• २ जेठ २०८२, शुक्रबार

राप्रपा महामन्त्री राणाद्वारा प्रस्तुत कार्ययोजना पारित

blog

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समिति बैठक ।

काठमाडौं, जेठ २६ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समिति बैठकले महामन्त्री धवलशमशेर राणा नेतृत्वको कार्ययोजना परिमार्जनसहित पारित गरेको छ। 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबारको बैठकमा निष्क्रिय, प्रभावहीन र अत्यन्तै विवादास्पद केही जिल्ला कार्य समितिलाई विधान बमोजिम विघटन गर्ने निर्णय गरिएको बताउनुभयो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “केन्द्रीय नेतालाई भूगोल केन्द्रित जिम्मेवार तोक्ने काम सात दिनभित्र सम्पन्न गर्ने निर्णय गरेका छौँ। हाम्रो मान्यता, मुद्दा स्थापित गर्न जनजीविकासँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गर्न शान्तिपूर्ण नागरिक आन्दोलन अगाडि बढाउने त्यसको कार्ययोजना बनाउन महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा कार्यदल बनाएका थियौँ। उहाँले पेस गर्नुभएको कार्ययोजना परिमार्जनसहित पारित गरेका छौँ।”

उहाँले बैठकमा नेपालमा जुन प्रकारको आर्थिक सङ्कटको अवस्थामा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट छ। यसले चुनौतीको सामना गर्न नसक्ने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो।