• १३ असोज २०८१, आइतबार

डोमालाल रङ्गशालालाई ५० लाख बजेट

blog

लिलाराज खड्का

बिर्तामोड, जेठ २६ गते । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशाला सङ्घीय सरकारले ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । नेपालकै प्रतिष्ठित र सबैभन्दा बढी दर्शकको उपस्थितिमा झापा गोल्डकप सञ्चालन हुँदैआएको सो रङ्गशालाको स्तरोन्नतिका लागि सङ्घीय सरकारले सो बजेट विनियोजन गरेको हो । 

झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतका अनुसार सङ्घीय सरकारबाट विनियोजन गरिएको सो बजेटबाट रङ्गशालाको स्तरोन्नति गरिनेछ । सरकारले हालसम्म बजेट उपलब्ध नगराउँदा निजी स्रोतबाट मैदानको स्तरोन्नति हुँदैआएको थियो । 

सङ्घीय सरकारको ५० लाख रुपियाँले मैदान मर्मत, घेरबरा र अन्य काम गरिने अध्यक्ष बस्नेतले बताउनुभयो । सो रङ्गशालामा झापा गोल्डकपलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैआएका छन् । झापा गोल्डकपको छैटौँ संस्करण यही फागुन महिनामा आयोजना हुँदैछ ।