एएफसी महिला यू–२० एसिया कप छनोट खेलमा नेपालले चीनसँग फराकिलो हार खेपेको छ । म्यानमारमा जारी छनोट खेलमा नेपाल बिहीबार चीनसँय ५–० गोलले पराजित भयो ।
नेपाली कांग्रेसको प्रतिनिधि सभा सचेतकमा प्रतिनिधि सभा सदस्य सुशीला थिङ मनोनीत हुनुभएको छ ।
उपसभामुख इन्दिरा रानाले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्दावली संसद्को अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ।
चार जना सवार भएको ट्युनिसियाली सेनाको हेलिकोप्टर बेपत्ता भएको छ । राडार स्क्रिनबाट हराएको केही घण्टापछि दुर्घटना भएको आशङ्का गरिएको पनि रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।
एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्र मोटरबाटोले जोडिएका थिएनन् । बजारबाट सामान ओसारपसार गर्न घोडा, खच्चड र भरियाको प्रयोग गरिन्थ्यो । टाढाको यात्रा पनि हिँडेरै पार गर्नुपर्ने बाध्यता थियो ।
काठमाडौं महानगरपालिकाले आधारभूत तह कक्षा ८ सम्मको दैनिक कार्यतालिका पठाउन आग्रह गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालका बुवा जगन्नाथ भुसालको निधनमा समवेदना व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो ‘ग्रेटर नेपाल’ जारी गरी हक खोज्नुपर्ने बताउनुभएको छ ।
काठमाडौंबाट देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम दूरीका माईक्रोबस नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव २७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३९ दशमलव ६१ मा पुगेको छ ।
नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ।
निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे शुक्रबार सर्वदलीय छलफल गर्ने भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटवहादुर साउदले समाजको सकारात्मक विकासमा युवाहरूको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ ।
राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसदहरूले भारतले अखण्ड भारत भन्ने नक्सामा नेपालको कपिलवस्तु, तिलौराकोटलगायत भूमि समेटेर सार्वजनिक गरेको जनाउँदै कूटनीतिक ‘नोर्ट’ मार्फत भारतसँग स्पष्ट जवाफ माग गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
दाङमा बालबालिकाहरूलाई दादुरा-रुवेला रोग विरुद्धको खोप अभियान सुरु भएको छ । ६ महिना भन्दामाथि र १५ वर्षमुनिका बालबालिकाहरूलाई लक्षित गरेर आजदेखि खोप अभियान सुरु भएको हो ।