• १३ असोज २०८१, आइतबार

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

blog

साङ्केतिक तस्बिर

हरि कोइराला

उर्लाबारी, फागुन १० गते । पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा यात्रुबाहक बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

पूर्वतर्फ जाँदै गरेको ना ५ ख ६९४२ नम्बरको बसले बेलबारी नगरपालिका–१ मा एकैपटक दुईवटा साइकललाई बुधबार बिहान साढे ६ बजेतिर ठक्कर दिएको थियो ।

बसको ठक्करबाट साइकलयात्री बेलबारी–२ का १९ वर्षीय लेखनाथ चौहानको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

यसैगरी, बसको ठक्करबाट गम्भीर घाइते भएका चौहानको उपचारका लागि नोबेल अस्पताल विराटनगर पुर्‍याउन साथ मृत्यु भएको हो ।

अर्का साइकलका यात्री बेलबारी–२ का १८ वर्षीय राम बस्नेत घाइते हुनु भएको छ । सामान्य घाइते हुनु भएका बस्नेतको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।  बसका चालक स्याङ्जाको आँधीखोला गाउँपालिका–२ का ३८ वर्षीय नरेन्द्र दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।