अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व कप क्रिकेट लिग (२ अन्तर्गतका त्रिदेशीय खेल काठमाडौंँमा भइरहँदा नेपाली क्रिकेटप्रेमी तथा खेलाडीमाझ आशा, उमङ्ग, उत्साह तथा हर्ष ल्याएको छ । नेपाल, नामिबिया तथा स्कटल्यान्डको सहभागिता रहेको यस शृङ्खलामा खेलेका सबै खेलमा विजयश्री प्राप्त गरेर नेपाली क्रिकेट टिमले सम्पूर्ण नेपालीमा खुसीको सञ्चार गरिदिएको हो । क्रिकेटको यो लिग–२ महत्वपूर्ण प्रतियोगिताका रूपमा स्थापित छ । त्यसका माध्यमबाट क्रिकेटको आसन्न विश्वकप प्रतियोगितामा छनोट हुने तथा क्रिकेटको अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता जोगाउने अभियान पनि हो । यस अर्थमा पनि यो प्रतियोगिता तथा यसका बाँकी खेल नेपालका निम्ति अति नै अर्थपूर्ण मानिएको हो ।
प्रसिद्ध वैज्ञानिक, साहित्यकार एवं भारतका पूर्वप्रधानमन्त्री डा. अब्दुल कलामको भाषामा ‘‘सपना त्यो होइन जुन निदाउँदा देखिन्छ । बरु सपना त्यो हो जसले निदाउनै दिँदैन ।’’ २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनले देशमा राजनीतिक स्थिरताको जग बसाल्ने अपेक्षा गरिए पनि त्रिशङ्कु चरित्रको संसद्का कारण त्यसमाथि प्रारम्भमै संशय पैदा हुनु स्वाभाविक थियो । त्यसको आधारमा नेपाली राजनीति अस्थिरताको शिकार हुने, संसद् दीर्घजीवी हुन नसक्ने, अर्थतन्त्रले थप चुनौतीको सामना गर्ने विश्लेषण गरिएको थियो । परन्तु, ती सबै अड्कलबाजी असत्य साबित गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको ४४औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो ।
यस शताब्दीकै विनाशकारीमध्ये एक मानिएको टर्किए भूकम्पबाट टर्किए र छिमेकी सिरियामा ठूलो जनधनको क्षति भयो । यही फेब्रुअरी ६ को बिहान र अपराह्न त्यहाँ दुईवटा शक्तिशाली भूकम्प गए । बिहान गाजियान्टेपलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ रेक्टर स्केल र अपराह्न एकिनोजुलाई केन्द्रबिन्दु बनाएर गएको ७.५ रेक्टर स्केलको भूकम्पले अकल्पनीय जनधनको क्षति भएको हो । टर्किएमा ४० हजार र सिरियामा छ हजारभन्दा बढी मानिसको मृत्यु भयो भने एक लाखभन्दा बढी
बीमाको क्षेत्रमा छुट्टै पहिचान बोकेको राष्ट्रिय बीमा संस्थान २०२४ साल पुस १ गते स्थापना भई सोही वर्षको फागुन ११ गते बीमा व्यवसाय सुरु गरी ५६औँ वर्षमा प्रवेश गरेको छ । देशभरि छरिएर रहेका ससानो रकमलाई बीमाको माध्यमबाट जोखिम बहन गरेर सङ्कलन गरी पुँजी निर्माणमा ठूलो योगदान पु-याउँदै आइरहेको छ ।
बचतकर्ताको रकम फिर्ता नदिएपछि शिवशिखर बहुउद्देश्य सहकारी संस्थाविरुद्ध नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) डडेल्धुरा आन्दोलनमा उत्रिएको छ । डडेल्धुराका बचककर्ताबाट ४० करोड रुपियाँभन्दा बढी रकम सङ्कलन गरी दुई करोड रुपियाँ लगानी गरेको सो सहकारी संस्थाले बचत रकम फिर्ता गर्नै छोडेपछि नेविसङ्घ आन्दोलनमा उत्रिएको हो । बुधबार हातहातमा प्लेकार्ड बोकेर नेपाल विद्यार्थी सङ्घ डडेल्धुराले जिल्ला सदरमुकामस्थित बागबजारमा प्रदर्शन गरेको हो । विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा विद्यार्थी नेता जगत ऐरले समाजमा व्याप्त विकृतिविरुद्ध नेपाल विद्यार्थी सङ्घ सधैँ सक्रिय भएर लाग्दै आएको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखा जिल्लाको इञ्चार्जमा अमर तमुलाई जिम्मेवारी तोकिएको छ । तमुलाई पार्टी केन्द्रले जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको पार्टी जिल्ला संयोजक विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
चालू आव २०७९/८० मा बारा जिल्लामा चैते, भदैया र अग्हनीधान खेतीबाट दुई लाख ५० हजार ४७४ मेट्रिक टन धान उत्पादन भएको छ । यो छ अर्ब १४ करोड ९८ लाख ६२ हजार पाँच सय रुपियाँ बराबरको उत्पादन हो । किसानले ३४ हजार ११५ हेक्टर क्षेत्रफलमा अग्हनीधान खेती गरी प्रतिहेक्टर ४.२ मेट्रिक टनले तीन अर्ब ५८ करोड २० लाख ७५ हजार रुपियाँ बराबरको एक लाख ४३ हजार २८३ मेट्रिक टन धान उत्पादन गरेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख जितेन्द्रप्रसाद यादवले बताउनुभयो ।
पाँच वर्षपहिला सुरु भएको रुकुमपूर्व जिल्ला अस्पतालमा चिकित्सक, औषधि, शय्या (बेड) र खानेपानीको समेत चरम अभाव छ। ५० शय्याको यस अस्पतालमा न त शय्याको मात्रा पूरा भएको छ, न औषधि नै पाइन्छ। यही कारण विकट गाउँबाट उपचारका लागि जिल्ला अस्पताल आएका बिरामीहरू निजी संस्थामा जान बाध्य छन्। सरकारी अस्पतालमै सामान्य
म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलु खेती सुरु गरेका छन् । लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी फडानी गरेर आलु खेती विस्तार गरेका हुन् ।
लुम्बिनी प्रदेशको राजधानी स्थापनाका लागि सरकारले रोक्का गरेको जग्गा फुकुवाको माग गर्दै स्थानीयवासीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको पाँच पटक भइसकेको छ। तर, रोक्का जग्गा फुकुवा हुने बारेमा ठोस निर्णय हुन सकेको छैन। जग्गा रोक्का हुँदा राजधानी देउखुरीका स्थानीय जग्गाधनी तथा सर्वसाधारणलाई समस्या परेको छ।
मोरङको बेलबारी–३ मा बुधबार १ नं प्रदेश प्रहरी अस्पतालको प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उद्घाटन गर्नुभयो । तत्कालको आवश्यकता पूरा गर्ने गरी १५ शय्याको अस्पताल उद्घाटन तथा शुभारम्भ गरिएको हो ।
राप्ती प्रादेशिक अस्पतालमा तुलसीपुरमा रहेका आठवटा डायलासिस मेसिनहरू विगत सात महिनादेखि प्रयोग विहीन अवस्थामा छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएका यी मेसिनहरू आर्थिक अभावसँगै मेसिन राख्ने ठाउँ नहुँदा प्रयोग विहीन भएका हुन्।
सरकारले फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा भारतीय लगानी भित्र्याउने तयारी गरेको छ । नेपाल सरकारले भारत सरकारको स्वामित्वको विद्युत् उत्पादन कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई लगानी गर्न आग्रह गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सूचना अधिकारी बाबुराज अधिकारीले भारत सरकारको स्वामित्वको एनएचपीसी इन्डिया लिमिटेडलाई फुकोट कर्णालीमा सहलगानी गर्न आग्रह गरिएको बताउनुभभयो । उहाँले नेपाली कम्पनीसँग लगानीका लागि समझदारीपत्र (एमओयू)को मस्यौदा तयार भइरहेको बताउनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीव्र गतिमा आर्थिक विकास र समृद्धि हासिल गर्न ठूला उद्योगको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । कोहलपुर उद्योग वाणिज्य सङ्घले कोहलपुरमा आयोजना गरेको उद्योगी तथा व्यापारीसँगको अन्तक्र्रियामा मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो । “देशमा उद्योग सञ्चालन गरेर बढीभन्दा बढी उत्पादन गरी आयातलाई निरुत्साहित गर्न सकेनौँ भने आर्थिक सङ्कट झन् बढ्दै जानेछ,” उहाँले भन्नुभयो ।
मधेश प्रदेशको राजधानी बनेपछि जनकपुरधामका साँघुरा सडक फराकिला भए। जानकी मन्दिरमा टायल्स मार्बल र रङ्गीचङ्गी महङ्गा बत्ती जडान गरियो। पोखरीका घाट निर्माण गरी त्यहाँ पनि टायल्स मार्बल लगाइयो तर जनकपुरधाम उपमहानगरपालिकाको फोहोर व्यवस्थापन भने जहाँको त्यही छ। फोहोर फ्याँक्ने स्थानको व्यवस्था भएपछि दैनिक रूपमा फोहोर उठ्न थालेको छ तर पनि जनकपुरधाम दुर्गन्धित नै छ।