• २३ वैशाख २०८१, आइतबार

नेपालले पनि ‘ग्रेटर नेपाल’ को नक्सा जारी गर्नुपर्छ : महामन्त्री थापा

blog

नेपाली कांग्रेसका महामन्त्री गगन थापा । फाइल तस्बिर

मोरङ, जेठ २५ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो ‘ग्रेटर नेपाल’ जारी गरी हक खोज्नुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपाले पनि ग्रेटर नेपालको नक्सा जारी गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा उहाँले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि नेपालको अधिकार भएको र कसैले खोसेर लैजान नसक्ने स्पष्ट पार्नुभयो ।

उहाँले कांग्रेस पार्टीभित्र परिवर्तनको चाहना अभिव्यक्त गर्ने मुख्य थलो आगामी भदौमा हुन लागेको नीति अधिवेशन हुने बताउनुभयो । उहाँले नीति महाधिवेशनले पार्टीका केही निर्णयबारेमा पुनः विचार गर्न र पार्टीलाई ठीक ठाउँमा उभ्याउने दूरगामी निर्णय लिनेमा विश्वास व्यक्त गर्नुभयो ।

उहाँले वर्तमान सरकारलाई जनतामा अनुभूति हुने गरी काम गर्न सुझाव दिनुभयो । महामन्त्री थापाले कांग्रेसले वर्तमान गठबन्धन सरकार बदल्ने सम्बन्धमा कुनै विकल्प नसोचेको समेत प्रष्ट पार्नुभयो । रासस