इजरायल सरकारले दोस्रो चरणमा पाँच सय जना नेपालीलाई मात्रै केयर गिभरमा रोजगारी दिने भएको छ । पहिलो चरणमा इजरायल गएकाबाहेक दोस्रो चरणमा एक हजार केयर गिभर लैजान नेपाल सरकारले इजरायल पक्षसँग अनुरोध गरे पनि दोस्रो चरणमा पाँच सय जनाको कोटा इजरायलले पठाएको हो । वैदेशिक रोजगार विभागका अनुसार नेपालले यसअघि छनोटमा नपरेकालाई समेत लैजान गरेको अनुरोध गरेकामा इजरायल पक्षले अस्वीकार गर्दै आएको छ । विभागका निर्देशक एवं इजरायल जापान शाखाका प्रमुुख डम्बरबहादुर सुुनुुवारले अब पहिलो चरणमा छनोट हुन नसकेका युवाले सुरुबाट नै नयाँ प्रक्रिया पूरा गरेर आवेदन दिनुपर्ने बताउनुुभयो ।
नेपालमा पहिलो पटक शल्यक्रिया गरेर हात्तीको छावा (भाले बच्चा) जन्माइएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा रहेको ढोई गण्डकीकलीको शल्यक्रिया गरेर छावा पैदा गराइएको हो । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा रहेको पशु चिकित्सकको टोलीले हात्तीको शल्यक्रिया गरेको प्रजनन केन्द्रका प्रमुख मनिपुरन महतोले जानकारी दिनुभयो । हात्तीको शल्यक्रियामा विदेशी पशु चिकित्सकको पनि सहभागिता थियो । क्यानडाका पशु चिकित्सक डा. निख मास्टर नेपाल भ्रमणमा आउनुभएका बेला यो घटना भएपछि उहाँको समेत सहयोग लिइएको प्रजनन केन्द्रले जनाएको छ । हात्तीको शल्यक्रियामा संलग्न अन्य चिकित्सकमा डा. अमिर सडौला, विकल्प कार्कीलगायत हुनुहुन्थ्यो ।
दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन फागुन २६ र २७ गते काठमाडौंमा आयोजना हुनेभएकोे छ । ‘आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ नाराका साथ सम्मेलन विभिन्न संघ संस्थासँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले आयोजना गर्न लागेको हो ।
अमेरिकाबाट चकलेट तथा बालबालिकाको खेलौना उल्लेख गरी आएको पार्सलमा गाँजा तस्करी हुने गरेको पाइएको छ।
अत्यधिक भीडभाड हुने जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभावका कारण सेवाग्राहीको काम प्रभावित भएको छ । सुरुङगा– ८ का दसन चौधरी वडाको सबै काम सकाएर छोरीको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय धाएको एक साता बितिसक्दा पनि उहाँको काम भएन ।
११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले तीन जना पत्रकार महिलालाई सम्मान गरेको हो।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ हटियास्थित कठायत चोकमा बुधबार बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरले महिला जलवायु परिवर्तनको असरको सिकार बनेको बताउनुभएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत सिरिजका सबै खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यमा रहेको बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने र तटस्थ बस्ने निर्णय गरेको छ।
नेपाली राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जान जोसे डी ब्रान्ट बुधबार नेपाल आउनुभएको छ । नेपाल भलिबल संघले बेल्जियमका जानलाई हालै प्रशिक्षकमा नियुक्त गरेको थियो ।
आगामी चैत ४ गतेदेखि सुरु हुने २२ औं संस्करणको तिलोत्तमा गोल्डकपमा आठ टिम खेल्ने भएका छन्।
धरानमा ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवस भव्य रूपमा मनाइएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राज्यका हरेक प्रतिनिधिमूलक क्षेत्रमा संविधानले नै महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गरेकाले त्यसलाई समुचितरूपमा कार्यान्वयन गरेर व्यवहारमा उतार्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।
महिला सधैँ पछाडि भन्ने समाजको एउटा बिम्ब हुँदैगर्दा पनि गण्डकी प्रदेशबाटै पहिलो पटक अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल हुनुभएको छ । हिमाली जिल्ला म्याग्दीको मङ्गला गाउँपालिका –४ बरंजाकी नबिना बुढाथोकी रेफ्री बन्न सफल हुनुभएको हो ।