चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ ।
आगामी आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा अपाङ्गता भएका नागरिकलाई अपमानित गर्ने शब्द प्रयोग भएको भन्दै हटाउन माग गरिएको छ ।
निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरूको मतदाता नामावली सङ्कलन गर्ने भएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले केही दिन अघि जारी गरेको राष्ट्रिय जनगणना २०७८ को जाति, भाषा र धर्मसम्बन्धी अन्तिम नतिजाप्रति आदिवासी जनजातिजन्य सङ्घ संस्थाका प्रतिनिधिले आपत्ति जनाएका छन् ।
हवाई टिकट बिक्रीमा ह्याकरको अनधिकृत प्रवेश भएपछि यस्ता घटनाबाट जोगिन सम्बन्धित सेवा प्रवाह गर्ने निकायलाई सचेत गराउन थालिएको छ ।
शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ ।
स्याङ्जाको फेदीखोला गाउँपालिकाले प्लास्टिक प्रदूषण नियन्त्रण गर्न विद्यार्थी पुरस्कार योजना ल्याएको छ । प्लास्टिकजन्य फोहरले वातावरण नराम्रोसँग प्रदूषण गरेको निष्कर्ष निकाल्दै पालिकाले यस्तो योजना ल्याएको जनाएको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले कोशी प्रदेशमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका एमाले नेताहरूमाथि हमलाको निरन्तर प्रयास भइरहँदा पनि सरकार मूकदर्शक बनिरहेको आरोप लगाएको छ ।
काठमाडौँ, जेठ २६ गते । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा तराई मधेसमा अति गर्मीका कारण लुको खतरा देखिएकाले स्वास्थ्य उपचारमा सजगकता अपनाउन माग गरिएको छ । बैठकमा सांसद रञ्जुकुमारी झाले गर्मीका कारण तराई मधेसका नागरिकको जीवन कष्टकर भएको जनाउँदै अस्पतालमा उचित जनशक्ति, उपकरण र सेवाको सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सो समयमा सांसदहरुले ‘लम्कीस्किन’ रोगबाट पशु चौपाया मर्न थालेको, मेलम्ची खानेपानी आयोजनाको मर्मत नभएको, सडक खाल्टाखुल्टी परेको तथा खानेपानी, शिक्षा र खानेपानीको प्रबन्ध नगरिएको र विद्यालय कर्मचारीको सुविधा वृद्धि गर्ने तर्फ ध्यान नपुगेकामा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।शून्य समयमा सांसदहरु विमला सुवेदी, भानुभक्त जोशी, भीमप्रसाद आचार्य, मनबहादुर गुरुङ, मनिष झा, महेन्द्रबहादुर शाही, महेश बर्तौला, महेश बस्नेत, माधव सापकोटा, मीना यादव, मीना तामाङ,मञ्जु शर्मा अन्सारी, रघुजी पन्त, रणकुमारी बलम्पाकी मगर, रणेन्द्र बराली, रमा कोइराला पौड्याल, राजु थापा, राजेन्द्रकुमार केसी, राजेन्द्रकुमार राई, रामकुमार राई, रामनाथ अधिकारी, रामशङ्कर यादव, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा जोशी चौधरी, लक्ष्मी तिवारी, लालप्रसाद साँवा लिम्बू, लीलानाथ श्रेष्ठ, लेखनाथ दाहाललगायतले भाग लिनुभएको थियो । रासस
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्योपचार सेवालाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ ।
करिब दुई वर्षदेखि अलपत्र परेको खजुरा गाउँपालिकाको परस्पुर–गौघाट सडकखण्ड अन्तर्गत किरण नालाको पुल निर्माणको काम तीव्र गतिमा सुरु भएको छ ।
बजेटमाथिको सामान्य छलफल सम्पन्न भएपछि राष्ट्रिय सभाको आजैको दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै छ ।
मुकुन्द सुवेदीबर्दिया, जेठ २६ गते । बर्दियाको ठाकुरबाबा मन्दिर परिसरमा महाआरती हुने भएको छ । धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको ठाकुरबाबा मन्दिरमा आजबाट हरेक शुक्रबार सन्ध्या महाआरती हुने भएको हो ।नाट्टा बाँके च्याप्टर, नेपालगञ्जको आयोजना, ठाकुरबाबा मन्दिर व्यवस्थापन तथा विकास समितिको सहकार्य र ठाकुरबाबा नगरपालिका प्रवर्द्धक रहने गरी महा आरती आजबाट सुरु हुन लागेको हो ।ठाकुरबाबा नगरपालिका पर्यटकीय क्षेत्र भएकाले पर्यटन प्रवर्द्धन विकास टेवा पुग्ने उद्देश्यका साथ नगरपालिकाले महाआरती सुरुवात गर्न लागेको ठाकुरबाबा नगरपालिका नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो । धार्मिक उद्देश्यले मात्र नभई पर्यटकीय हिसाबले पनि यो महाआरती महत्त्वपूर्ण हुने नगर प्रमुख लम्सालको भनाइ छ पश्चिम क्षेत्रकै महत्त्वपूर्ण गन्तव्यको रूपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको ठाकुरबाबा मन्दिरमा महाआरती हुँदा पर्यटकीय गतिविधि बढ्ने भन्दै निकुञ्ज क्षेत्रका स्थानीयहरू खुसी छन्। स्थानीय होटल सञ्चालक रामजी थापाले महाआरतीले आफूहरूको पर्यटन व्यवसायमा थप सघाउ पुग्ने बताउनुभयो । हरेक शुक्रबार बेलुका सन्ध्या महाआरती हुने भएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सहभागिताका लागि नगरप्रमुख लम्सालले अनुरोध गर्नुभयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलेजिष्ट ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (शुक्रबार) काठमाडौं प्रयोगशालामा कार्यरत (अधिकृत छैटौं तह) लेखानाथ भट्टराईलाई पक्राउ गरेको हो ।
बाजुराको गौमुल गाउँपालिकाको तुसारी गाड आगरमा पुल बनेपछि स्थानीलाई आवतजावत गर्न सहज भएको छ ।