विराटनगरमा मदनप्रसाद अर्याललिखित एउटा पुस्तक पाइयो । शीर्षक : ‘ऐतिहासिक विमान अपहरण २८ जेठ २०३० (१० जुन १९७३) । पुस्तकमा आइएसबिएन नम्बर छ । मनमा इतिहास जाग्यो, केन्द्रबिन्दुमा निःसृत घटना मौलाए । पुस्तकमा छ, विराटनगर–काठमाडौँ शानेवानि विमान अपहरण सूत्रपात ! सुराकी को थियो र उसबिना सम्भव थियो थिएन, प्रश्न अहिले गौण भइसके । सेरोफेरोमा यिनै तथ्य खोतलिन्छन् । त्यो बिहानी म र मेरा दौँतरी यिनका माइला दाजु आनन्दलाई भेट्न पुगेका थियौँ । यी पनि टुप्लुक्क आइपुगे, यिनको बोलाउने नाम चुनु । यिनका ठुल्दाजु विनोद । विनोदको अर्कै कथा छ । यी सात सालका बमकाण्डमा
एउटा काग मुखमा मासुको टुक्रो च्यापेर माथि माथि आकाशमा उडिरहेको थियो । एक हुल काग उसको पछि लाग्दै उसलाई खेदिरहेका थिए । काग अरू तीव्र गतिमा उडिरहेको थियो । ऊ धेरै आत्तिइरहेको थियो । परबाट एउटा बाजले उसलाई देखिरहेको थियो । ऊ उडेर कागको नजिक आयो र सोध्यो – किन यसरी आत्तिँदै उडिरहेको ? कागले भन्यो – देखेनौ मेरो प
साहित्य आफैँ पनि मानिसका विचार, भावना र आवेग–संवेगहरूलाई प्रभावकारी ढङ्गमा व्यक्त गर्ने एक माध्यम भएकाले यसलाई आमसञ्चारमाध्यममध्येकै एक मान्न खोजियो भने खासै अन्यथा भइहाल्दैन ।
वैकल्पिक स्याहारको अन्तिम विकल्पका रूपमा बालगृहलाई लिने गरिन्छ। तर, राम्रो शिक्षा पाउने आसमा अभिभावक भएका बालबालिकासमेत बालगृहमा जाने क्रम कर्णालीमा बढ्दो देखिन्छ। सुर्खेतको वीरेन्द्रनगरमा आयोजित छलफलमा सहभागी सरोकारवालाले बालबालिकालाई बालगृह जानबाट रोक्नुपर्नेमा जोड दिएका छन्। स्थानीय सरकारले नै अभिभावक भएका बालबालिकालाई सिफारिस गर्ने, सम्बन्धित संस्थासँग समन्वय गरेर बालगृहमा पठाउने गरेको उनीहरूको भनाइ छ।
थारू समुदायको जनसङ्ख्या बढी भएका बाँकेको कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाले सिकलसेल एनिमियाका बिरामीको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ। स्वास्थ्य कार्यालय बाँकेले सिकलसेलका बिरामीको खोजी गरेर कार्ड वितरणसँंगै रोगबारे परामर्श दिने उद्देश्यले जिल्लाका विभिन्न पालिकामा रगत जाँच र रिपोर्ट सार्वजनिक गर्ने अभियान सञ्चालन गरिरहेको छ।
थारू समुदायको ऐतिहासिक र पुरानो धार्मिक परम्पराका रूपमा रहेको झारफुक गर्ने तथा धामीझाँक्री गर्ने संस्कृति संरक्षण गर्ने उद्देश्यले रुपन्देहीमा गुरौ (लामा) सम्मेलन सम्पन्न भएको छ। थारू समुदायमा झारफुक गर्ने तथा धामीझाँक्री गर्ने गुरुलाई गुरौ भनिन्छ। समय परिवर्तन हुँदै गर्दा गुरौ प्रथा पनि हराउँदै गएको भन्दै संरक्षण गर्न सम्मेलन गरिएको हो। थारू कल्याणकारी सभा
मुस्ताङको जिल्लाको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिरमा चढाइएको भेटी भारतीय रुपियाँ नै धेरै भेटिएको छ। पछिल्लो पाँच महिनाको अवधिमा भक्तजनले दानपेटीकामा चढाएको भेटीमध्ये १० लाख ४५ हजार रुपियाँ पाइएको छ। मुक्तिनाथ विकास समितिका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी अनुप केसीले मुक्तिनाथ मन्दिर परिसरमा रहेको दानपेटीकामा जम्मा भएको रकम गणना गर्ने क्रममा भारतीय मुद्रा पाइएको बताउनुभयो। मन्दिर परिसरमा रहेका पाँच वटा दानपेटीकामा कुल २७ लाख ८५ हजार नेपाली रुपियाँ भेटी सङ्कलन भएको हो। मुक्तिनाथ मन्दिरका सदस्यसचिव सरस्वती थापाले दानपेटीका खोलेर गणना गर्दा मन्दिरमा ११ लाख १२
कोशी राजमार्ग अन्तर्गत धनकुटाको हिले–कुवापानी सडक भत्किएको तीन वर्षभन्दा बढी भयो। सडक बनाउन ठेक्का लागेको नै दुई वर्ष भयो तर अझै सडक बन्न सकेको छैन। सो सडकखण्ड अन्तर्गतको ५४५ मिटर ६४ लाख ९६ हजार रुपियाँमा २०७७ सालको चैत महिनामा ठेक्का लागेको थियो। समयमै सडक निर्माण नभएपछि २०७८ पुस महिनामा पुनः म्याद थप गरिएको सडक कार्यालय धनकुटाले जनाएको छ। थपिएको म्याद अनुसार पनि सडक गत पुस महिनामै सक्नुपर्ने थियो। अहिलेसम्म ३५ प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालय धनकुटाका इन्जिनियर सुशान्त
लहानस्थित प्रादेशिक अस्पतालको प्रवेशद्वारमा फेला परेकी बेवारिसे नवजात शिशु बालिकाको अस्पतालका नर्स विमला थापा र निर्मला साहले हेरचाह गर्दै आइरहनुभएको छ।
पर्यटन क्षेत्र सम्बद्ध सङ्घ संस्थाले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा व्यवस्था गरेको कर र भ्याट हटाउन सरकारसँग माग गरेका छन् । पर्यटनसँग सम्बन्धित १५ वटा संस्थाले शुक्रबार पत्रकार सम्मेलन गर्दै पाँच तारे होटलमा लगाएको विलासिता कर, विदेश घुम्न जाने नेपालीलाई लगाएको वैदेशिक पर्यटन शुल्क र हवाई टिकटमा लगाएको मूल्य अभिवृद्धि कर खारेज गर्न माग गरेका हुन् ।
दोलखाको सदरमुकाम चरीकोटस्थित भीमेश्वर नगरपालिका हिमाली पहाडी भेगकै धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाले भरिएको आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्यका रूपमा रहेको छ। यसको ऐतिहासिक महत्व त छँदै छ, सगरमाथा र चीनको तिब्बत प्रवेशद्वारका रूपमा पनि रहेको छ। एक वर्षमा भएगरेका कामबारे गोरखापत्रका बाबुराम शर्माले नगर प्रमुख ईश्वरनारायण मानन्धरसँग गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
बागमती प्रदेशका १३ जिल्लाबाट आएका युवाले संसद्को झझल्को दिने गरी संसदीय अभ्यास गरेका छन्। संसद् गठन, समिति निर्माणसँगै सरकार निर्माण गरी संसद्मा सरकारको बजेट पेस गर्नेदेखि विधेयक पेस गर्नेसम्मको अभ्यास चार दिनसम्म हेटौँडामा चलेको संसद्मा युवा सांसदहरूले गरेका थिए।
प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्ट) जनस्वास्थ्यको विश्वव्यापी समस्या रहेको विज्ञहरूले औँल्याएका छन्। युएसएआइडीको आयोजनामा शुक्रबार चितवनको भरतपुरमा आयोजित प्रतिजैविक प्रतिरोधसम्बन्धी अन्तर्क्रियामा युएसएआइडीका वरिष्ठ मेडिकल कन्सल्टेन्ट डा. सन्तोष दुलालले पछिल्लो समय एन्टिमाइक्रोबियल रेसिस्टेन्ट (एएमआर) विश्वव्यापी स्वास्थ्य समस्या मात्र नभएर साइलेन्ट महामारीकै रूपमा रहेको बताउनुभयो।
भरतपुर महानगरपालिकाले दुग्ध कृषकहरूलाई छ करोड १२ लाख रुपियाँ अनुदान हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०७९/८० मा कृषकले सहकारीमार्फत बिक्री गरेको प्रतिलिटर तीन रुपियाँका दरले हुन आउने छ करोड १२ लाख रुपियाँ अनुदान हस्तान्तरण गरेको हो । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्र
नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीको साधारण सभाले सम्पन्न भएको छ। सभाले यस वर्षको नूर–गङ्गा प्रतिभा पुरस्कारको निर्णय पनि गरेको छ। हालै काठमाडौँमा आयोजित कार्यक्रममा गुठीले ‘नूर–गङ्गा राष्ट्रिय बालसाहित्य पुरस्कार’ साहित्यकारहरू गेहेन्द्रमान उदास पोखरेली (पोखरा) र कन्हैया नासननी (काठमाडौँ) लाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको छ। उक्त पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ।