प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ पशुपति क्षेत्रको निरीक्षण र अवलोकन गर्नुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा सरकार कडाइका साथ लागेको भन्दै यसमा सहयोग गर्न मोबाइल व्यवसायीलाई आग्रह गर्नुभएको छ।
नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले गठबन्धन सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्दा नागरिकमा दलप्रति नै निराशा आएको बताउनुभएको छ । एमाले धनकुटाको स्कुल विभागले पाख्रीवासमा आज आयोजना गरेको तीन दिने विशेष प्रशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गर्नुभएको छ।
मकवानपुरे हास्यव्यङ्ग्यकार आरसी रिजाललाई हास्यव्यङ्ग्यकार डा. गणेशकुमार पौडेलको स्मृतिमा स्थापना गरिएको डा. गणेशकुमार पौडेल हास्यव्यङ्ग्य सम्मान प्रदान गरिएको छ । सिस्नुपानी नेपाल मकवानपुरले आफ्ना पूर्व अध्यक्ष पौडेलको स्मृतिमा स्थापना गरेको २५ हजार रुपियाँ राशिको सो सम्मान शनिबार हेटौँडामा आयोजित कार्यक्रममा रिजाललाई वरिष्ठ हास्यव्यङ्ग्यकार नरनाथ लुईँटेलले प्रदान गर्नुभएको हो ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले पार्टीको विचार र सिद्धान्तप्रति सबै प्रतिवद्ध हुन आवश्यक रहेको बताउनुभएको छ । काँग्रेस प्रशिक्षण शाखा गुल्मीले शनिबार आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै काँग्रेसको लुम्बिनी प्रदेश प्रशिक्षण विभागका प्रमुख समेत रहनुभएका उहाँले पार्टीको विचार, सिद्धान्तको बारेमा सबैलाई जानकारी गराउन जरुरी रहेको बताउनुभयो ।
शिक्षा देशको मेरुदण्ड भएकाले यसलाई मजबुत पार्नुपर्ने संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारी यादवले बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा जनता समाजवादी पार्टी नेपाल नगर समितिले आयोजना गरेको नगरभेला तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
यूरोप भ्रमणमा रहनुभएका पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले अष्ट्रियाका पूर्व राष्ट्रपति हाइन्ज फिसरसँग भेटवार्ता गर्नुभएको छ।
सर्लाहीको हरिपुर नगरपालिका –६, लक्ष्मीपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान राजाराम साहले कुटपिट गर्दा श्रीमती ४५ वर्षकी इन्द्रकलादेवी साहको मृत्यु भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रियता तथा राष्ट्रहितको पक्षमा सरकारले काम गर्न नसकेको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा देशको हितमा ठोस सहमति हुन नसकेको उहाँको भनाइ छ ।
वाङ्मय शताब्दी पुरुष स्व. सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको सँगालो ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति सार्वजनिक गरिएको छ ।
बर्दिबास औरही भित्री सडकखण्डमा शनिबार सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा औरही २ का ६० वर्षीय जाहिर अन्सारीको मृत्यु भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताउनुभएको छ।
नेपाली कांग्रेसका युवा नेता प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले युवा नेतृत्व आजको राजनीतिमा आवश्यक भएको बताउनुभएको छ।
जीवन र मृत्युलाई लिएर गाउँघरमा बुढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको समयमा नै हुन्छ, जसको भाग्यमा मृत्यु निर्धारण भएको छ त्यस प्राणीलाई बचाउन सकिँदैन अनि जसलाई जीवन जिउने समय दिइएको छ उसलाई कालले पनि केही गर्न सक्दैन।