नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगट्ने महिलाको समान सहभागितामा जोड दिनुभएको छ ।
सामाजिक विकास कार्यालय बागलुङले चालू आर्थिक वर्षमा साना ठूला गरी एकैसाथ ८० वटा सामुदायिक भवन निर्माण गर्ने भएको छ। पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सामाजिक सङ्घ संस्था, मठमन्दिर तथा विद्यालय भवनसमेत गरी निर्माण अघि बढाएको हो। जिल्लाका दसवटै पालिकामा ती भवन बन्नेछन्। छ करोड ७० लाख रुपियाँ लगानीमा सामुदायिक भवन निर्माण थालेको सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख डम्मरबहादुर जीसीले जानकारी दिनुभयो।
श्रीबाबु कार्कीको नवीनतम निबन्धकृति हो ‘सन्दिग्ध शताब्दी’ । आत्मपरक शैलीमा लेखिएका निबन्धहरूको सङ्ग्रह ‘सन्दिग्ध शताब्दी’भित्र मध्यम आकारका जम्माजम्मी १४ वटा निबन्ध सङ्गृहीत छन् ।
अत्यधिक चिसो बढेपछि करिब एक महिना बन्द भएका बागलुङको ढोरपाटन नगरपालिका–९, ढोरपाटन उपत्यकाका विद्यालय पुनः सञ्चालनमा आएका छन्। जाडो छल्न बेँसी झरेका बालबालिका गर्मी मौसमको सुरुवातसँगै ढोरपाटन उक्लेपछि विद्यालय सञ्चालन गरिएको हो। गत पुस १८ गतेदेखि बन्द भएका विद्यालय फागुन पहिलो सातादेखि सञ्चालनमा आएका हुन्।
सर्लाहीमा केही दिनदेखि मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । मौसम परिवर्तन भई गर्मी बढ्दै जाँदा जिल्लाभरका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको हो ।
सदरमुकाम जोड्ने उदयपुर जिल्लाकै सबैभन्दा पुरानो गाईघाट–फतेपुर धुले सडकको मोतीगढा, जोगीदह, रुपनी खण्डमा दुई लेनको बनाएर कालोपत्रे गर्ने तयारी गरिएको छ। उदयपुरगढीबाट गाईघाटमा जिल्ला सदरमुकाम सारिएपछि २०२८ सालमा नै यो सडकमा चारपाङ्ग्रे सवारी गुडेको भए पनि अहिलेसम्म यहाँ सडक सुधार गरिएको थिएन।
शान्ति सम्झौतामार्फत एक दशक लामो सशस्त्र द्वन्द्वको अवतरणसँगै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादी शान्ति प्रक्रियामा आएको ऐतिहासिक तथ्य हो। शान्ति प्रक्रियापछि मुलुकका राजनीतिक विकासक्रमले संविधान सभाको निर्वाचन दियो। पहिलो निर्वाचनले संविधान बन्न नसके पनि दोस्रो संविधान सभाले मुलुकमा जनताका प्रतिनिधिले बनाएको संविधान आज हामीसँग क्रियाशील छ। केही लामो समय लागे पनि शान्ति प्रक्रियाकै फलस्वरूप मुलुक सङ्घीय गणतान्त्रिक युगमा छ। शान्ति प्रक्रियासँग सम्बद्ध सङ्क्रमणकालीन न्याय निरूपण केही ढिला भए पनि त्यसको विधि र प्रक्रियाप्रतिको राष्ट्रिय र अन्तराष्ट्रिय प्रतिबद्धता कार्यान्वयनको चरणमा छ।
सन् २०१५ तिर पेस युनिभर्सिटी न्युयोर्कको पहिलो तलामा रहेको पसल बान्र्स एन्ड नोेबेलमा केही पुस्तक खोज्ने क्रममा रामचन्द्र केसीले एक दशक पहिले आफैँले नेपाली भाषामा अनुवाद गरेको सचित्र उपन्यासिका फेला पारे, ‘द मेटामोर्फसिस’ ।
वर्तमान विश्व विकासका साझा अभियान र साझा कार्ययोजनाका साथ अघि बढिरहेको छ। दिगो विकास लक्ष्य यस्तै साझा प्रयास र प्रतिबद्धताको अवधारणा हो। भावी पुस्ताका आवश्यकताको उपलब्धतामा प्रतिकूल प्रभाव पर्न नदिने गरी वर्तमान समयका आवश्यकता परिपूर्ति गर्ने विकासको साझा प्रयास नै दिगो विकास हो। दिगो विकासको अवधारणाले प्राकृतिक स्रोत, साधन, वातावरण, जनसङ्ख्या र विकास गतिविधिबीचको उचित एवं सन्तुलित तालमेलमा जोड दिने गर्छ। यसले आर्थिक सामाजिक र वातावरणीय विकासबीच सन्तुलनको माग गर्छ। यसमा पनि सामाजिक र वातावरणीय विकास बहन गर्न सक्ने; वातावरणीय र आर्थिक
नारी जागरणको यात्रामा राष्ट्रिय र अन्तर्राष्ट्रिय इतिहास गौरवमय छ । समय समयका सरकार र सामाजिक संस्थाका प्रयासका कारण विकासका क्रममा आज धेरै सुधार पनि भएका छन् । यो दिन विगत र वर्तमानलाई पुनरवलोकन गर्ने दिन पनि हो । नेपाली महिलाले नालापानीको युद्धमा अङ्ग्रेजी तोप र गोला, बारुदको बदला खुकुरी र ढुङ्गाको भरमा लडी वीरताको प्रदर्शन गरेका थिए । समय समयमा महिलाले आ–आफ्ना क्षेत्रबाट नारी जागरणमा महìवपूर्ण योगदान दिएको कुरा इतिहासमा छ । योगमायादेवीले कविताको माध्यमबाट र जलसमाधिको माध्यमबाट मेलवादेवीले गायनको क्षेत्रबाट, तुलजा शर्माले गान्धी आश्रममा संलग्न भएर र दुर्गादेवीले शिक्षण पेसाको माध्यमबाट नारी जागरणमा मद्दत पु-याएका थिए ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताउनुभएको छ ।
अहिले काठमाडौँ उपत्यकासहित देशभरका पहाडी भूभागमा वर्षा भइरहेको छ । आज (बुधवार) बिहानैबाट काठमाडौँसहित देशभरका पहाडी भूभागमा वर्षा हुँदा जनजीवन सामान्य प्रभावित बनेको हो ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा क्लासिक आर्ट ग्यालरी र क्रिटिक्स कर्नरले मङ्गलबार ‘कलाकौशल र लेखक’ शीर्षकमा फ्रि–कला कार्यशालाले आयोजना गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा आयोजित कला कार्यशालामा ललितकला, संस्कृति र सम्पदाको विषयमा कलम चलाउँदै आउनुभएका कला पत्रकार तथा महिला कलाकारको सहभागिता रहेको छ ।
जनकवि केशरी धर्मराज थापाको शब्द, सङ्गीत र स्वरमा रहेको चर्चित गीत ‘हरियो भन्नुु’ पुनः रेकर्ड गरी सार्वजनिक गरिएको छ । मङ्गोलियन हार्टका गायक राजु लामाको स्वरमा ल्याइएको गीतमा पहिलाभन्दा थोरै परिमार्जन गरी फिमेल भोकल पनि थपिएको छ । गीतमा फिमेल भोकलका लागि गीतकार मन्दिरा ढुङ्गेलले शब्द रचना गर्नुभएको छ भने तारा श्रीस मगरको स्वर रहेको छ । गीतको भिडियोमा गायक राजु लामा र नायिका मिरुना मगरको अभिनय रहेको छ । सोनाम पाख्रिनको परिकल्पना र निर्देशनमा बनेको भिडियोमा राजेश घिमिरेको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ ।
छोरा र छोरीलाई एउटै व्यवहार गर्न आमाबाट सुरु गर्नुपर्छ। समानता नभए बलजफ्ती गरेर अधिकार खोज्न महिलालाई सिकाउनुपर्छ।