगानीमैत्री तथा व्यवसायमैत्री बनाउने,– कर संरचना र दरमा सामयिक सुधार गरी कर प्रणालीलाई थप सरल र समन्यायिक बनाउने । त्यस्तैगरी आर्थिक वर्ष २०७९-८० को बजेटमा राजस्व परिचालन सम्बन्धमा निम्नानुसारका नीतिगत प्रावधान रहेका छन् :– दिगो र प्रभावकारी राजस्व परिचालनको माध्यमबाट समुन्नत, आत्मनिर्भर तथा सबल अर्थतन्त्रको निर्माण गर्ने,– स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने, – कराधारको संरक्षण गर्दै राजस्वको दायरा विस्तार गर्ने,– चुहावट नियन्त्रण गर्ने,– राजस्व प्रणालीको सुदृढीकरण गरी प्रगतिशील, सरल, पारदर्शी र अनुमानयोग्य बनाउने,– व्यावसायिक, स्वच्छ र करदातामैत्री कर प्रशासनको परिचालनबाट कर परिपालना तथा कर सहभागिता अभिवृद्धि गर्ने,– राजस्व प्रशासनलाई प्रविधिमैत्री बनाउने ।४. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गाउँपालिका तथा नगरपालिकाले योजना निर्माण गर्दा प्राथमिकता दिनुपर्ने विषय के–के हुन् ? उल्लेख गर्नुहोस् । नेपालको संविधानबमोजिमको स्थानीय तहको अधिकारसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ जारी भएको छ । स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा स्थानीयस्तरको विकासको आवधिक, वार्षिक तथा दीर्घकालीन वा मध्यमकालीन विषयक्षेत्रगत रणनीतिक योजना निर्माण गरी लागू गर्नुपर्ने प्रावधान रहेको छ । यस्तो योजना निर्माण गर्दा निम्न विषयलाई प्राथमिकता दिनुपर्छ :– आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने,– उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने,– जनताको जीवनस्तर, आम्दानी र रोजगार बढ्ने,– स्थानीय बासिन्दाको जनसहभागिता जुट्ने, स्वयं सेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने,– स्थानीय स्रोत, साधन र सीपको अधिकतम प्रयोग हुने,– महिला, बालबालिका तथा पिछडिएका वर्ग, क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने,– लैङ्गिक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि हुने,– दिगो विकास, वातावरणीय संरक्षण तथा सम्वद्र्धन गर्न सघाउ पुर्याउने,– भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पुर्याउने ।५. न्याय परिषद्को परिचय दिई यसका काम, कर्तव्य र अधिकार उल्लेख गर्नुहोस् । न्यायाधीश नियुक्ति, सरुवा, अनुशासनको कारबाही, बर्खास्तगी र न्याय प्रशासनसम्बन्धी अन्य विषयको सिफारिस गर्न वा परामर्श दिन संविधानमा न्याय परिषद्को व्यवस्था गरिएको छ । यसमा देहायबमोजिमका पदाधिकारी रहने गरी परिषद्को गठन हुने प्रावधान छ ः क) प्रधानन्यायाधीश – अध्यक्ष ख) सङ्घीय कानुन तथा न्यायमन्त्री – सदस्य ग) सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश एक जना – सदस्य घ) प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त एक जना कानूनविद् – सदस्य ङ) नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त कम्तीमा बीस वर्षको अनुभव प्राप्त वरिष्ठ अधिवक्ता वा अधिवक्ता – सदस्य नेपालको संविधान, न्याय परिषद् ऐन तथा नियमावलीलगायतका कानुनले न्याय परिषद्का निम्नानुसारका काम, कर्तव्य र अधिकारको व्यवस्था गरेका छन् :– न्यायाधीशको नियुक्ति, सरुवा, अनुशासनको कारबाही, बर्खास्तगी र न्याय प्रशासनसम्बन्धी अन्य विषयको सिफारिस गर्ने वा परामर्श दिने,– न्याय परिषद्को अध्यक्ष वा सदस्यले कुनै न्यायाधीशविरुद्ध परेको उजुरीसम्बद्ध मुद्दाको अध्ययन गरी परिषद्समक्ष प्रतिवेदन दिन सक्ने,– कुनै न्यायाधीशको विषयमा परेको उजुरीको प्रारम्भिक छानबिन गराउँदा विशेषज्ञबाट विस्तृत छानबिन गर्नुपर्ने देखिएमा जाँचबुझ समिति गठन गर्न सक्ने,– महाभियोगको कारबाहीबाट पदमुक्त हुन सक्ने न्यायाधीशबाहेकका न्यायाधीशले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेकोमा परिषद्ले अध्ययन गरी कानुनबमोजिम मुद्दा चलाउन सक्ने,– सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीश पदमा नियुक्त हुन योग्यता पुग्ने व्यक्तिको अद्यावधिक अभिलेख तयार गर्ने,– न्यायाधीशको काम, कारबाही र आचरण सम्बन्धमा अनुगमन तथा निगरानी गर्ने,– न्यायाधीशको वैयक्तिक विवरण राख्ने,– न्यायाधीशको सम्पत्ति विवरणको अभिलेख राख्ने,– न्यायाधीशको योग्यता, अनुभव, विशेषज्ञता, उजुरीउपरको निर्णयको सङ्क्षिप्त विवरण, कारबाही विवरण, फैसला सदर वा बदरको विवरण, फैसला र आदेशको सङ्ख्यात्मक विवरणसहितको न्यायाधीशको एकीकृत अभिलेख तयार गर्ने,– न्यायपरिषद्सम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्ने गराउने,– न्यायाधीशको तालिम तथा प्रशिक्षणसम्बन्धी पाठ्यक्रमसमेतका विषयमा निर्देशन दिने,– जिल्ला न्यायाधीशको रिक्त पदको पदपूर्तिका लागि प्रतिशत निर्धारण गर्ने र परीक्षाका लागि समयतालिका बनाउने ।६. स्थानीय तहको प्रशासनिक सङ्गठन र जनशक्ति व्यवस्थापनसम्बन्धी के कस्ता कानुनी व्यवस्था रहेका छन् ? जानकारी गराउनुहोस् । स्थानीय तहको संवैधानिक जिम्मेवारी सम्पादन गर्न स्थानीय तहमा राजनीतिक तथा प्रशासनिक संरचना स्थापित छन् । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको प्रशासनिक सङ्गठन तथा जनशक्ति व्यवस्थापनसम्बन्धी कार्यलाई निर्देशित गरेको छ । क) संवैधानिक व्यवस्था– गाउँ कार्यपालिका तथा नगर कार्यपालिकाले आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकताअनुसार सरकारी सेवाको गठन र सञ्चालन गर्न सक्ने, (धारा २८५)– राष्ट्रसेवक कर्मचारीलाई समायोजन गरी स्थानीय तहमा सेवा प्रवाहको व्यवस्था मिलाउन सकिने, (धारा ३०२)– गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालयसम्बन्धी अन्य व्यवस्था प्रदेश कानुनबमोजिम हुने, (धारा २२७) ख) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्था– गाउँपालिका तथा नगरपालिकाले आफ्नो कार्यबोझ, राजस्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यकता र विशिष्टतासमेतलाई ध्यानमा राखी कर्मचारी समायोजन भएपश्चात् सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा सङ्गठन संरचना तयार गर्नुपर्ने,– नगर प्रहरी, सवारी चालक, कार्यालय सहयोगीलगायतका पदमा स्थायी नियुक्ति नगरी प्रतिस्पर्धाको आधारमा सेवा करारबाट मात्र लिने, – स्थानीय सेवा सञ्चालनका लागि अस्थायी पदको सिर्जना नगर्ने,– प्रशासकीय प्रमुखका रूपमा प्रमुख प्रशासकीय अधिकृत रहने, – स्थानीय तहको मागको आधारमा नेपाल सरकारले बढीमा दुई वर्षका लागि निजामती सेवाको कुनै कर्मचारीलाई काजमा खटाउन सक्ने,– स्थानीय सेवाको गठन तथा सञ्चालन तहगत प्रणालीमा आधारित हुने,– स्थानीय सेवाको गठन, सञ्चालन, व्यवस्थापन, सेवाको सर्त तथा सुविधासम्बन्धी आधारभूत सिद्धान्त र मापदण्ड सङ्घीय कानुनबाट निर्देशित हुने, स्थानीय सेवाको व्यवस्थापन गर्न स्थानीय तहको निम्नानुसारको जिम्मेवारी निर्धारण गरिएको छ ः – स्थानीय सेवाको व्यवस्थापनसम्बन्धी नीति, मापदण्ड, सेवा, सर्त, योजना, कार्यान्वयन र नियमन,– समायोजित कर्मचारीको व्यवस्थापन, उपयोग र समन्वय,– सङ्गठन विकास, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,– स्थानीय कानुनबमोजिम सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्गठन संरचना तथा दरबन्दी निर्धारण,– स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रवद्र्धन र नियमन,– स्थानीय सेवा व्यवस्थापनसम्बन्धी अन्य विविध कार्य ।प्रस्तुतकर्ता: अर्जुन शर्मा
भारतमा हुने कलिङ्गा साहित्य महोत्सवमा पाँच नेपाली लेखक वक्ताका रूपमा सहभागी हुनुहुने भएको छ । महोत्सवमा नेपाली साहित्यकार तथा लोक–साहित्यविज्ञ तुलसी दिवस, कवि दिनेश अधिकारी, कवि लेखक रञ्जना निरौला, नवोदित लेखक सुमित शर्मा
लोक एवं दोहोरी कलाकारहरूको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन फागुन १२ देखि १४ सम्म धादिङको धादिङबेँसीमा हुने भएको छ ।
१. कवि मोहनहिमांशु थापाको निधन कहिले भएको हो ? वि.सं. २०७९ फागुन ४२. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनअनुसार देशकै उत्कृष्ट बन्न सफल स्थानीय तह कुन हो ? नरैनापुर (बाँके) – सो मूल्याङ्कन प्रतिवेदन (२०७९ मा प्रकाशित) अनुसार प्युठान नगरपालिका दोस्रो र म्याग्दीको मङ्गला गाउँपालिका तेस्रो भएका । ३. नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)द्वारा प्रदान गरिएको इन्जा बौद्धिक अनुसन्धान वृत्ति पुरस्कार (२०७९)बाट कसलाई सम्मान गरियो ? जगत नेपाल र माधवप्रसाद तिवारी ४. नेपालमा निर्वाचन दिवस कहिले मनाइन्छ ? फागुन ७ – वि.सं. २०७९ फागुन ७ मा ७औँ निर्वाचन दिवस मनाइएको ।५. यम (प्लुटो)लाई ग्रहको स्तरबाट हटाई पुड्के ग्रह (ड्वार्फ प्लानेट)को मान्यता कहिले दिइएको हो ? सन् २००६ – यसका पाँच उपग्रह (चारोन, हाइड्रा, केरर्वेरस, निक्स एवं टिक्स रहेका) ।– यसलाई सन् १९३० मा ‘क्लाइड टम्बग’ले पत्ता लगाएका । ६. पुरातात्विक शिल्पी सङ्ग्रहालयको निर्माण कहाँ गरिएको छ ? गाउँसहरस्थित थुम्काडाँडा (लमजुङ)– (पहाडी दलित समुदायको पहिचानका रूपमा निर्माण भएको सो सङ्ग्रहालयमा पूर्वजहरूले बनाएका वस्तु राखिएको ।)७. बास्केटबल खेलमा हुप कति फिट उचाइमा रहेको हुन्छ ? १० फिट ८. नेपालमा प्रथम राष्ट्रिय स्की (हिउँमा चिप्लिने खेल) कुन जिल्लामा आयोजना भएको हो ? रसुवा९. प्रथम दक्षिण एसियाली खेलकुद प्रतियोगिता कहिले र कहाँ आयोजना भएको हो ? सन् १९८४ सेप्टेम्बर १७–२३, काठमाडौँ– नेपालमा आयोजना भएका साग खेलकुद प्रतियोगिता – प्रथम सन् १९८४ काठमाडौँ– आठौँ सन् १९९९ काठमाडौँ– १०औँ सन् २०१९ काठमाडौँ, पोखरा, जनकपुर १०. साहसिक खेल भिया फराटा नेपालमा पहिलो पटक कुन ठाउँमा आयोजना गरियो ? ग्याल्जेन पिकको बेस क्याम्प (जुगल हिमाल)११. नेपालमा पहिलो पटक बिनाअप्रेसन मुटुको भल्भको सफल प्रत्यारोपण गर्ने अस्पताल कुन हो ? शहीद गङ्गालाल हृदय केन्द्र१२. वित्तीय संस्थाका लागि जलवायु परिवर्तन कानुन लागू गर्ने विश्वकै पहिलो राष्ट्र कुन हो ? न्युजिल्यान्ड (सन् २०२१)१३. इन्डोनेसियाको संसद्द्वारा राजधानी सार्ने कानुन कहिले पारित भएको हो ? सन् २०२२ जनवरी १८१४. उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)को स्थापना कहिले भएको हो ? सन् १९४९ अप्रिल ४– दोस्रो विश्व युद्धपश्चात् युरोपमा रुसको विस्तारलाई रोक्ने उद्देश्यका साथ यस संस्थाको स्थापना भएको । अमेरिकाको वासिङ्टनमा हस्ताक्षरित यो सन्धि उत्तर एटलान्टिक सन्धिका आधारमा स्थापित सङ्गठन हो ।– नर्थ एट्लान्टिक एलायन्स र वासिङ्टन ट्रिटी भनेर पनि चिनिने यो एक अन्तरसरकारी सैन्य गठबन्धन हो ।– १२ संस्थापक सदस्य राष्ट्र रहेको यस संस्थामा २८ युरोपियन र दुई अमेरिकी राष्ट्र आबद्ध रहेका । – सङ्गठनका संस्थापक सदस्य राष्ट्रहरू ः अमेरिका, फ्रान्स, बेलायत, क्यानडा, नेदरल्यान्ड, बेल्जियम, डेनमार्क, लक्जेम्बर्ग, नर्वे, आइसल्यान्ड, इटाली र पोर्चुगल । १५. नेपालको पहिलो खुला दिसामुक्त घोषित जिल्ला कुन हो ? कास्की– घोषणा भएको मिति ः वि.सं. २०६८ असार १०– खुला दिसामुक्त घोषणा हुने दोस्रो जिल्ला ः चितवन (२०६८ असोज ६) – तेस्रो ः तनहुँ (२०६९ साउन ३) – सबैभन्दा पछि खुला दिसामुक्त घोषित जिल्ला ः भोजपुर (२०७६ असोज ४)– नोट ः दक्षिण एसियामै खुला दिसामुक्त घोषित हुने पहिलो राष्ट्र नेपाल २०७६ असोज १३ (सन् २०१९ सेप्टेम्बर ३०) रहेको ।१६. सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता २०७९ को उपाधि कसले जित्यो ? मच्छिन्द्र फुटबल क्लब– २०७९ फागुन ७ मा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्रले उपाधि चुमेको ।– मच्छिन्द्रले पहिलो पटक राजर्षि जनक कपको ट्रफी उचाल्दै नगद १० लाख रुपियाँ प्राप्त गरेको । – उपविजेता बनेको जावलाखेलले पाँच लाख रुपियाँ प्राप्त गरेको । – २५ माघदेखि भएको प्रतियोगितामा एक विदेशी, दुई विभागीयसहित ‘ए’ डिभिजन र मोफसल तथा आयोजकसमेत गरी १२ वटा टोलीको सहभागिता रहेको । – प्रतियोगितामा बागमती युवा क्लवका सृजन गौतम सर्वोत्कृष्ट खेलाडी घोषित भएका । यसैगरी मच्छिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक, जावलाखेलका सिमान्त थापा उत्कृष्ट डिफेन्डर, जावलाखेलकै समिराज ठोकर उत्कृष्ट मिड फिल्डर एवं मच्छिन्द्रका विमल घर्तीमगर उत्कृष्ट घोषित भएका ।१७. नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त हुने पहिलो महिला कुलपति को हुन् ? रङ्गकर्मी निशा शर्मा पोखरेल (वि.सं. २०७९ फागुन)– नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भूपाल राई एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नारदमणि हार्तम्छाली नियुक्त भएका ।१८. कञ्चनपुरस्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास कहिले गरिएको हो ? वि.सं. २०७७ फागुन १० – सरकारले प्रस्ताव गरेका १५ नयाँ औद्योगिक क्षेत्रमध्ये आगामी पाँच वर्षमा सम्पन्न गर्ने गरी छवटा क्षेत्रको निर्माण कार्यलाई अघि बढाइएको । सरकारले आ.व. २०७७÷७८ को नीति तथा बजेटमा सबै प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र स्थापना गर्न बजेट विनियोजन गरिएको । कञ्चनपुरको दैजी–छेला, बाँकेको नौवस्ता, रुपन्देहीको मोतीपुर, चितवनको शक्तिखोर, मकवानपुरको मयुरधाप तथा झापाको दमक औद्योगिक क्षेत्र निर्माणका लागि सरकारले २०७७ चैत्रमा निर्णय गरेको थियो ।१९. संयुक्त राष्ट्रसङ्घको विकास नीति समिति (सीडीपी)ले नेपाललाई कति अवधिको तयारी समय दिएर विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ ? पाँच वर्ष (सन् २०२६)– संयुक्त राष्ट्रसङ्घीय विकास नीति समिति (सीडीपी)ले नेपाललाई विकासशील देशमा स्तरोन्नतिका लागि सिफारिस गरेको । नेपाल अब अति कम विकासित देशबाट विकासशील देशमा स्तरोन्नति हुने भएको तर त्यसका लागि समय भने केही पर सरेको छ । नेपालले पाँच वर्षको सहुलियतपूर्ण समय पाएको छ ।– सन् २०२१ फेब्रुअरी २२ देखि २६ सम्म चलेको सीडीपीको त्रैमासिक समीक्षाका क्रममा नेपालले कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नतिका लागि मापदण्ड पूरा गर्दै रहेको पाइएकाले तयारीका लागि पाँच वर्ष समय दिएर यो सिफारिस गरिएको स्पष्ट पारेको ।– अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन संयुक्त राष्ट्रसङ्घले आय, आर्थिक जोखिम र मानव सम्पत्तिसँग सम्बन्धित तीनवटा मापदण्ड तोकी सोअनुसारका सूचक पूरा हुनुपर्ने सर्त राखेको भए पनि दुईवटा मापदण्ड मात्र पूरा भए स्तरोन्नति हुन सकिने प्रावधान छ । आर्थिक जोखिम तथा मानव सम्पत्ति सूचकमा तोकिएको न्यूनतम अङ्क (थ्रेसहोल्ड) कायम भएकाले नेपाल सन् २०१५ मा नै अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि योग्य थियो तर नेपालकै अनुरोधमा यस्तो स्तरोन्नतिलाई स्थगन गरिएको थियो । – राष्ट्रसङ्घको प्रचलनअनुसार नयाँ स्तरोन्नत मुलुकले थप तीन वर्ष तयारीका लागि समय पाउने प्रावधान छ । नेपालले २०२४ सम्ममा स्तरोन्नतिका निर्धारित तीनवटै मापदण्ड पूरा गर्नुपर्ने हो तर कोभिड–१९ का कारण उत्पन्न विश्वव्यापी असामान्य अवस्थामा नेपालले गरेको विशेष अनुरोध अनुसार दुई वर्ष बढाई सन् २०२६ सम्ममा यस्ता सूचक पूरा गर्न पाउने सुविधा पाएको छ ।– त्यसैगरी सन् २०३० मा नेपाललाई मध्यम आयको देश बनाउने पनि चुनौती रहेको छ ।२०. नेपाल सरकारद्वारा सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो ? वि.सं.२०७२ चैत २५– (स्वास्थ्य उपचारमा हुने खर्चको भारलाई अग्रिम व्यवस्थापन गरी आमनागरिकको उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको ।)२१. नेपालमा किसान सूचीकरण राष्ट्रिय अभियानको सुरुवात कहिलेदेखि भएको हो ? वि.सं. २०७७ फागुन २२ – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै अभियान थालनी गरिएको । – सूचीकरण अभियानपश्चात् सरकारबाट उपलब्ध हुने सेवासुविधा वास्तविक किसानले पाउने विश्वास गरिएको ।– युरोपियन युनियनको सहयोगमा किसान सूचीकरण व्यवस्थापन प्रणाली कार्यक्रम सञ्चालन भएको ।२२. एम्नेस्टी इन्टरनेसनलको स्थापना कहिले भएको हो ? सन् १९६१ – वैचारिक आस्था एवं राजनीतिक तथा धार्मिक मतभेदका कारण बन्दी वनाइएकाको सहयोग गर्ने उद्देश्यका साथ यो संस्थाको स्थापना भएको ।– विविध पक्ष (राजनीतिक, धार्मिक, सांस्कृतिक)का आस्थाका बन्दीको अभिलेख तयार गरी तिनीहरूको मुक्तिका लागि सम्बन्धित मुलुकसमक्ष अनुरोधसाथ सिफारिस गर्ने कार्य यसले गर्दछ ।– ‘अन्तर्राष्ट्रिय क्षमादान सङ्गठन’ भनेर पनि चिनिने यस संस्थाको स्थापना बेलायतका कानुनविद् पिटर वेनेन्सनको सक्रियतामा भएको ।– यसको प्रधान कार्यालय बेलायतको लन्डनमा रहेको ।२३. ‘नेपाल आँखा बैङ्क’को स्थापना कहिले र कहाँ भएको हो ? सन् १९९४, तिलगङ्गा (काठमाडौँ)– आँखाको नानी प्रत्यारोपण गर्ने सुविधा प्रदान गर्ने उद्देश्यले यसको स्थापना भएको ।– अन्तर्राष्ट्रिय आँखा बैङ्कको सङ्घ बाल्टिमोर (अमेरिका)को प्राविधिक सहयोग एवं सहायतामा यस बैङ्कको स्थापना भएको ।– आँखा दान गर्ने व्यक्ति मरेको १२ घण्टाभित्र आँखाको सबैभन्दा बाहिर पट्टि रहेको पातलो झिल्ली अर्थात् कोर्निया झिकी यस बैङ्कमा सुरक्षितसाथ राखी अर्को व्यक्तिमा प्रत्यारोपण गरिने ।२४. अन्तर्राष्ट्रिय मातृभाषा दिवस कहिले मनाइन्छ ? फेब्रुअरी २१– (सन् २००० देखि २१ फेब्रुअरीलाई विश्वभरि नै मातृभाषा दिवसका रूपमा मनाउन थालिएको ।)२५. चीनले आफ्नो राष्ट्रिय सेनालाई आधुनिक उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना कहिले सार्वजनिक गरेको हो ? सन् २०१९ जुलाई २४– प्रतिरक्षा योजना सन् २०१२ यता पहिलो पटक सार्वजनिक गरिएको ।– विश्वमा सबैभन्दा बढी सैनिक रहेको चीन प्रतिरक्षामा सबैभन्दा बढी खर्च गर्ने मुलुकको सूचीमा विश्वमै दोस्रो स्थानमा पर्ने । यस सूचीमा अमेरिका पहिलो स्थानमा रहेको ।प्रस्तुतकर्ता: टंक के.सी.
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशलाई बलियो बनाउनु आफ्नो एक मात्र लक्ष्य भएको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घले मुख्यमन्त्री अधिकारीको सम्मान कार्यक्रम आयोज
जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुना बढी कैदीबन्दी बस्न बाध्य छन् । पच्चीस जना क्षमताको उक्त कारागारमा हाल एक सय ५५ कैदीबन्दी छन् ।