कर्णाली कोरिडोर अन्तर्गत खार्पुनाथ गाउँपालिकाको खार्पुस्थित दोजाम कर्णाली नदी किनारमा पक्की पुल निर्माण गर्ने क्रममा निस्केको तातोपानीको व्यवस्था गरी पुल निर्माण कार्य सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ।
युइएफए च्याम्पियन्स लिग फुटबलको उपाधि इङ्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ । टर्कीको इस्तानबुलस्थित एटाटर्क ओलम्पिया स्टेडियममा शनिबार राति भएको खेलमा सिटीले इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले हरायो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ।
नेकपा एमाले बाँकेले हचुवाका भरमा कपास विकास समिति खारेजीको निर्णय गरेको भन्दै सो निर्णय फिर्ता लिन माग गरेको छ ।
बाँकेमा जेठ अन्त्यसम्म पनि वर्षा नभएपछि किसानले धान रोपाइका लागि आवश्यक बीउ राख्न पाएका छैनन् । सिँचाइ सुविधा नभएको स्थानमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर धानको बीउ राखिएको छ ।
तातो हावा 'लू' र अत्यधिक गर्मीबाट जोगिन अहिले बाँके लगायत छिमेकी भारतीय सहरका सर्वसाधारणको प्रमुख गन्तव्य नेपालगञ्जका पौडी पोखरी बनेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्य खेमादेवी विष्टले आइतबार बसेको प्रदेश सभा बैठक बहिस्कार गर्नुभएको छ ।
भारतको उत्तराखण्डस्थित चक्करपुरमा सवारी दुर्घटनामा परी चारजना नेपालीको मृत्यु भएको छ ।
चर्चरे–सराई–आर्यभञ्ज्याङ सडकखण्डको बाँधबारीमा पक्की पुल बनेपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ । लुम्बिनी प्रदेश सरकार भौतिक तथा पूर्वाधार मन्त्रालयको लगानीमा बाँधबारीमा पक्की पुल बनेपछि यो सडकखण्ड भएर यात्रा गर्ने यात्रुलाई जुनसुकै बेला यात्रा गर्न सहज भएको हो ।
पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले अहिलेको आर्थिक मन्दीको यथार्थलाई स्वीकार गर्न नसकेको र नीति तथा कार्यक्रमसँग सामञ्जस्ययता कायम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।
जलको नगरी भनेर चिनिने महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रचण्ड गर्मीसँगै पानीको हाहाकार भएको छ । जलेश्वरको सम्पूर्ण वडाहरूमा पानीको अभाव भएपछि नगरपालिकाले पानी वितरण गर्न सुरु भएको हो ।
भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ । शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
काठमाडौंको सिनामङ्गलमा गोली चलेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले सिनामङ्गलस्थित शम्भु मार्गमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको जानकारी दिनुभयो ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नगरप्रमुखको कार्यकक्षमा लगाइएको ताला दशौं दिन पुग्दासम्म पनि खुल्न सकेको छैन । नगरप्रमुखको कार्यकक्षमा लगाइएको ताला नखुल्दा दैनिक काम प्रभावित भएको हो ।