अनलाइनमार्फत राजश्व सङ्कलन गर्न वडा सचिवहरूलाई अभिमुखीकरण तालिम दिइएको छ । सुनकोशी गाउँपालिकाले दश वटै वडाको राजश्व अनलाइन (सूत्र) मार्फत सङ्कलन गर्न वडा सचिवहरूलाई तालिम दिएको हो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले बजेटमा करेक्सन नगरे सत्ता गठबन्धन सरकार सङ्कटमा पर्ने बताउनुभएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बरकाे ६ मा अवस्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक नारायणप्रसाद पौडेलविरुद्ध तीन लाख १२ हजार रुपियाँ भ्रष्टाचारको मुद्दा दायर भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाली औषधि उद्योगलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभएको छ।
सर्लाहीको बसबरिया गाउँपालिकामा केही दिनअघि गर्भपतन गराएकी एक १६ वर्षीया किशोरीको उपचारका क्रममा आज मृत्यु भएको छ ।
सामाजिक सञ्जालबाट मानसिक तनाव एवम् चरित्र हत्या गर्दै आएका भनिएका ३५ वर्षीय कुलदिप चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
दार्चुलाको लाइफलाइनको रूपमा हेरिएको महाकाली कोरिडोर अन्तर्गत निर्माणाधीन दार्चुला–टिंकर सडक बजेट अभावका कारण ओझेलमा परेको छ । दार्चुलाको विकासका लागि पहिलो प्राथमिकताको योजना भए पनि बजेट अभावका कारण योजना समस्यामा परेको हो ।
श्रीलङ्कामा डेङ्गुका बिरामीमध्ये करिब २५ प्रतिशत व्यक्ति विद्यालय जाने बालबालिका रहेको यहाँको स्वास्थ्य क्षेत्रमा काम गर्ने अधिकारीले आइतबार बताएका छन्।
चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद (एसियाड)का लागि टेनिसको अन्तिम छनोट आइतबार सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले विसं २०७९ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ ।
आइसिसी विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । इङ्गल्यान्डको द ओभलमा सोमबार भएको फाइनलमा भारतलाई दुई सय नौ रनले हराउँदै अस्ट्रेलिया च्याम्पियन बनेको हो ।
काठमाडौं, जेठ २८ गते। राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले आयोजना गरेको ‘अविरल काव्य यात्रा’ को ७९ औँ शृङ्खलामा डा. रमेश शुभेच्छुका एक दर्जन कविता वाचन भएका छन्। अविरल काव्य यात्राको नयाँ शृङ्खलामा शभेच्छुले ‘मेरो परिवार’, ‘अँध्यारो’, ‘स्वयम्भू’, ‘आमाको मुख’, ‘रातो बत्ती’ र ‘उल्टो न्याय’ गरी छ ओटा कविता वाचन गर्नुभयो। अन्य ६ वटा कविता अन्य कविले वाचन गर्नुभएको हो। कवि जय गौडेल ‘हन्मेर्नो’, नारायण निरासी ‘अचानो’, देवु लुइँटेल ‘माझी’, गीता सापकोटाले ‘आमा’, ‘द्रोणाचार्यमाथि अभिमन्यु प्रश्न’ र डम्बर पहाडीले ‘लुखुरेको वादी’ कविता वाचन गर्नुभएको हो। राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद दयालबहादुर शाही हुनुहुन्थ्यो। समारोहमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी, पूर्व अध्यक्ष खगेन्द्र राई, मधेशी आयोगका आयुक्त सेतु, डम्बर घिमिरे, रामणि ढुङ्गेल, डा. कृष्ण भारद्वाज, इन्द्रकुमार श्रेष्ठ सरित, नवराज रिजाल, गोपाल मैनाली, डा. भागवत आचार्य, आर.सी न्यौपाने, डा. सीता सुवेदी पन्थी, ज्ञानु विद्रोही, रूपक अलंकारगायतको उपस्थिति थियो। राष्ट्रिय जनसाहित्य सङ्घ, नेपालका महासचिव प्रकाश सिलवालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा डा. हरिप्रसाद सिलवालले कवि रमेश शुभेच्छुकको साहित्यिक परिचय दिनुभयो भने प्रा. केशवप्रसाद सुवेदीले कार्यक्रममा वाचन गरिएका कविताको समीक्षात्मक टिप्पणी गर्नुभयो। कार्यक्रममा बोल्दै प्रमुख अतिथिले यस युगका लेखकले महाभारतको युगका व्यासको काम गरेको बताउनुभयो। उहाँले लेखकले हामीलाई प्रेरित गर्न सक्ने गरी लेख्नुपर्ने भन्दै लेखनले समाज परिवर्तनमा सघाउने विचार राख्नुभयो। कार्यक्रम राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका उपाध्यक्ष नर्मदेश्वरी सत्यालले धन्यवाद ज्ञापन गर्नुभयो।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आयोजना बबरमहलस्थित नेपाल कला परिषद्मा भइरहेको राष्ट्रिय ललितकला प्रदर्शनीको आज अवलोकनपछि उहाँले पुरानो कला र संस्कृतिको संरक्षण र त्यसको विकास पनि गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो।
विभागीय टोली नेपाल एपिएफ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रिस्टार क्लबले भिसा विनै दुई जना विदेशी खेलाडी खेलाएको भन्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा उजुरी दिएको छ ।
गौर नगरपालिकाले जनावरहरूको लागि वैकल्पिक पानीको व्यवस्था गरेको छ । अत्यधिक गर्मीको कारण पानीको अभाव भएपछि जनावरहरूका लागि वैकल्पिक पानीको व्यवस्था गरिएको हो ।