• ६ जेठ २०८१, आइतबार

नदीमा बगेर एकको ज्यान गयो

blog

डिलबहादुर सिंह

डोटी, जेठ २८ गते । डोटीको सेती नदीमा नुहाउने क्रममा बगेर एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाका अनुसार डोटीको पूर्वीचौकी गाउँपालिका –४ का अन्दाजी ३८ वर्षका तेजबहादुर खड्काको ज्यान गएको हो । 

डोटीको दिपायलस्थित सेती पुल नजिक नुहाउने क्रममा नदीमा बगेर उहाँको ज्यान गएको प्रहरीले जनाएको छ । नुहाउने क्रममा बगेर नदीमा बेपत्ता भएका खड्काको शव स्थानीय र प्रहरीको खोजीपछि फेला परेको छ ।