इनरुवा नगरपालिकामा आफ्नो बजेट, नीति तथा कार्यक्रममा व्यावसायिक कर नबढाउन माग गर्दै उद्योग वाणिज्य संघ इनरुवाले ज्ञापन पत्र बुझाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा छलफल जारी रहेको छ।
अन्नपूर्ण राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा यू–१७ छात्रमा प्रभात ईन्जिनियरिड स्कुलका स्वर्णिम दुवाल र छात्रामा टिलिङटार स्कुलका पुर्णिमा गुरुङ च्याम्पियन बन्नुभएको छ ।
खोटाङ हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती महिलाहरूको लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । नगरपालिकाले सञ्चालन गरेको एम्बुलेन्सबाट गर्भवती तथा सुत्केरी महिला र बेवारिसे व्यक्तिले निःशुल्क सेवा लिन पाउने छन् भने अन्य व्यक्तिको लागि सुलभ मूल्यमा एम्बुलेन्स उपलब्ध हुनेछ ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले बजेटकै कारण सरकार नढल्ने बताउनुभएको छ।
बढ्दो ट्राफिक समस्यालाई ध्यानमा राखेर नेपालगञ्जका पाँच वटा मुख्य चोकमा ‘अत्याधुनिक ट्राफिक लाइट’ जडान कार्य सुरु भएको छ।
भारतको बेंगलुरुमा असार ६ देखि १८ गतेसम्म आयोजना हुने १४औँ साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि नेपाली टोलीले फिलिपिन्ससँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
डोटीको सेती नदीमा नुहाउने क्रममा बगेर एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाका अनुसार डोटीको पूर्वीचौकी गाउँपालिका –४ का अन्दाजी ३८ वर्षका तेजबहादुर खड्काको ज्यान गएको हो ।
चितवनको भरतपुरमा छाता ओडेर सडकमा हिँडिरहेका विद्यार्थी । पछिल्लो साता जिल्लाको तापक्रम ४० डिग्री आसपास हुँदा यहाँको जनजीवन प्रभावित बनेको छ ।
सांसद गगनकुमार थापाले बजेटको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
नेपालगञ्जमा वर्षाको समयमा सयौँ घरहरू जलमग्न हुनेगरेका छन् । सडकभन्दा कम उचाइमा निर्माण गरिएका घरभित्र बर्सातको समयमा पानी पसेर दुःख दिनेगरेको छ ।
नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाली बजाएर प्रदर्शन गरेको छ।
नेपाली फुटबलको सबैभन्दा ठुलो घरेलु प्रतियोगिता शहीद स्मारक ‘ए’ डिभिजन लिग चर्च ब्वाइज क्लबलाई च्याम्पियन बनाउँदै सम्पन्न भएको छ ।
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बजेटबारे सांसदले दिएको सुझावलाई सम्बोधन गर्ने विधिबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरी देश परिवर्तन गर्न नसकिने बताउनुभएको छ । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।