• १३ साउन २०८१, आइतबार

कलिङ्गा साहित्य महोत्सवमा पाँच नेपाली

blog

काठमाडौँ (गोरखापत्र), फागुन  १० गते  । भारतमा हुने कलिङ्गा साहित्य महोत्सवमा पाँच नेपाली लेखक वक्ताका  रूपमा सहभागी हुनुहुने भएको छ । महोत्सवमा नेपाली साहित्यकार तथा लोक–साहित्यविज्ञ तुलसी दिवस, कवि दिनेश अधिकारी, कवि लेखक रञ्जना निरौला, नवोदित लेखक सुमित शर्मा समीर र नाट्यकर्मी राज शाह वक्ता रहनुहुनेछ ।  महोत्सवमा कवि, लेखिका रञ्जना निरौला, नवोदित लेखक सुमित शर्मा समीरले प्रतिष्ठित केएलएफ बुक अवार्डसमेत प्राप्त गर्दै हुनुहुन्छ ।

वार्षिक प्रतिष्ठित कलिङ्गा लिटरेरी फेस्टिभल फेब्रुअरी २४ देखि २६  सम्म भुवनेश्वरको स्वस्ति प्रिमियम होटलमा सञ्चालन हुनेछ । आफ्नो नवौँ वर्ष मनाउँदै महोत्सवले सबै क्षेत्रका लेखक, वक्ता, विचारक र मानवतावादीहरूको आवाजलाई समन्वय गर्ने बताइएको छ ।