गुल्मीका अन्तर्राष्ट्रिय म्याराथन धावक नारायण श्रेष्ठ गृहजिल्लामा सम्मानित हुनुभएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–३, हाडहाडे निवासी ३० बर्षीय श्रेष्ठले भारतीय सेनाको लाहुरे भन्दा म्याराथनमा प्रगति गर्नुभएको छ ।
प्रदेश १ को उद्योग, पर्यटन तथा वातावरण समितिले ताप्लेजुङस्थित फुङफुङ्गे झरनाको अवलोकन गरेको छ । प्रदेशसभा सदस्य तथा समिति सभापति सीता थेबे नेतृत्वको टोलीले झरना भ्रमण र अवलोकन गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले हाम्रो मौलिक कलाको खोज र अनुसन्धान गर्ने दायित्व पाएको बताउनुभएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राजनीतिभन्दा माथि उठेर महानगरको विकासमा आफ्नो ध्यान केन्द्रीत गर्ने बताउनुभएको छ । पाँच दलीय गठबन्धन पक्षधर चितवनका पेशाकर्मीले सोमबार आयोजना गरेको वधाइ कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
फ्रेन्च ओपन टेनिसको उपाधि स्पेनिस स्टार राफेल नाडालले जित्नुभएको छ । विश्व वरीयताको पाँचौं स्थानमा रहनुभएका नाडालले फाइनलमा आठौं वरियताका नर्वेका खेलाडी कास्पेर रुडलाई ३–० को सोझो सेटमा हराउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ९९० जनाको पीसीआर परीक्षण गर्दा सातजनामा सङ्क्रमण पुष्टि भएको हो ।
कप्तान लियोनल मेस्सी एक्लैले पाँच गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इस्टोनियालाई ५–० गोलले हराएको छ ।
आइसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको तेस्रो खेलमा नेपाल विजयी भएको छ । मलेसियामा जारी छनोट खेलमा सोमबार नेपालले भुटानलाई चार विकेटले हरायो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले बलात्कार तथा यौनजन्य हिंसाको घटनामा उजुरी दिने हदम्याद अध्ययनबिना तत्काल हटाउन नसकिने बताउनुभएको छ ।
सर्केगार्ड गाउँपालिका –७ को रोडिकोट गाउँको धान रोप्ने खेतमा तिब्बती भाषाको शिलापत्र भेटिएको छ । खेत किनारको भत्किएको ढुुङ्गाको पर्खालमा सो शिलापत्र भेटिएको हो ।
वर्षाको समयमा ढल र नाला थुनिएर नेपालगञ्ज जलमग्न हुने देखिएपछि यस पटक यहाँ वर्षा शुरु हुनुभन्दा अगावै ढल र नालाको सरसफाइ गर्न थालिएको छ । ढल र नालामा फोहर थुप्रिएर पानीको निकास नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेकाले केही ठाउँमा दैनिक ज्यालादारीमा जनशक्ति परिचालन गरेर जेसिभीमार्फत सरसफाइको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।
रुकुम पश्चिमका ६ वटै स्थानीय तहका कार्यपालिकाले पूर्णता पाएको छ । पछिल्लो पटक मुसीकोट नगर कार्यपालिकाले पूर्णता पाएसँगै जिल्लाका सबै स्थानीय तहको कार्यपालिका पूर्णता पाएका हुन् ।
प्रतिनिधि सभाबाट फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ ।
प्रतिनिधि सभा बैठकबाट यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ ।
नेकपा (एमाले)का सांसद गंगा चौधरी सत्गौवाले बलात्कार मुद्दामा हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्ने बताउनुभएको छ ।