उपल्लो मुस्ताङको लोमान्थाङमा आज बिहानदेखि हिमपात भएको छ । मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । जिल्ला सदरमुकाम जोमसोमलगायत तल्लो मुस्ताङमा भने वर्षा भएको छ । लोमान्थाङका छिरिङ वाङ्दी गुरुङले यो वर्षको पहिलो पटक हिउँ परेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर एक जना प्राध्यापकले जीवन रक्षाका लागि सार्वजनिक अपिल गर्नु भएको छ ।
खेतमा उत्पादन भएको आलु खन्ने चटारोले यमकान्ती गौतमलाई भ्याईनभ्याई छ । लामो समयदेखि आलु उत्पादन गर्दै आउनुभएकी उहाँ यतिबेला आलु खन्ने र भण्डारण गर्ने कार्यमा व्यस्त हुनुहुन्छ ।
अतिकम विकसित राष्ट्रहरूको पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेर उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ मङ्गलबार राती स्वदेश फर्किनुभएको छ।
आज बिहानदेखि काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । अहिले देशभरकै मौसम बदली भएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
केदारस्यु गाउँपालिका–४, शिक्षादय माविकी छात्रा कोपिला रावललाई अहिले ‘सेनेटरी प्याड’ लिन कुनै अप्ठ्यारो हुँदैन। १० कक्षामा अध्ययनरत १४ वर्षीया रावललाई यसका लागि सूचना केन्द्रले सहयोग गरेको छ। महिनाबारी भएका बेलामा विद्यालयमा नजाने उहाँ अहिले नियमित विद्यालयमा जान थाल्नुभएको छ। “सेनेटरी प्याडका बारेमा केही जानकारी थिएन, च्यातिएको कपडा प्रयोग गथ्र्यौं। अहिले ज्ञान पनि लियौँ, प्रयोग पनि ग-यौँ। निकै सहज भएको छ,” उहाँले भन्नुभयो। उहाँलाई मात्रै होइन, शिक्षादयमा अध्ययनरत अन्य किशोरीलाई सूचना केन्द्र स्थापना भएपछि धेरै फाइदा भएको छ। विद्यालयमा किशोरीमैत्री सूचना केन्द्र स्थापनापछि रावलजस्तै अन्य किशोरी विद्यालयमा सधैँ उपस्थित हुने गरेको शिक्षादय माविका स्वास्थ्य शिक्षक शैलेन्द्रबहादुर सिंहले बताउनुभयो।
एक महिना आठ दिनसम्म होरी पर्व मनाउने राना थारू समुदायमा मङ्गलबारबाट ‘मरी होरी’ सुरु भएको छ। चीर दहनपछि ‘मरी होरी’ सुरु हुने गरेको सो समुदायका अगुवाले बताउने गरेका छन्। यसभन्दा अघि राना समुदायले ‘जिन्दा होरी’ मनाउँदै आएको थियो। जिन्दा होरीका बेला राति होरी नाच नाचेर रमाउने गरेको राना थारू समुदायका बुद्धिजीवी नारायण रानाको भनाइ छ। “चीर दहनपछि मरी होरी सुरु हुन्छ र दिउँसो होरी नाच नाचिन्छ,” उहाँले भन्नुभयो।
सिद्धेश्वर मावि हुक्केडाँडा सरकारीस्तरबाट तीनतारे विद्यालय घोषणा गरिएको छ। बाल उद्यान, खेलमैदान र सरसफाइ स्वच्छताका दृष्टिले विद्यालयको शैक्षिक र भौतिक वातावरण निकैलोभलाग्दो छ। यो विद्यालय सरकारी योजनाले भन्दा पनि फागुलगायतका चाडबाडले यस्तो बनेको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटका अनुसार यो विद्यालयका शिक्षकलाई फागु आएपछि मात्रै तलब खुवाउने गरिएको छ। किनकि फागु खेलेर सहयोग सङ्कलन गरी शिक्षकको तलब सुविधा भुक्तानी गरिन्छ। यो वर्ष फागु खेलेर एक लाख ७५ हजार रुपियाँ सङ्कलन गरिएको छ।
कर्णाली प्रदेश सरकारले शैक्षिक सुधारका लागि थालेका कार्यक्रम अलपत्र परेका छन्। चालू आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक शिक्षा सुधारका लागि प्रदेश सरकारले विभिन्न योजना अघि सारेको थियो तर आर्थिक वर्षको आधा अवधि सकिँदासम्म योजना कार्यान्वयनमा भने उल्लेख्य प्रगति हुन सकेको छैन।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण कोरिडोरअन्तर्गत कुश्मा–बुटवल खण्डको फलेवासमा भइरहेको अवरोध हट्ने भएको छ ।
दैलेखको राकम कर्णाली र अछाम जोड्ने पक्की पुल ठेक्का लागेको १२ वर्षपछि निर्माण थालिएको छ। २०६७ मा ठेक्का सम्झौता भएको पुल निर्माण कार्य १२ वर्षपछि मात्र सुरु भएको हो। २०६७ मा ठेक्का भई २०७१ पुस मसान्तसम्म सम्पन्न गर्ने गरी १३ करोड १३ लाखमा पुल निर्माण गर्ने सम्झौता भएको थियो। सम्झौता भएपछि निर्माण कम्पनीले दैलेख क्षेत्रमा पर्ने पिल्लर मात्र उठाएर बेपत्ता भएको थियो।
कर्णाली प्रदेशमा ठूला उद्योग स्थापना र सञ्चालन हुन सकेका छैनन्। प्रदेशमा काम गर्ने वातावरण र आवश्यक लगानी गर्न नसक्दा उद्योग अलपत्र पर्ने गरेका हुन्। ठूला लगानी भएका उद्योग सञ्चालन गर्न प्रदेशले पनि खासै चासो दिन सकेको छैन। ठूला लगानीका आयोजना सञ्चालनका गर्नका लागि प्रदेशले ठोस योजना बनाउन नसक्दा योजना अलपत्र पर्ने गरेका छन्। निजी लगानीकर्ताले समेत कर्णालीमा काम गर्ने वातावरण नहुँदा चासो देखाएका छैनन्। भौगोलिक विकटता र पूर्वाधारको अभाव हुँदा समस्या हुने गरेको उनीहरूले बताउने गरेका छन्।
बागलुङको निसीखोला गाउँपालिकाले समयमै बीमा रकम भुक्तानी नगर्दा नागरिक स्वास्थ्य बीमा सुविधा लिन वञ्चित छन्। गाउँपालिकाका सबै नागरिकको स्वास्थ्य बीमामा सहभागी गराउने उद्देश्यले बीमा फर्म भरे पनि बीमा रकम भुक्तानी नगर्दा नागरिक अलमलमा परेका हुन्। गाउँपालिकाले पहिलो चरणको ६४ लाख रुपियाँ बीमा रकम भुक्तानी गर्न नसक्दा स्वास्थ्य बीमाको काम अगाडि बढ्न सकेको छैन। गत असारमा सम्पन्न दसौँ गाउँ सभाले पालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको थियो।
घोराही उपमहानगरपालिकाले शैक्षिक सुधार लागि ‘एक वडा, एक नमुना विद्यालय’ कार्यक्रम अघि बढाउन थालेको छ। उपमहानगरको सामाजिक विकास महाशाखाले पालिकाका १९ वटै वडाको शैक्षिक अवस्था सुधार गर्न नमुना विद्यालयका रूपमा अघि बढाउन थालेको हो।