काठमाडौं, जेठ २५ गते। काठमाडौं महानगरपालिकाले आधारभूत तह कक्षा ८ सम्मको दैनिक कार्यतालिका पठाउन आग्रह गरेको छ।
शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले बिहीबार विज्ञप्ति जारी गर्दै आधारभूत तहमा स्थानीय पाठ्यक्रमका रूपमा नेपालभाषा विषय अध्यापन गराउनुपर्ने प्रावधान रहेको कुरा पुनः स्मरण गराएको छ।
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को प्रावधान अनुरूप अनिवार्य पठनपाठन गर्न गराउन आग्रह गर्दै महानगरका सबै विद्यालयले नेपालभाषा अध्यापन गर्ने शिक्षकको नामनामेसी र दैनिक कार्यतालिका पठाउन महानगरले आग्रह गरेको छ ।