• ८ पुस २०८१, सोमबार

चैतलो मेलाका लागि सिमकोट गाउँपालिकामा सार्वजनिक बिदा

blog

चैतलो मेलामा नाच्दै महिलाहरु। फाइल तस्बिर

राजन रावत

हुम्ला, फागुन ११ गते।  सिमकोट गाउँपालिकाले हुम्लाको चर्चित चैतलो मेलाका लागि सार्वजनिक बिदा दिएको छ। सिमकोट गाउँपालिकाका चार वटा वडामा धूमधामका साथ यो मेला मनाउने भएको कारण गाउँपालिका सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गाउँपालिका का.बा.अध्यक्ष सुशीला रोकाया भामले सिमकोट गाउँपालिका–१, २, ५ र ६ मा चैतलोलाई ठूलो मेलाका रूपमा मनाउने गरिएको कारण सार्वजनिक बिदा दिने निर्णय गरिएको बताउनुभयो।  

हरेक वर्ष चैतलो मेला फागुन १२ गते पर्छ। सोही दिनमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो। उहाँले आकस्मिक रूपमा गाउँपालिकामा उपलब्ध कार्यपालिकाका सदस्यको बैठकबाट चैतलो मेलाका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिनुभयो।

गाउँपालिकाको निर्णयबाट २२ वटा विद्यालय, तेह्र वटा स्वास्थ्य संस्था र गाउँपालिकाद्वारा प्रदान गरिने सेवाहरू सबै बन्द हुनेछन्। चैतलो मेला स्थानीय मेला पर्वमा पर्ने भए पनि सार्वजनिक बिदा भने पहिलो पटक दिइएको हो।