पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङबाट बङ्गलादेशको राजधानी ढाकाका लागि १७.६ टन टेक्सटाइल सामग्री बोकेको कार्गो विमान उडेको नानजिङ भन्सारले पुष्टि गरेको छ ।
बेलायतका पर्यटन व्यवसायी स्टोभ बेरीको टोलीले करिब दुई साता अवधि नर्थ अन्नपूर्ण पदयात्रा गरेर फर्कनुभएको छ । बेलायतमा माउन्टेन किङडम्स युके सञ्चालन गर्नुभएका बेरीले नेपालमा ३५ वर्षदेखि पर्यटक पठाउँदै आउनुभएको छ ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथिको उजुरीउपर बुधबारदेखि छलफल हुने भएको छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको आज (सोमबार) बसेको बैठकले उहाँमाथिका उजुरीउपर यही जेठ ३१ गते छलफल गर्ने निर्णय गरेको हो ।
जाजरकोटको कुशे गाउँपालिकाको वडा नम्बर ५ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले
केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएका समाचार आएका छन् । तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गरिएका छन् । तराईमा लुको प्रकोप बढ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।
काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयहरुले विरोध गरेका छन् ।
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याउने बजेटको तयारी गर्ने अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउने तयारी गरेको हो ।
रुपन्देहीमा लागूऔषध सेवनकर्ता चालकको सडकमै परीक्षण गर्न थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले लागूऔषधको प्रयोग र ओसारपसार नियन्त्रणका लागि चालकहरूलाई सडकमै परीक्षण सुरु गरेको हो ।
गौर हत्याकाण्डसम्बन्धी मुद्दामाथि आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ ।
साउदी अरबले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतबार तीन आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको छ ।
हुम्लाको मध्यभेगमा पर्ने सर्केगाड गाउँपालिका–७ रोडीकोटका ३२ वर्षे धनकौरा शाहीको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको बताउनुभएको छ ।
जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ । पछिल्लो समय यहाँका धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ ।
क्षति पुगेको बीमा रकम नपाएपछि तनहुँका पीडित किसान आन्दोलनमा उत्रिएका छन् । उनीहरूले सदरमुकाम दमौलीमा विरोध प्रदर्शन गर्दै बीमा क्षतिको रकम उपलब्ध गराउने व्यवस्था मिलाइ दिन माग राखेका छन् ।
साथीहरू, हामी पढ्न सुरु गर्दा – क, ख तथा ए, बी, सी, डी भनेर सिक्न थाल्छौँ । सिक्दा ‘ए फर एप्पल भनेजस्तै हामीले टी फर टाइगर’ भनेर पढेको सायदै बिर्सन्छौ होला । हो त्यै टाइगर अर्थात् बाघका बारेमा आज जानौँ न त है । बाघको वैज्ञानिक नाम ‘प्यानथेरा टिग्रिस’ भनिन्छ । बाघ आफैँमा हिंस्रक जनावर हो । यो जङ्गलमा बस्छ । नेपालमा पाइने बाघ पाटे बाघ हो । यो टाटे पाङ्ग्रे रङमै हुन्छ । प्रकृतिक रूपमा बाघ लजालु स्वभावको हुन्छ । यसले सितिमिति मान्छेलाई आक्रमण गर्दैन । यदि मान्छेलाई आक्रमण गरेर खान थालेपछि यो नरभक्षी हुन्छ । नरभक्षी बाघले फेरि फेरि मान्छे नै सिकार गर्न खोज्छ । बाघ एकआपसमा जुधेर घाइते भयो भने, बूढो भएर