बाँकेको खजुरा गाउँपालिकामा स्थानीय सरकारद्वारा गठन गरिएको खजुरा प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको ‘खजुराको बृहत् इतिहास’ नामक पुस्तकको लोकार्पण गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको लाकुरीभञ्याङ भूमिगत वृहत् खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ ।
प्रहरीले अवैध मलसहित ट्रकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको रम्भा गाउँपालिका –१ हुँगीमा अवैधानिक युरिया मलसहित ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
विमान दुर्घटना परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका छन् । ती चार बालबालिकालाई बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी शनिबार बिहान राजधानी बेगोटा पुर्याइएको छ ।
भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले नेपालले भारतीय पर्यटक आकर्षित गर्ने नयाँ योजना तथा कार्यक्रम बनाउनुपर्ने सुझाव दिनुभएको छ ।
हङकङमा जुन १२ देखि २१ तारिखसम्म आयोजना हुने एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा भाग लिने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरेको हो ।
बाजुरामा पछिल्लो समय स्याउ खेती फस्टाउँदै गएको छ । कृषि ज्ञान केन्द्र बाजुराले स्याउ खेती हुने बाजुराको विभिन्न ठाउँको सम्भाव्यता अध्ययन गर्दै किसानलाई स्याउ खेती गर्न लगाएपछि पछिल्लो समय बाजुरामा स्याउ खेती फस्टाउँदै गएको हो ।
जिल्ला कारागारमा छालाको समस्याका बिरामीको सङ्ख्या बढ्दै गएको छ । गर्मी बढेसँगै यो समस्या बढ्दै गएको हो ।
समाजवादी प्रेस सङ्गठनको शुक्रबारदेखि सुरु भएको प्रथम महाधिवेशनअन्तर्गत आज (शनिबार) निर्वाचन प्रक्रिया सुरु भएको छ । सोका लागि सबै पदमा मनोनयन दाखिला सम्पन्न भएको छ ।
टोकियोको हानेदा विमानस्थलमा शनिबार दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका छन् ।
कोरोनापछि हिल्सा नाकाबाट मानसरोवर कैलाशको धार्मिक पर्यटकद्वारा दर्शन सुरु भएको छ । कोरोना महामारी भएपछि हिल्सा नाका दुईतर्फी रूपमा सञ्चालनमा आएसँगै मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरू नेपालजञ्ग हुँदै सिमकोट आउन सुरु भएको हो ।
तराईमा गर्मी बढ्दै जाँदा मध्य नेपालमा पर्ने तराईको जिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरले दिनदिनै तापक्रममा नयाँ ‘रकर्ड’ बनाउँदै आएको छ । यसअघिका वर्षमा नेपालगञ्ज, वीरगञ्ज, धनगढीलगायत सहरको तापक्रम देशकै सबैभन्दा बढी मापन गरिएको भए पनि यस वर्ष नवलपुरले उच्च तापक्रममा नयाँ नयाँ ‘रेकर्ड’ बनाउँदै आएको छ ।
वन कुकुर (ढोँले) विश्वभर पाइने ‘क्यानिड्स’ परिवारको लोपोन्मुख स्तनधारी प्रजाति हो । पारिस्थितिकीय प्रणाली र जैविक विविधता सन्तुलनमा महत्त्वपूर्ण भूमिका खन्ने वन कुकुर पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ ।