गत केही दिनयता नेपालगञ्जमा अत्यधिक बढेको गर्मी र नियमित चल्ने तातो हावा 'लू' का कारण बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्।
पूर्वी कजाकिस्तानको अवाइ क्षेत्रमा बिहीबारदेखि जङ्गलमा लागेको डढेलोमा परी तीन जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।
इको साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१६ देखि गरिँदै आएको वातावरण साहित्य गोष्ठी-प्राय साहित्य विषयक कार्यपत्र प्रस्तुति, कृति विमोचन, पुरस्कार वितरण, कविता वाचन तथा एक दिवसीय आठौँ वातावरण साहित्य गोष्ठी सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका सांसद दीपक गिरीले आगामी आर्थिक वर्षदेखि बजेट घोषणा बिहान १० बजे गर्नुपर्ने बताउनुभएको छ ।
पछिल्लो डेढसाता मुलुकका धेरै स्थानमा अधिकतम तापक्रमले नयाँ कीर्तिमान राख्दा बढेको अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको थियो ।
दोलखाको तामाकोसी गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरेको छ । शैक्षिक क्षेत्रको विकासमा टेवा गर्ने उद्देश्यसहित गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरिएको हो ।
दोलखाको मेलुङ गाउँपालिका–७ ले आर्थिक वर्ष ०७९-८० को समीक्षा तथा ०८०-८१ को योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार वडा कार्यालयमा स्थानीय र जनप्रतिनिधिको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
जलाधार संरक्षण र वन्यजन्तुका लागि गुल्मीमा ३८ वटा सुक्खा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीले पछिल्लो तीन वर्षमा जिल्लाका विभिन्न स्थानहरूमा ३८ वटा पोखरी निर्माण गरेको हो ।
लामो खडेरीले गर्दा तनहुँमा यस पटक नगदे बाली हलेदो र अदुवा उम्रन सकेको छैन । धान र मकै पछिको यो मुख्य बाली नउम्रिएपछि कृषकहरू चिन्तामा छन् ।
सहरमा कहीँ कतै पनि फोहर देख्न पाइँदैन । धुलो त परेको कुरा । मुख्य चोकदेखि साना गल्ली तथा चोकसमेत सफा र चिटिक्क छन् । जताततै रुख रोपिएका छन् । त्यसमा नियमितरुपमा पानी हालिन्छ ।
पाकिस्तानको खैबर पख्तुनख्वा र पन्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी घाइते भएका छन् ।
महोत्तरीको रामगोपालपुर –५ स्थित फर्निचर उद्योगमा आगलागी भएको छ । रेवी ठाकुरले सञ्चालन गरेको फर्निचर उद्योगमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका –९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उहाँ बिरुवा उत्पादनमा सक्रिय हुनुहुन्छ ।
नेपालमा मनसुन सुरु हुन पाँच दिन लाग्ने भएको छ । मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन भित्रन चारदेखि पाँच दिन लाग्ने जनाएको छ ।