बेलायती कवि एवं चिन्तक म्याथ्यु आर्नोल्डले पत्रकारितावारे सटिक टिप्पणी गरेका छन् । आर्नोल्ड पत्रकारितालाई हतारको साहित्य मान्छन् । समयसीमा अर्थात् ‘डेडलाइन’ का कारण पत्रकारहरूलाई पर्याप्त समय लिएर समाचार तयार गर्ने सुविधा रहँदैन । आर्नोल्डको करिब दुई सय वर्षअघिको यो टिप्पणी पत्रकारिता निम्ति आज पनि सान्दर्भिक देखिन्छ ।
“मैले उसलाई धन्यवाद पनि दिइनँ । के सोचेको होला उसले ?” रमिता एक्लै कोठामा फतफताइ रहेकी थिई । म त्यसैबेला उनको कोठामा पुगेकी थिएँ । मैले सोधेँ, “रमिता, के भयो तिमीलाई यहाँ त कोही पनि देख्दिनँ कोसँग कुरा गरेको ।” मेरो आवाजले ऊ झसङ्ग भई । उसको अनुहार रातोपिरो भयो । “मीरा तिमी पो ! मलाई त कस्तो डर लाग्यो भन्या । के के बोलेँ कुन्नि पत्तै पाइनँ, तिमीले केही सुन्यौ ।” “सबै सुनेँ । कसैले तेरो मन चोरे जस्तो छ नि !” मैले पनि उसको मनको कुरा खोतल्ने प्रयास गरेँ । छ्या ! तिमी पनि भन्दै ऊ लजाइ । रमिता मेरो मिल्ने साथी । प्लस टु साइन्स सँ
जीवनको ओराली उकालीमा ससाना आवृतिले च्वास्स घोच्छ, ढुकढुकी बढ्छ भासिँदै र उक्लिँदै तीव्र आवेगमा
जाडो भो भनेर मजाले टन्टलापुर घाम तापेको पोल्न पो थाल्यो ।
सक्षम छन् नारी, मौका मिले बराबरी नारीको सम्मान गरी, हुँदैन कसैको अपमान । बढ्दै छन् नारी, शिखर चढ्न अघि सरी नारी हुन् सौन्दर्य, सहनशीला धैर्यको पुजारी ।
समाजमा सबैले देखिरहेका कुरा देख्न किताब पढ्नु पर्दैन । अरूले देख्न नसकेका कुरा देख्न र देखाउन वा धेरैले देखेकै कुरामा पनि सिर्जनात्मक मत सञ्चार गर्न साहित्य रचना गर्नु र अध्ययन गर्नु जरुरी छ । परम्परागत समाजबाट आधुनिकतातिर गइरहँदा भत्किँदै गरेको जात व्यवस्थालगायत अर्थ सामाजिक प्रणालीका बहुविध आयाम देखाइएको ‘रूपिका’ उपन्यासमा प्रेमप्रति विश्वास व्यक्त गरिएको छ । यसमा मनोभाव र सामाजिक संरचनाको अन्तव्रिर्mया स्वरूप विकास भइरहेका नयाँ मान्यता तथा तोडिँदै गएका पुराना मूल्य बिचको फरकलाई घटना र पात्रको आलम्बनमा प्रस्तुत गरिएको छ ।
हातको हातै भयो मोबाइल ! चलाउने मौकै परेन । ड्याम्म छोपिएको नाम्चेलाई खिच्छु भनेर कुरेको धेरै भयो । खोइ खुलेको होइन, नाम्चे बजार ! अलिअलि कुइरो पातलिन्छ । फेरि जस्ताको तस्तै । कतिखेर फाट्ला त ? दाउ हेरिरा’छु ।
ललितपुरको एफसी खुमलटार क्लब ‘ए’ डिभिजन लिग खेलेको पहिलो वर्षमै रेलिगेसन (‘बी’ डिभिजनमा घटुवा) मा परेको छ ।
काठमाडौँको खाल्डोमा धुलो र धुवाँको कोलाजभित्र रुमल्लिएका मान्छेका जीवन कुनै न कुनै दौडको यात्रामा छ । ती यात्रा कहा“ र कसरी अन्त्य हुने छ भन्ने हिसाबकिताब गर्न कसलाई फुर्सद छ र ? मान्छेहरू काठमाडौँभित्र कुनै कलाकारको क्यानभासमा पोतिएका अमूर्त रङहरू जस्तै असीमित अर्थ र गहिराइभित्र हराइरहेका छन् ।
ओहो ! कला यस्तो पनि हुँदो रहेछ । होइन, कति धेरै होे कलाकारको ‘प्यासन’ । नेपाली मौलिक थाङ्का/पौभा कलाको अवलोकन गर्न पुग्नुभएकी बुटवलकी रीमा शर्माको आश्चर्यबोधक अभिव्यक्ति गुन्जियो । फोटोमा देखेकोभन्दा त प्रत्यक्ष हेर्नुको स्वाद नै बेग्लै हुने रहेछ । उहाँ पहिलोपल्ट कलामा यसरी रुमल्लिँदै हुनुहुँदो रहेछ । उहाँसँगै रहेका अन्य दिदीबहिनीको पनि अवस्था यस्तै थियो ।
मानव सभ्यताको विकासमा साहित्य र पत्रकारिताको निर्णायक भूमिका रहिआएको छ । संसारका सबै भेगका इतिहासमा पत्रकारिताभन्दा साहित्य जेठो रहेको पाइन्छ । मानव सभ्यताको विकाससँगसँगै विकसित भएर आएका धर्म, संस्कृति, दर्शन आदिले साहित्यकै माध्यमबाट जनमानसमा भिज्ने र फैलिने अवसर पाएका हुन् । शिक्षाको अवसर अत्यन्त सीमित वर्गलाई मात्र उपलब्ध रहेको त्यो युगमा साक्षरताको अवस्था पनि न्यून वा शून्यसरह हुनु स्वाभाविकै थियो । त्यस्तो अवस्थामा पनि लोकसाहित्यको माध्यमबाट जनमानसमा चेतनाको लहर फैलाउने काम साहित्यले नै गरेको थियो ।
पूर्वमा आन्दोलित पहिचानवाद र सरकारबिचमा चर्किरहेको राजनीतिक झगडाले कसैलाई सामान्य कसैलाई असामान्य जस्तो परिदृश्य देखिन्छ । सरकारको डाडुपन्यु लिने व्यक्तिले सामान्य समाजलाई एक स्टेप अगाडि बढेर दबाबमा नराखेको घट्ना संसारमा बिरलै होला । मानवशास्त्रीय सिद्धान्तले पहिचान भनेको मानव उद्विकासको उच्चतम सांस्कृतिक सभ्यता हो । यो आफैँमा पूर्ण शब्दावली हो, हरेक समाजको आफ्नो पहिचान सभ्यता हुन्छ ।
मौसम खुलेका बेला काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लंदै गरेका पर्यटकले खिच्ने फोटोको पहिलो ‘क्लिक’ उत्तरतिर लहरै देखिने हिमालको हुन्छ । भक्तपुरको नगरकोट डाँडामा पुग्ने बाह्य हुन् वा आन्तरिक पर्यटक तिनीहरूले हेर्ने दृश्य भनेकै हिमाल हो । चाहे हवाईजहाज चढेर आएका हुन् वा मोटर चढेर नेपाल भित्रेका सबै पर्यटकले नेपाल आएर हेर्न चाहने पहिलो दृश्य हुन्छ हिमाल । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको नेपाली भू–भागको सबैभन्दा उत्तरमा अविछिन्न रहेको हिमाल नेपालको धेरथो
सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङले जित्नुभएको छ ।
काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआजा दिन बिताउन निकै गाह्रो भइरहेको छ । बुढेसकाल लागेपछि गाह्रो काम गर्न सक्नु हुन्न उहाँ । घरको सामान्य काम गरेर दिन बित्दैन । दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकका घर सुनसान बन्दै गएका छन् ।