• १३ असोज २०८१, आइतबार

एपीएफ झापा गोल्डकपको सेमिफाइनलमा

blog

प्रतियोगितामा प्रतिस्पर्धा गर्दै बङ्गलादेशर एपीएफका खेलाडी । तस्बिर : गोरखापत्र

लीलाराज खड्का 

बिर्तामोड, फागुन १२ गते । विभागीय टोली नेपाल एपीएफ क्लब झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार भएको खेलमा एपीएफले बङ्गलादेशको काउवार्न बजार प्रगति सङ्घ ढाकालाई सडनडेथमा ९–८ गोलले हरायो । निर्धारित ९० मिनेटको समयमा १–१ को बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा पनि निर्णय हुन नसकेपछि सडनडेथबाट विजेताको निर्णय लिइएको हो । सडनडेथमा काउवार्नका औङ गोल गर्न चुकेपछि पराजय व्यहोर्नुप¥यो ।

औङको प्रहारलाई एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गर्दै जित दिलाउनुभयो । श्रेष्ठ खेलको प्लेयर अफ दि म्याच बन्दै २० हजार रुपियाँ पुरस्कार पाउनुभयो । एपीएफले फाइनल प्रवेशका लागि मछिन्द्र क्लबसँग आइतबार प्रतिस्पर्धा गर्नेछ ।