• ८ मंसिर २०८१, शनिबार

‘एक वडा, एक नमुना विद्यालय’

blog

घोराही समाचारदाता

घोराही, फागुन २४ गते । घोराही उपमहानगरपालिकाले शैक्षिक सुधार लागि ‘एक वडा, एक नमुना विद्यालय’ कार्यक्रम अघि बढाउन थालेको छ। उपमहानगरको सामाजिक विकास महाशाखाले पालिकाका १९ वटै वडाको शैक्षिक अवस्था सुधार गर्न नमुना विद्यालयका रूपमा अघि बढाउन थालेको हो।

स्थानीय सरकारले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि हरेक वडामा एउटा नमुना विद्यालय बनाउनका लागि विद्यालय छनोट गरी कार्यान्वयनको प्रक्रिया अघि सारेको घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार सामुदायिक विद्यालयको शैक्षिक स्तर तल्लो तहबाट सुधार्दै विद्यार्थीको पनि आकर्षण बढाउन एक वडा, एक नमुना विद्यालय कार्यक्रम अघि सारिएको बताउनुभयो। घोराहीमा ९४ वटा सामुदायिक विद्यालय रहेका छन्। जसमा ५३ वटा प्रावि, १५ वटा आधारभूत र २६ वटा मावि तहका रहेका छन्।