राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय महिला आयोग समुदाय स्तरसम्म पुग्नुपर्ने बताउनुभएको छ।
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज (मङ्गलबार) दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४१ अङ्कले उकालो लागेर एक हजार नौ सय ५२ दशमलव ६६ मा पुगेको छ ।
दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते हुनुभएकी भारतको पिथौरागढ जिल्लाको धार्चुला सिमखोलाकी ६० वर्षीया कालीदेवी नेगीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
न्यूयोर्कको रोचेस्टरमा आइतबार राति एक कन्सर्टपछि भएको भागदौडमा परेर दुई जनाको मृत्यु भएको छ । सो स्थानमा कन्सर्ट सकिएपछि भागदौड भएको थियो ।
नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को जिल्ला कार्य कमिटी निर्बिरोध निर्वाचित भएको छ । तेस्रो जिल्ला अधिबेशनबाट अनेम संघको जिल्ला कार्य समितिलाई नै निर्विरोध चयन गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य रेखा शर्माले जनताको जीवनसँग जोडिएका मुद्दालाई प्रभावकारीरुपमा अघि बढाउन आफ्नो पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभएको छ।
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्ने बताउनुभएको छ ।
कपिलवस्तुसहित विभिन्न जिल्लामा होलीको परम्परागतस्वरूप र शैली लोप हुँदै गएकोमा समाजका बुढापाकाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । होली मनाउने परम्परागत शैली लोप हुँदैजाँदा आगन्तुक होली देखिन थालेको र प्रदर्शनमा होली सीमित हुन थालेको जानकारको बुझाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा (माओवादी केन्द्र)को योङ कम्युनिस्ट लिग (वाईसीएल)ले ज्ञापनपत्र बुझाएको छ।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'छक्का पन्जा ४' को दोस्रो गीत सार्वजनिक गरिएको छ ।
छिमेकी राष्ट्र पाकिस्तानबाट सोमबार तीन हजार अफगान शरणार्थी अफगानिस्तान फर्किएका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ ।
रङको पर्व होली कैलालीमा एक आपसमा खुशीयाली साटासाट गरेर धुमधामसँग मनाइएको छ।
आधुनिकतासँगै लोपोन्मुख अवस्थामा पुगेको जोगिरा गाउँदै यस वर्षको होली हर्सोल्लासका साथ सुनसरीमा मनाइएको छ । होली पर्व मंगलबार सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा हर्सोल्लासका साथ मनाइएको हो ।
कालीगण्डकी करिडोरमा झण्डै तीन सय ६० मिटर लम्बाइको सुरुङ निर्माणका लागि अध्ययन अघि बढाइएको छ ।
साइबेरियादेखि आएका पर्यटक चरा फर्किन थालेका छन् । यी चराहरु वैशाखसम्ममा फर्किसक्छन् । त्यतिबेलैदेखि टौदहको पिरलो पनि सुरु हुन्छ ।