• ६ जेठ २०८१, आइतबार

भारतमा सवारी दुर्घटनामा परी चार नेपालीको मृत्यु

blog

दोधारा चाँदनी, जेठ २८ गते । भारतको उत्तराखण्डस्थित चक्करपुरमा सवारी दुर्घटनामा परी चारजना नेपालीको मृत्यु भएको छ ।     

शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

कञ्चनपुरको भीमदत्त नगरपालिका –२ उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द, उहाँकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ–बुहारी कल्पनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरू सबै पूजापाठ सकेर फर्किरहेका थिए ।     

दुर्घटनामा परेर घाइते भएका उनीहरूलाई अस्पताल पुर्‍याउने बित्तिकै मृत घोषणा गरिएको थियो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे जानकारी नआएको जनाएको छ । “विभिन्न सञ्चारमाध्यमबाट घटनाबारे जानकारी प्राप्त भए पनि आधिकारिक रूपमा केही जानकारी आएको छैन”, प्रहरी निरीक्षक हर्षबहादुर चन्दले भन्नुभयो । रासस