दाङको तुलसीपुर उपमहानगरपालिका–११ मोतीपुरका राजेश डाँगी टन्टलापुर घामको प्रवाह नगरी आफ्नो खेतबारीमा पुग्नुहुन्छ । उहाँलाई गमीले गर्दा निस्केको पसिनाको कुनै प्रवाह छैन । पसिना पुछ्दै बारीमा पुग्दा पनि उहाँमा उत्साह छैन ।
अर्थमन्त्री डा.प्रकाशशरण्मा महतले नेपालको बीमा क्षेत्रलाई थप प्रभावकारी बनाउन नियामक निकाय र बीमा बजारका खेलाडीहरूको संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।
दैनिक सयौँ बिरामीहरूलाई उपचार सेवा पुर्याउँदै आएको भेरी अस्पताल नेपालगञ्जले न्यूनतम सेवा मापदण्डमा लगातार तेस्रो वर्ष उत्कृष्ट नम्बर ल्याउन सफल भएको छ ।
नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशलाई नमुना सुरक्षित प्रदेश बनाउने उद्देश्यले सुरक्षित कर्णाली विशेष अभियानलाई अगाडी बढाइएको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको नभई नयाँ ढङ्गले व्यवस्थापन गर्न खोजिएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध जनाएको छ । एमालेले पार्टीका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभाका संसदीय दलका उपनेता राम रानामाथि बिहीबार इलाममा आक्रमण भएको घटनालाई लिएर विरोध जनाएको हो ।
सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध दर्ता भएको रिटमाथि सुनुवाइ जारी रहेको छ । आज सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ जारी रहेको हो ।
भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगाबारे देशभर चर्चा छ । तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालको भनाइ छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
नेपालगन्ज–गुलरिया सडक विस्तारको काम द्रुतगतिमा अघि बढेपछि स्थानीयवासी उत्साहित भएका छन् । हुलाकी सडकअन्तर्गत अहिले बाँकेको जानकी र खजुरा गाउँपालिका क्षेत्रमा नाली निर्माण र ग्राभेल गर्ने काम भइरहेको छ ।
हामीलाई थाहै छ, संसारका विभिन्न मुलुकले आफ्नो सजिलोका लागि विभिन्न किसिमका पात्रोको प्रयोग गर्ने गरेका छन् । जस्तै ईस्वी संवत्को पात्रो । विक्रम संवत्को पात्रो आदि । हरेक साल सकिएर अर्को सालको सुरुवातको दिनलाई हामी नयाँ वर्षका रूपमा मनाउँछौँ । सरकारीस्तरमै विक्रम संवत्को पात्रो चलाउने गरिएको हुँदा नेपालमा वैशाख १ गते नयाँ वर्ष मनाइन्छ । हामीले पनि २०७९ लाई बिदाइ गर्दै २०८० सालको नयाँ वर्ष भर्खरै मनायौँ । खासगरी यो दिन भनेको आफूले वर्षभरि गरेका महìवपूर्ण काम सम्झिने र कु
बैतडीका वनमा क्यान्सर जस्तो प्राणघातक रोग निको पार्ने औषधीय गुण भएको लौठसल्ला संरक्षण गरिएको छ। लौठसल्लाको पातबाट क्यान्सर रोग निको पार्ने ‘ट्याक्सोल’ नामको रासायनिक तत्व बन्ने गरेको बताइन्छ। सङ्घ र प्रदेश सरकारको अगुवाइमा लौठसल्ला संरक्षण गर्न जडीबुटीको प्राकृतिक व्यवस्थापन संरक्षण कार्यक्रम लागु भएको छ। डिभिजन वन कार्यालय बैतडीले चालु आर्थिक वर्षभित्र लौठसल्ला संरक्षण गर्न १० लाख रुपियाँ खर्च गर्ने भएको छ।
आफैँ बिरामी जस्तो अवस्थामा रहेको सेती अञ्चल अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका रूपमा विकास गरेपछि यस अस्पतालको मुहार फेरिएको छ। सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका जनताको स्वास्थ्य उपचारसँग जोडिएको सेती प्रादेशिक अस्पतालले हरेक वर्ष सेवासुविधा बढाएसँगै उपचारमा आउने बिरामीको सङ्ख्यासमेत बढ्दै गएको छ।