एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन एकल अग्रता लिनुभएको छ ।
केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्ष्य गरी ह्याकरहरूले विदेशी टिकट इस्यु गरेको पाइएपछि नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ ।
सरकारीस्तरमा भारत र मलेसियाबीचको कूटनीतिक सुमधुर कूटनीतिक सम्बन्ध जनस्तरमा पनि सुदृढ भएको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीलाई प्रोत्साहित गरेर एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाउनुभएको छ।
चीनले समुद्र र महासागर जापानका निजी ढल नभई मानवजातिको साझा सम्पत्ति हुन् भन्दै आणविक केन्द्रको प्रदूषित पानी समुद्रमा विसर्जन गर्नु टोकियोको ‘अत्यधिक स्वार्थी र गैरजिम्मेवारपूर्ण काम’ भएको टिप्पणी गरेको छ ।
उद्योगी व्यवसायीको व्यापक दबाबपछि सीमापारी बजार गर्न जाने उपभोक्ताका लागि भन्सार नाकामा कडाइ गर्न थालिएको छ ।
हुम्लाको सदरमुकाम सिमकोटमा तीन वर्षपछि वृहत् एकीकृत स्वास्थ्य शिविर सञ्चालनमा आएको छ । २०७६ सालमा सुरु भएको कोरोनापछि सो वृहत् एकीकृत स्वास्थ्य शिविर बिहीबारबाट सुरु भएको हो ।
गौर हत्याकाण्डसम्बन्धी मुद्दा सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । बिहीबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा परेको उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।
कृषि मजदुर अभाव भएपछि आधुनिक कृषि औजारहरू प्रयोग गर्दा किसानहरूलाई राहत मिल्ने गरेको छ । यस्ता भाडा पाइने कृषि औजार तथा उपकरणको मूल्य नतोकिँदा र अनुगमन नहुँदा भने किसानहरूले जति भन्यो त्यति पैसा तिर्न बाध्य पनि छन् ।
गुल्मीमा सरकारी विद्यालयमा कार्यरत कर्मचारीले शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा धर्ना दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाईमा सामुदायिक विद्यालयमा कार्यरत लेखा शाखा र विद्यालय सहयोगीको रूपमा कार्यरत कर्मचारीको सेवा, सुविधासहित पेसागत स्थायित्वको माग गर्दै धर्ना दिएका हुन् ।
झन्डै १ दशकदेखि सङ्गीत क्षेत्रमा म्युजिक भिडियो सम्पादनमा लाग्नुभएका मिलन विश्वकर्मा यतिबेला कलाकारको पहिलो रोजाई बन्नुभएको छ । उहाँले सम्पादन गर्नुभएका अधिकांश गीत सङ्गीत करोड क्लबमा प्रवेश गर्न सफल भएका छन् ।
कर्णाली प्रदेशमा फलफूल खेतीलाई व्यावसायिकीकरण गर्न नाफा परियोजना लागू गरिएको छ । पहाडी र हिमाली क्षेत्रमा फलफूल खेतीलाई व्यावसायिकीकरण गर्न बाँझो जमिनको उपयोग गरी फलफूल बगैँचा विस्तार गरिने प्रदेश कृषिमन्त्री भीमप्रकाश शर्माले बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा टेबुल भएको छ । बिहीबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रम सभामा टेबुल गर्नुभएको हो ।
ठेउला (चिकन पक्स) को सङ्क्रमण फैलिएको वालिङ नगरपालिका १२ कोखेको विद्यालय बन्द गरिएको छ । सङ्क्रमण समुदायमा फैलन नदिनका लागि एक हप्ताका लागि विद्यालय बन्द गरिएको र भेटघाटमा समेत कडाइ गरिएको वालिङ नगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरपालिका वडा नं. ३२ कोटेश्वरको ढुङ्गेधारासँगै रहेको पानी ट्याङ्की हटाइएको छ ।