कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि ऐनको बारेमा छलफल गर्नुभएको छ । उहाँले शुक्रबार कृषि मन्त्रालयमा सचिव, कृषि विभाग, पशु सेवा विभाग, खाद्य तथा गुणनियन्त्रण विभागका महानिर्देशकलगायत अन्य सरोकारवालालाई राखेर छलफल गर्नुभएको छ । संसद्मा पठाउनका लागि तयारी अवस्थामा रहेको सो ऐनको बारेमा मन्त्री भुसालले थप छलफल गराउनुभएको हो । भुसाल मन्त्रीमा आउनुअघि नै कृषि ऐनको मस्यौदा तयार भइसकेको थियो । स्थानीय तह, प्रदेश तथा अन्य मन्त्रालयसँगको राय
सुनचाँदी व्यवसायीले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनमा बढाइएको भन्सार शुल्क पुनरवलोकन गर्न माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घले शुक्रबार राजधानीमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर बजेटमार्फत बढाइएको भन्सार शुल्क पुनरवलोकन गर्नुपर्ने बताएका हुन् । महासङ्घले सुनचाँदीका गरगहनामा लगाएको दुई प्रतिशत विलासिता कर, बजेमार्फत बढाएको १५ प्रतिशत भन्सार शुल्क पुनरवलोकन गर्न माग गरेको छ । यस्तै नेपालबाट विदेश लिएर गएको गहना समय सीमा नतोकी निर्वाध रूपमा फिर्ता ल्याउन पाइने व्यवस्था गर्नुपर्ने व्यवसायीको माग रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् विकासबाट नेपालसँगै छिमेकी मुलुक भारत तथा बङ्गलादेश पनि लाभान्वित हुने बताउनुभएको छ । विश्व बैङ्क दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरसँग प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले जलविद्युत् उत्पादन वृद्धि हुँदा हरित र स्वच्छ ऊर्जाको विकासबाट जलवायु परिवर्तनका असर न्यूनीकरण भई क्षेत्रीय तथा विश्वका सबै जनताले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ पाउने बताउनुभयो ।
बाह्य क्षेत्रको दबाबले विगत डेढ वर्षयता चापमा परेको अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को १० महिना (वैशाख) सम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले मुद्रास्फीति, विपे्रषण, चालु खाता तथा शोधनान्तर स्थितिमा सुधार आएको उल्लेख गरेको हो ।
परराष्ट्रमन्त्री एनपी साउदले हचुवाको भरमा टिप्पणी गर्दा देशको विदेश सम्बन्धमा आँच आउने बताउनुभएको छ। उहाँले छिमेकी मित्रराष्ट्रको विषयमा हल्का टिप्पणी गर्दा सन्तुलन बिग्रने भएकाले त्यसतर्फ सतर्क हुनुपर्ने बताउनुभयो।
जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. १३ बस्ने दुई बालकको खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर निधन भएको छ ।
नेपालमा वायु प्रदूषण बढ्दै गइरहेकाले स्कुल तहबाटै विद्यार्थीलाई प्रदूषण रोकथामका लागि सीप सिकाउनु पर्ने अमेरिकी अध्येताले बताउनुभएको छ । सो अध्ययनमा स्वास्थ्य कक्षाहरूमा वायु गुणस्तर पाठहरू समेत पढाउनु उपयुक्त हुने उहाँको सुझाव छ ।
झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशाला सङ्घीय सरकारले ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
चीनको विद्युतीय सवारी साधन (एनईभी) को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको ‘चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स’ को तथ्याङ्कले देखाएको छ।
सप्तरीको रुपनी गाउँपालिकाको ३९ जना किसानलाई वर्गीकरणसहितको किसान परिचयपत्र वितरण गरिएको छ । किसान परिचयपत्र वितरण गर्ने जिल्लाकै रुपनी पहिलो पालिका बनेको छ ।
धनुषाको मिथिला नगरपालिका –२ नट्टाझिजमा गर्मीको प्रवाह नगरी गोरु र हलोको सहारामा शुक्रबार उखुबारी गोडमेल गर्दै किसान । तस्बिर: चन्दन ठाकुर/रासस
आर्थिक वर्षको अन्तिममा अन्य पालिकामा धमाधम निर्माणका काम भइरहे पनि सर्लाहीको हरिपूर्वा नगरपालिकामा भने दुई महिनादेखिको तालाबन्दी अझै खुल्न सकेको छैन ।
काठमाडौं महानगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीलाई हुम्लाको रैथाने बालीबारे प्रशिक्षण दिइएको छ।
हाडजोर्नी दुख्ने हड्डी सम्बन्धी बिरामीका लागि पहिलो पटक सञ्चालन भएको अकुपन्चर विधिबाट उपचार गराउन बिरामीको आकर्षण बढेको छ । बिहीबारबाट सुरु भएको एकीकृत स्वास्थ्य शिविरमा बिरामीको अकुपन्चर सेवा सुरु भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समिति बैठकले महामन्त्री धवलशमशेर राणा नेतृत्वको कार्ययोजना परिमार्जनसहित पारित गरेको छ।