तीन दिनअघि आत्महत्या गरेर मृत्यु भएकी एक जना महिलाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या गरेको भनिएकी महिलाका माइती पक्षले छोरीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै प्रहरीकहाँ उजुरी दिएपछि श्रीमानलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
टर्कीमा पुनः शक्तिशाली भूकम्प भएको छ । दक्षिणी सहर एन्टाक्यालाई केन्द्रबिन्दु बनाएर सोमबार गएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ । भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगत दुई वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा जितका लागि स्कटल्यान्डले नेपाललाई दुई सय १३ रनको लक्ष्य दिएको छ ।
अमेरिकी धातु उत्पादन कारखानामा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ रद्द गरेको छ । सोमबार प्राधिकरणले थाइ एयरवेजले विगत लामो समयदेखि सेल्फ ग्राउण्ड ह्याण्डलिङ म्याद नगरेर खारेज गरेको प्राधिकरणका उप–महानिर्देशक एवम् प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान मकवानपुरको हेटौँडा आइपुग्नुभएको छ । हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गर्न उहाँ ११ बजेपछि यहाँ आइपुग्नुभएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।
बोक्चे गौडादेखि भुुप्रेसम्मको सडकको निर्माण कार्य दुई वर्षदेखि रोकिँदै आएको भए पनि हालसम्म अगाडी बढ्न नसके पछि अलपत्र अवस्थामा रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विज्ञान र प्रविधिको विकास नभईकन नेपालको विकास हुन नसक्ने बताउनुभएको छ।
बाँकेमा मुख्य नाका बाहेक अन्य कुनै पनि नाकामा भन्सार कार्यालय नहुँदा राजस्व सङ्कलनको लक्ष्य भेटाउन समस्या भइरहेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
हिमाली र पहाडी क्षेत्रका महिलाको दिनचर्या जङ्गलको स्याउला, घाँस, पातपतिङ्गर र दाउरा सङ्कलनमै बित्ने गरेको छ ।
कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय भावी कार्यदिशा बारे सुदूरपश्चिमका नागरिक स्तरमा छलफल हुन थालेको छ ।
निर्वाहमुखी अर्थतन्त्रबाट अर्थव्यवस्था माथि उक्लन सकेको छैन । स्वदेशमा उत्पादन कमी भएका कारण बर्सेनि व्यापार घाटा बढ्दै गएको छ । निजी क्षेत्र र सहकारीले पनि उत्पादनमा ध्यान दिन सकेको छैन । निजी क्षेत्र पनि उद्योग नखोलेर आयातित सामान बिक्रीमा संलग्न छन् ।हाम्रो अर्थतन्त्र सङ्कट उन्मुख भएको विषय आजभोलि चर्चामा छ । राजनीतिक व्यक्तित्व र विश्लेषक पनि यस विषयलाई उठाउन थालेका छन् । प्रतिव्यक्ति ऋणमा वृद्धि भएको, त्यस्तै उत्पादनको स्थिति कमजोर हुँदै आएको विषय टड्कारो रूपमा देखा परेका छन् ।महिलाको वित्तीय पहुँचका कुरा गर्दा आर्थिक इतिहास हेर्नुपर्ने हुन्छ । तीन दशक अघिसम्म जम्मा दुईवटा वाणिज्य बैङ्क थिए भने आज आएर धेरै सङ्ख्यामा बैङ्क, ६४ लघुवित्त र तिनका शाखा छन् । कृषि तथा गैरकृषि क्षेत्रसँग सम्बन्धित करिब ३४ हजारभन्दा बढी सहकारी संस्था छन् । वित्तीय संस्थाको कारोबार ग्रामीण क्षेत्रमा पुर्याउन निजी क्षेत्रलाई पनि लघुवित्त सेवा उपलब्ध गराउने नीति सरकारले लिए तापनि सही ढङ्गबाट कार्यक्रम भएको छैन । कतिपय सहकारी सदस्यको ऋणको माग पूरा गर्न नसकी भागेको विषय पनि लगातार आउन थालेको छ । केही बदनियत भएका संस्थाका कारण प्रभावकारी कार्यक्रमसमेत ओझेलमा परेका छन् । वित्तीय संस्थालाई पनि नियमनकारी निकायको विषयको प्रश्न पनि यतिबेला निकै उठेको छ । यस परिवेशमा कृषि र उद्योग क्षेत्रको विकास प्रयास भए पनि आमसीमान्तकृत वर्ग र महिला लाभान्वित हुन सकेका छैनन् । करिब दुई खर्ब रुपियाँको कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको छ भने नेपाली उत्पादनलाई बजार समस्या छ । पूर्वाधार विकास यातायातको उपलब्धतामा कमी छ । उत्पादन क्षेत्र कमजोर भएको स्थितिमा स्थानीय तहमा आधारित कार्यक्रमका माध्यमबाट उद्यमशीलाताको विकास गरेमा आयात प्रतिस्थापन गर्न सम्भव हुने हुँदा महिलाको पनि स्रोतमा पहुँच आवश्यक छ ।निर्वाहमुखी अर्थतन्त्रबाट नेपाली अर्थव्यवस्था माथि उक्लन सकेको छैन । स्वदेशमा उत्पादन कमी भएका कारण बर्सेनि व्यापार घाटा बढ्दै गएको छ । यसको ग्राफ अझ बढ्ने देखिँदै छ । निजी क्षेत्र र सहकारीले पनि उत्पादनमा ध्यान दिन सकेको छैन । निजी क्षेत्र पनि उद्योग नखोलेर आयातित सामान बिक्रीमा संलग्न छन् । लगानीको वातावरण सुनिश्चित हुनपर्ने देखिएको छ । रोजगारीका लागि युवा पुस्ता विदेशिएको स्थिति छ । यो विकराल अवस्था हो । यो समस्या कसरी समाधान हुने हो ? कसैले पनि सोचेजस्तो देखिएको छैन । ग्रामीण तहमा विभिन्न उत्पादन गर्न कर्जाको माग धेरै तर मागको तुलनामा आपूर्ति हुन सकेको देखिएको छैन । मौद्रिक तरलता र प्राथमिकता क्षेत्रमा लगानी गर्न नसक्नु बैङ्कका लागि ठूलो समस्या भएको छ । किनकि लगानीका क्षेत्रहरू सुरक्षित छैनन् । निजीलगायत अन्य क्षेत्रको लगानी आकर्षित गर्न सुरक्षाको स्थिति चाहिन्छ । नेपाल राष्ट्र बैङ्कको २०७९ असोजको प्रतिवेदनअनुसार नेपालमा ६४ वटा लघुवित्तमा काम गर्ने संस्था छन्; जसमा १३ लाख ७० हजार ७४८ समूह भएको तथ्याङ्क छ । करिब ६० लाख सदस्य छन्; जसमा सीमान्तकृत वर्ग र महिला सदस्य धेरै छन् ।गरिबी निवारणका लागि भनिएका कार्यक्रम पनि न्याय सङ्गत तरिकाबाट समुदायमा पुग्न कठिन भएको छ । महिलाका लागि ऋण कार्यक्रम प्रभावकारी हुन् र यी महिला समूह निरन्तर यस क्षेत्रमा लागिरहन एकाकी रूपमा आएका कार्यक्रम र नीतिले सहयोग गर्न सक्दैनन् । बचत ऋण कार्यक्रम एकाकी रूपमा सफल हुन सक्दैन तर हाल केही जिल्लामा यस कार्यक्रमबाट पीडित धेरै महिला भएका विषय सतहमा आएको छ । लघुवित्तको कार्यशैलीविरुद्ध सङ्घर्ष समिति बनेबाट पनि समस्याको गहिराइ अनुमान गर्न सकिन्छ । झापा, मोरङ, सुनसरी, महोत्तरी र रौतहटजस्ता जिल्लामा महिला भेला भई विरोध गर्न थालेका खबर छापामा आउन थालेका छन् । यसले सकारात्मक विषयको सञ्चार गरेको छैन । ठूलो प्रश्न नै खडा भएको अवस्था छ । अर्को नियमनकारी निकायको प्रभावकारितामा प्रश्न उठेको छ । यसो भनेर वैकल्पिक आर्थिक कारोबार समाजमा सञ्चालन हुनु हुँदैन भन्ने होइन । सबै संस्था त्यसरी फसेका पनि छैनन् तर ब्याज वृद्धि गरी जनताको शोषण पनि गर्न हुँदैन । अर्थतन्त्रका औपचारिक क्षेत्रमा पहुँच कठिन भएपछि महिलालाई समूहमा ऋण दिने कार्यक्रमको सुरुवात देशमा साना किसान कार्यक्रम र महिलाका लागि पेवा बढाउने कार्यक्रमको सुरुवात वि.सं. २०३७ ताका भएको हो । आर्थिक कार्यक्रमको थालनीलाई हेर्दा सर्वप्रथम साना किसान कार्यक्रमले महिलालाई पनि समूह जमानीमा ऋण लिने कार्य शुभारम्भ भयो ।साना किसान विकास आयोजना, महिलाका लागि उत्पादन ऋण कार्यक्रम र महिलाका लागि लघुवित्त कार्यक्रम बाह्य अनुदानमा मात्र चलाइएका थिए । सुरुमा विपन्न वर्गलाई ऋणको आवश्यकता छ, अनुदान ऋण दिनुपर्छ भन्ने धारणाले मात्र काम गर्यो । तीन दशकयता बचत गरे मात्र समुदायमा नै वैकल्पिक आर्थिक कार्य सम्भव हुने विषय आयो । यस परिवेशमा कतिपय स्थानमा प्रभावकारी रूपमा सञ्चालन भएका पनि छन् तर कतिपय स्थानमा सदस्यको शोषण पनि भएका छन् ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग र अन्य वित्तीय संस्थाका बीचमा आवश्यक समन्वयमा कमी देखिन्छ । जुन वित्तीय संस्था र सहकारीका मूल्य मान्यतामा सञ्चालन भएका छैनन्, आज बदनाम भएका छन् । वित्तीय संस्था र सहकारी संस्थालाई मूल्य र मान्यताअनुसार काम गर्न नियमन पनि आवश्यक भएको छ । विभिन्न तालिम र सेवा साथै नलगेमा बचत र कर्जा कार्यक्रम सफल हुँदैन । समुदायका सदस्य शोषणमा नपर्न सामाजिक तयारी, प्राविधिक तालिम, हिसाब–किताब राख्ने प्रक्रिया, साक्षरता कक्षा सबै आवश्यक हुन्छन् । लघुवित्त संस्थाका चुनौती पनि बाहिर आउन थालेको छ । हाम्रो परिप्रेक्ष्यमा कतिपय संस्थाले सानो कर्जामा संलग्न संस्थाले पूर्वाधार विकास, सामाजिक तयारी र लघुवित्त कार्य सँगसँगै लगेका पनि छन् । धेरै महिला कृषि कार्यमा संलग्न छन् । उनीहरूलाई मद्दत गर्नु भनेको कृषि उत्पादनमा वृद्धि हुनु हो ।उत्पादित वस्तुको बजार समस्या त छँदै छ । कृषि उपजमा न्यूनतम समर्थन मूल्य सरकारले तोके पनि व्यवहारमा कार्यान्वयन हुँदैन । व्यापारीले तोक्ने मूल्यका कारण किसान मर्कामा पर्छन् । उत्पादित हरियो तरकारी गोलभेँडा, काउली समग्र उत्पादन सडकमा फ्याँकेर किसान विरोध जनाउँदै उत्पादनको उचित मूल्य खोजिरहेका छन् । उत्पादनमा ह्रास आएको अवस्थामा यस्ता खबर सार्वजनिक हुनु सकारात्मक कुरा होइन । महिला समूह र सहकारी संस्थाले पनि आर्थिक मात्र होइन, सामाजिक समस्या समाधानमा पनि सहयोग पुर्याउने गरी काम गरेका छन् । महिलाका समूह र संस्थाका लागि लगानी गर्न सक्ने बैङ्क र विभिन्न वित्तीय संस्था छन्, विभिन्न थोक कर्जा दिने संस्था छन् तर थोक कर्जा दिने संस्थाले पनि महिला समूहभन्दा पुरुष सञ्चालित वित्तीय संस्थामा धेरै लगानी गरेका छन् तर महिलाले मात्र सञ्चालन गरेका सहकारी संस्थामा लगानी गर्न चाहँदैनन् । किन यस्तो भइरहेको छ ? यस विषयमा खासै अध्ययन अनुसन्धान गर्ने गरिएको छैन ।
‘शेहजादा’ अल्लु अर्जुन अभिनीत तेलुगु चलचित्र ‘अला वैकुन्थापुरमुलु’को हिन्दी रिमेक हो । त्रिविक्रम श्रीनिवासको कथालाई रोहित धवनले रूपान्तरण गरेका हुन् । रणदीप (रोनित रोय) र वाल्मीकि (परेश रावल) दुई मिल्ने साथी हुन् । दुवै व्यापारी आदित्य जिन्दल (सचिन खेडेकर)को कम्पनीमा काम गर्छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश हो । मानव सभ्यताको विकासक्रमसँगै विभिन्न प्रकारका भाषा, धर्म, संस्कृति र परम्पराको विकास हुँदै आउँदा हिमवत् खण्डअन्तर्गत पहाडी र उच्च हिमाली भेगमा बसोबास गर्ने बौद्ध धर्मावलम्बी अस्तित्वमा आए । ल्होछार-लोसार उनीहरूको नयाँ वर्ष हो । बौद्ध दर्शन अँगाल्ने उनीहरूको ल्होछारको आफ्नै विशेषता छ । नेपाल, तिब्बत, थाइल्यान्ड, भियतनाम र भुटानलगायत विश्वका थुप्रै देशमा ल्होछार मनाउने गरिन्छ । नेपालमा विशेषतः तामाङ, गुरुङ, ह्योल्मो, शेर्पालगायतका समुदायले ल्होछार मनाउने गर्छन् । बौद्ध-चन्द्र पञ्चाङ्गअनुसार निर्धारित बाह्रवटा महिनाको चक्रीय प्रणाली (दाखोर) एक फन्को लगाएर पुनः पहिलो महिनामा प्रवेश गर्ने पहिलो तिथिलाई ल्होछार भनिन्छ । यसै तिथिबाट ‘ल्हो’ फिर्छ-नयाँ वर्ष लाग्छ । पात्रोमा १२ जीवजन्तु तथा पन्छीको चित्राङ्कित एउटा वर्गचक्र-वर्षचक्र हुन्छ, जसलाई ‘ल्होखोर’ भनिन्छ । यो वर्षचक्र प्रत्येक वर्षमा पालैपालो एउटा जीव र पाँच स्त्री-पुरुष तìव (फो-मो खाम)मध्ये एक तत्वले ग्रहण गर्दै क्रमशः पहिलो महिनाको पहिलो दिनमा फेरिने गर्छ, यसैलाई ल्होछार भनिन्छ ।ल्होछारको अर्थहिमाली भाषामा ल्हो भन्नाले साल-वर्ष र छार-सार भन्नाले नयाँ भन्ने जनाउँछ । यसर्थ ल्होछार-ल्होसार शब्दले नयाँ वर्ष भन्ने बुझाउँछ । प्राचीन चिनियाँ पात्रोमा आधारित सबैभन्दा पुरानो दाबी गरिएको ल्होछार परम्परा कहिलेदेखि मनाउन थालियो भन्ने यकिन तथ्य अझै फेला परेको छैन । किंवदन्तीअनुसार बुद्धले पृथ्वीलोक छोड्नुअघि पृथ्वीका सम्पूर्ण प्राणीलाई अन्तिम भेटका लागि बोलाउनुभयो । निमन्त्रणा स्वीकार्दै बुद्धको दर्शनार्थ क्रमशः मुसा, गोरु-गाई, बाघ, खरायो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बँदेल पुगे । तिनीहरूलाई बुद्धले आफ्नो अनुपस्थितिमा पालैपालो पृथ्वीमा शासन गर्न आदेश दिनुभयो । यसै समयदेखि ती जीवजन्तुको नामबाट ‘ल्हो’-वर्ष गन्ने प्रचलन सुरुवात भएकोे विश्वास गरिन्छ ।चन्द्र पात्रो परम्परामा १२ जीवजन्तुले पालैपालो एक÷एक वर्ष शासन गर्छन् । ती जीवजन्तुले क्रमशः एक-एक वर्ष शासन गर्दा १२ वर्ष बित्छ, तत्पश्चात् फेरि त्यही क्रम दोहोरिइरहन्छ, यसलाई ‘ल्होखोर’ भनिन्छ । हिमाली बौद्ध धर्मावलम्बी जुन वर्षमा जुन जीवजन्तुको ल्हो पर्छ, त्यस वर्षमा जन्मने बालबालिकाको स्वभाव र क्रियाकलापमा उक्त जीवको पर्याप्त प्रभाव रहन्छ भन्ने विश्वास गर्छन् । ल्होछार संस्कृतिलाई आफ्नो पुर्खाको सम्पत्ति मान्ने उनीहरू जन्मका आधारमा केटाकेटीको ल्हो–खाम मिल्छ या मिल्दैन भनेर ‘चि’-पात्रो हेर्ने गर्छन्, ल्हो–खाम एकापसमा मिल्छ भने मात्रै विवाह गरिन्छ । तसर्थ एउटा जीवको शासनावधि पूरा भइसकेपश्चात् अर्को जीवजन्तुको शासन समय सुरु हुने दिन विविध कार्यक्रम गरेर ल्होछार मनाउने गरिन्छ ।ल्होछारको प्रकारल्हो-वर्ष एकै पटक मात्र फेरिन्छ भन्नेमा दुईमत छैन । भौगोलिक अवस्थाअनुसार फरकफरक भूगोलमा बसोबास गर्ने समुदायले आ–आफ्नो कार्यव्यस्ततालगायतका कारणले अनुकूलतामा विभिन्न ल्होछार मनाइन्थ्यो भन्ने खोज–अनुसन्धानबाट बाहिर आएको छ । यहाँ चार प्रकारका ल्होछार अस्तित्वमा रहेकोे पाइन्छ ।कोङ्पो ल्होछारयो हिमाली बौद्ध धर्मावलम्बीमा प्रचलित पात्रोअनुसार दसौँ महिनामा मनाइने पर्व हो । राजा आग्यालले मङ्गोल र भोटबीच युद्ध हुँदा मङ्गोल सेनाबाट आक्रमण सुरु भइसकेको र ल्होछार आउन तीन महिना बाँकी रहेको अवस्थामा ल्होछार नमनाई युद्धमा नजाने निर्णय लिए र सबैलाई सोहीअनुसार ल्होछार मनाउन लगाए । यसरी तिब्बत प्राचीन कोङ्पो प्रान्तमा यो ल्होछार मनाउन सुरुवात भएको थियो । तसर्थ बाध्यतावश मनाइकाले यहाँ ल्हो-वर्ष फेरिँदैन ।तोला ल्होछारएघारौँ महिनाको पहिलो दिनमा मनाइने तोला ल्होछार किसानले आफ्नो जीविकोपार्जन गर्न लगाइएको नयाँ अन्नबाली पाक्ने बेला भएपछि उक्त फसल उठाएर विभिन्न पकवान बनाई देवीदेउतालाई चढाएर खुसियालीका साथ नुवागी खाने केही सीमित भू–क्षेत्रमा यथावत् सांस्कृतिक पर्व हो । पछिल्लो समयमा नेपालका गुरुङ समुदायले पुसको १५ मा मनाउन थालेपछि यसलाई कम सुनिएको छ । सोनाम ल्होछारकिसानले आफूले लगाएको अन्नबाली उठाइसकेको अवस्था र आउँदै गरेको ल्होछारपछि नयाँ अन्नबाली लगाउनुपर्ने व्यस्तताबीच एक महिनाअगावै बाह्रौँ महिनाको पहिलो दिनलाई सोनाम ल्होछारका रूपमा मनाउने परम्पराको सुरुवात भएको थियो । यसै ल्होछारमा ल्हो फेरिने भनेर आधिकारिक तथ्य प्रमाण कुनै पात्रोमा लेखिएको पाइन्न । ग्याल्बो ल्होछारहिमवत् क्षेत्रका मानिस सामाजिक संरचनामा प्रवेश गरिनसकेको अवस्थामा एउटा असाधारण लक्षणले युक्त बोधिसत्व डिब्पा नाम्सेलको निर्माण कार्यको आगमन भयो । उक्त असाधारण अलौकिक व्यक्तिलाई देखेर तिमी को हौ ? कहाँबाट आयौ भनी प्रश्न गर्दा आकाशतिर मात्रै आफ्नो आँैला देखाइरहेपछि देवलोकबाट आउनुभएको देवराज रहेछन् भन्ने ठानी काँधमा आसन बनाएर राजाको उपाधि दिइयो । उक्त राजालाई ङ्यठिचेन्पो भनी नामकरण गरियो, जसको अर्थ काँधमा बनाइएको आसन हो । उनै ङ्यठिचेन्पो हिमवत् क्षेत्रका प्रथम राजा कहलिए । यो घटना २१४९ वर्ष अगाडि घटेको हो । यसै दिनको सम्झनास्वरूप ल्होछार मनाउन सुरु भएको थियो । यो बाह्रौँ महिनाको समाप्तिसँगै पहिलो महिनाको पहिलो दिन मनाइन्छ । पछिल्लो समयमा ग्याल्बो ल्होछारको नामले परिचित छ ।ल्होछारको महत्वधार्मिक, सामाजिक, आर्थिक, स्वास्थ्य एवं राजनीतिक रूपले ल्होछारको विशेष महìव छ । यस वर्ष सबैको शुभ होस् भन्ने कामनासहित लामाद्वारा मङ्गलामृत मन्त्रोच्चारण गर्दै ग्रहशान्ति पूजा गरी घरआँगनमा दज्र्यु गाडेर लुङ्दर फहराउने गरिन्छ, यसले धार्मिक महìवलाई उजागर गर्छ । परदेश गएका आफन्त फर्कने, कुलकुटुम्ब, इष्टमित्र एवं चेलीबेटीलाई बोलाएर मिठामिठा पकवान खुवाउने, नयाँ कपडा लगाउने र परम्परागत लोकसंस्कृतिले भरिपूर्ण गीत–सङ्गीतमा नृत्य गर्दै रमाइलो गरिन्छ । यसले सामाजिक–सांस्कृतिक महत्व राख्छ ।ल्हो-वर्ष एकै पटक मात्र फेरिन्छ भन्नेमा दुईमत छैन । भौगोलिक अवस्थाअनुसार फरकफरक भूगोलमा बसोबास गर्ने समुदायले आ–आफ्नो कार्यव्यस्ततालगायतका कारणले अनुकूलतामा विभिन्न ल्होछार मनाइन्थ्यो भन्ने खोज–अनुसन्धानबाट बाहिर आएको छ । यहाँ कोङपो, तोला, सोनाम र ग्याल्बो गरी चार प्रकारका ल्होछार अस्तित्वमा रहेकोे पाइन्छ ।यो अन्धविश्वासमा चलेको संस्कृति होइन, चन्द्रमाको गति र प्राकृतिक विज्ञानको नियममा आधारित भएकाले समयानुकूल मौसमअनुसारको अन्नबाली लगाउन पर्याप्त ज्ञान दिन्छ । तसर्थ यसले प्रकृतिको नियमलाई बुझ्न सहयोग पुर्याउँछ । मानव जीवनमा जल, वायु, अग्नि, काठ र धातुजस्ता पञ्च तत्व (खाम)को महत्व हुन्छ । यसले मानव शरीरको महìवपूर्ण अङ्ग फोक्सो, मुटु, मिर्गौला, आन्द्रा र कलेजोलाई नियमित गर्न मद्दत गर्छ । पृथ्वीमा पानी र जमिनको भागको अनुपातमा मानव शरीरमा रगत र मासुको भाग छ । तसर्थ हरेक दृृष्टिकोणले ल्होछार परम्परा स्वास्थ्य विज्ञानसम्मत छ । मनाउने तरिकाल्होछार धार्मिक एवं सांस्कृतिक पर्व मात्रै होइन, विधिवत् र वैज्ञानिक रूपले पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने दिन हो । एक महिनाअघि घरआँगन, बाटोघाटो, पानीपँधेरो, चौतारा आदि सरसफाइ गरी घर लिपपोत, रङ्गरोगन गर्ने गरिन्छ । त्यसपश्चात् १५ दिन अघिबाट गहुँ–जौ, मकै आदि मिसाएर समृद्धिको प्रतीक जमरा (ल्होफुई) राख्ने गरिन्छ । रोटी (खाप्से) पकाउने, नयाँ कपडा किन्ने, फलफूल तथा सगुन आदिको तयारी गर्नुपर्छ । अँासीको अघिल्लो दिन वर्षभर अन्यत्र छरिएर रहेका सदस्य एक ठाउँमा जम्मा हुन्छन् । त्यस दिन बेलुका विभिन्न प्रकारका गेडागुडीलगायतका खाद्य सामग्री मिसाएर थुग्पा बनाइन्छ, त्यसमा हाँस्य–व्यङ्ग्यात्मक एवं मनोरञ्जनात्मक प्रतीकसमेत बनाएर मिसाइन्छ । थुग्पा पाकिसकेपछि सबैलाई पस्कने गरिन्छ, जसको भागमा जे पर्छ उसलाई सोहीअनुरूपको फल प्राप्त हुन्छ भन्ने विश्वास छ । यसरी थुग्पा खाएर रमाइलो गरिसकेपछि बाँकी रहेको जुठो थुग्पा (थुगला)लाई एउटा भाँडोमा जम्मा गरेर चौबाटोमा लगेर वर्षभरिको ग्रहदशा हटोस् भनेर फाल्ने गरिन्छ । यो पर्व नौ दिनसम्म मनाइन्छ । त्यसपश्चात् चार दिन फेरि आफन्तजनसँग भेटघाट कार्यले नै निरन्तरता पाउँछ । अन्ततः बुद्धले रिद्धिशक्ति प्रदर्शन गरी विजय प्राप्त गर्नुभएको उपलक्ष्यमा विजय उल्लास मनाउँदै गुम्बा दर्शन गरिसकेपछि ल्होछार समापन हुन्छ । ल्होछारको दिनदेखि पन्ध्रौँ दिनसम्म बुद्धले शक्ति प्रदर्शन गर्नुभएको यस समयमा अकुशल कर्म त्यागी कुशल कर्ममा लाग्ने प्रतिबद्धता गर्नुपर्छ । बुद्धले रिद्धिशक्तिद्वारा शास्तामाथि विजय प्राप्त गरेको दिन रिद्धिप्रतिहार्य दिवस (छ्योढुल धुइछेन) हो, यो बौद्ध धर्मावलम्बीका लागि महìवपूर्ण छ । सदियौँदेखि चल्दै आएको जन्मदेखि मृत्युसम्मका क्रियाकलाप जुन पात्रोको आधारमा गरिन्छ, सोहीअनुसार ल्हो (वर्ग) र खाम (तìव) ल्होछारको दिनबाटै फेरिन्छ । तसर्थ यसलाई ल्होछार मात्रै भनेर मनाउँदा सार्थक र अर्थपूर्ण हुने देखिन्छ । हिजोका दिनमा विभिन्न भूगोल, क्षेत्र र समुदायले आ–आफ्नो अनुकूलतामा ल्होछारमा ल्हो–खाम नफेरिने हुँदा नयाँ वर्षका रूपमा मनाउनु सार्थक र औचित्यपूर्ण देखिँदैन । जातअनुसारको ल्होछार छ-थियो भनी किटान गरिएको ऐतिहासिक दस्ताबेज कहीँकतै भेटिँदैन । विशेषतः नेपालका तामाङ यस सन्दर्भमा सोनाम र ग्याल्बो गरी दुई खेमामा विभाजित छ । यसरी विभाजित हुनु खेदपूर्ण छ, त्यसकारण ऐतिहासिक र आधिकारिक ल्होछार मनाउने प्रयत्न गर्न जरुरी देखिन्छ । यो वा त्यो भनेर विभाजित हुनु हुँदैन । त्यसैले चन्द्र, सूर्य, ग्रह, नक्षत्र आदि जातका आधारमा कहिल्यै घुम्दैन, एक वर्षमा एकै पटक मात्र ल्हो फिर्छ, महिनैपिच्छे ल्हो परिवर्तन हुँदैन भन्नेमा विश्वस्त हुन जरुरी छ । चन्द्रमा पूर्ण हुने पूर्णिमा र निष्पट्ट अन्धकार हुने औँसी आ–आफ्नै तिथिअनुसार आउँछ र तिनको तिथि कहिल्यै फरक पर्दैन । ल्होछार घरघरमै मनाइयोस्, अबका दिनमा ल्होछार त्यस्तो नहोस्, सिर्फ एउटा ल्होछार होस्, न सोनाम न त ग्याल्बो, मात्रै एउटा ल्होछार होस् ।