आफ्नै जिल्लामा ठुला ठुला जलविद्युत् आयोजना बने पनि ढल्केबर र सिन्धुपाल्चोकस्थित लामोसाँघुको बिजुली प्रयोग गर्नुपर्ने रामेछापका नागरिकको बाध्यता अब भने हट्ने भएको छ । अबको केही दिनमा रामेछाप जिल्लामा न्यु खिम्ती सबस्टेसनको लाइन जोडिने भएको हो । न्यु खिम्ती सबस्टेसनको लाइन रामेछाप जोड्ने तयारी अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
पाल्पाको दुई स्थानबाट प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । भारतबाट लुकीछिपी पाल्पाको रामपुरमा ल्याएको अवैध युरिया मल प्रहरीले बरामद गरेको हो ।
तनहुँको आबुखैरेनी गाउँपालिका –५ रसौलीमा एक्साभेटर खसेर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन र सफाइका लागि आयोजना गरिएको अन्तरकलेज सफाइ प्रतियोगितामा समृद्धि कलेजले पहिलो स्थान हासिल गरेको छ। गत वैशाख ९ देखि सुरु भएको प्रतियोगितामा जया मल्टिपल कलेज दोस्रो र इम्पेरियल बिजनेस कलेजले तेस्रो स्थान हासिल गरेका छन्।
वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना गरिएको छ। केन्द्र स्थापना एक साताका लागि वीरमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका निमित्त उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालले ब्रेन ट्युमर भएका बिरामीको एकै ठाउँमा सहज र प्रभावकारी उपचार हुने उद्देश्यसाथ राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना गरेको जानकारी दिनुभयो।
जिल्लाको शुभकालीका गाउँपालिका–६ मा आइतबार राति सवार बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
नेपालको हिमाली भेगको तापक्रम वृद्धितर्फ अग्रसर हुन थालेको छ । पूर्वदेखि पश्चिम नेपालसम्मको उच्च हिमाली भेगमा विगत केही दिनयता तापक्रम बढ्दा न्यानो महसुस हुन थालेको छ । जल तथा मौसम विभागका अनुसार पहाडको तुलनामा कम भए पनि हिमाली भेगका लागि न्यानो महसुस हुनु पनि तापक्रम बढ्नु हो ।
नेपाल आँखा बैङ्कमा हालसम्म एक लाख जनाले मात्र मृत्युपश्चात् आँखादान गर्न इच्छा व्यक्त गरेका छन्। तिलगङ्गा आँखा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले भन्नुभयो, “आँखाका नानी दान गर्ने प्रण गरेका व्यक्ति तथा मृत्युपश्चात् हालसम्म सङ्कलित आँखाका नानीमध्ये १२ हजार ३४० व्यक्तिले आँखादानबाट प्राप्त आँखाले दृष्टि पाएका छन्।”
दादुराका बिरामी एक हजार तीन जना पुगेका छन्। परिवार कल्याण महाशाखाका अनुसार १६ जिल्लामा दादुरा फैलिएको छ। तीमध्ये बाँकेमा सबैभन्दा धेरै ३२९ जना बिरामी छन्। महाशाखाका निर्देशक डा. विवेककुमार लालले मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, काठमाडौँ, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, चितवन, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा दादुराका बिरामी पुष्टि भएको जानकारी दिनुभयो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुलुकको यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि ‘सहकार्य, समन्वय र ‘एक्सन’ योजना सुरु गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात क्षेत्रका विभिन्न समस्यामध्ये तत्काल नौ वटाको पहिचान गरी तिनको समाधानका लागि मन्त्रालयले ‘सहकार्य समन्वय र ‘एक्सन’ योजना सुरु गरिएको जानकारी दिनुभयो। सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह र ट्राफिक प्रहरीको सहकार्य तथा समन्वयमा यातायात क्षेत्रका समस्या तत्काल समाधान गर्न सो योजना सुरु गरिएको उहाँले स्पष्ट पार्नुभयो।
पशुपतिनाथ मन्दिरमा छाडिएका नन्दी (साँढे) तस्करी भएको छ। एक साताको अन्तरालमा दुई वटा नन्दी चोरी गर्दै गरेको अवस्थामा फेलापरेपछि पशुपतिनाथका साँढे पनि तस्करले लैजाने गरेको खुलेको हो। जेठ २३ गते साँढे चोरी गरी लैजान लागेको अवस्थामा रामेछाप घर भई हाल ललितपुरमा गाई फर्म सञ्चालन गर्ने यादव बोहोरालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार सोही दिन अभियुक्त बोहोरालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनका लागि म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
अत्यधिक गर्मीका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ । गर्मी बढेसँगै विद्यार्थीहरू कक्षाकोठामै बेहोस भएर ढल्न थालेपछि तराईका साथै पहाडी जिल्लाका अधिकांश विद्यालयमा पढाइ बन्द भएको छ । स्थानीय तहले वर्षे बिदामा कटौती हुने गरी पढाइ बन्द गर्न विद्यालयलाई निर्देशन दिएका छन् । केही स्थानीय तहले सम्बन्धित विद्यालयलाई आफू अनुकूल निर्णय गरेर पढाइ व्यवस्थापन गर्न अनुमति दिएका छन् । तापक्रम बढेर तातो हावा ‘लु’ चल्न थालेपछि बाँके, बर्दिया, सुर्खेत, महोत्तरी, सर्लाही, धनुषा, रौतहट, बारा, पर्सालगायत तराई क्षेत्रका अधिकांश जिल्लाका स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
नेपालमा पछिल्लो समयमा तातो हावाको लहर (हिट वेभ) जारी छ । यो तराईका जिल्लामा बढ्दो छ । तापक्रम वृद्धि हुँदा जनजीवन प्रभावित भएको छ भने कृषि बालीमा असर परिरहेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि आज राति चीन प्रस्थान गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्गीतको प्रवर्द्धनका लागि नेपाल सरकारको तर्फबाट विशेष सहयोग हुने बताउनुभएको छ।