• २१ वैशाख २०८१, शुक्रबार

बाघ यस कारण हुन्छ नरभक्षी

blog

प्रशंसा पराजुली

स्मल हेभन मोडेल स्कुल

भरतपुर, चितवन 

साथीहरू, हामी पढ्न सुरु गर्दा – क, ख तथा ए, बी, सी, डी भनेर सिक्न थाल्छौँ । सिक्दा ‘ए फर एप्पल भनेजस्तै हामीले टी फर टाइगर’ भनेर पढेको सायदै बिर्सन्छौ होला । हो त्यै टाइगर अर्थात् बाघका बारेमा आज  जानौँ न त है ।  बाघको वैज्ञानिक नाम ‘प्यानथेरा टिग्रिस’ भनिन्छ । 

बाघ आफैँमा हिंस्रक जनावर हो । यो जङ्गलमा बस्छ । नेपालमा पाइने बाघ पाटे बाघ हो । यो टाटे पाङ्ग्रे रङमै हुन्छ । प्रकृतिक रूपमा  बाघ लजालु स्वभावको हुन्छ । यसले सितिमिति  मान्छेलाई आक्रमण गर्दैन । यदि मान्छेलाई आक्रमण गरेर खान थालेपछि यो नरभक्षी हुन्छ । नरभक्षी बाघले फेरि फेरि मान्छे नै सिकार गर्न खोज्छ । बाघ एकआपसमा जुधेर घाइते भयो भने, बूढो भएर अन्य जनावर सिकार गर्न नसक्ने भयो भने मानिसहरूको नजिकै रहेका साना वनहरूमा आएर बस्ने र मानिसलाई आक्रमण गर्ने गर्दछ । यसले जङ्गली जनावर आक्रमण गर्न नसकेपछि मात्रै मान्छेको सिकार गर्ने हो । यसरी घाइते वा बूढो भएका बाघलाई  चितवनको कसरामा थुनेर पाल्ने पनि गरिएको रहेछ ।  

चितवन राष्ट्रिय निुकञ्जको मुख्यालय कसरा नजिकै रहेको बाघको खोरमा अहिले बाँके, सीतामाई र वसन्ती गरी तीनवटा बाघ थुनेर पालिएका छन् । उनीहरूलाई एक दिन बिराएर २०  किलो मासु दिने गरिएको छ ।  बाँकेले बाके जिल्लामा पाँच, वसन्तीले माडीमा दुई जनाको ज्यान लियो र  सीतामाईले नवलपरासीको पिप्रहामा स्थानीय गाउँलेको घर पालुवा जनावर खान थालेपछि नियन्त्रणमा लिएर खोरमा राखिएको चितवन राष्ट्रिय निकुञ्जले थाहा दिएको छ । नेपाल, भारत, भुटानलगायतका देशमा मात्रै पाइन्छ । विशेषतः नेपालमा पनि  चितवन राष्ट्रिय निकुञ्ज बाघको प्रमुख बासस्थान हो । 

पछिल्लो गणना अनुसार नेपालमा बाघको सङ्ख्या ३५५ वटा छ । जसमध्ये सबैभन्दा बढी  चितवनमा १२८ वटा बाघ छन् । नेपालले छोटो समयमा बाघको सङ्ख्या दोब्बरभन्दा बढी बढाउन सफल भयो । यसमा संरक्षणकर्मीहरूको भूमिका अतुलनीय छ । बाघ वातावरणमा देखिने प्रभाव न्यूनीकरणका लागि पनि आवश्यक जनावर हो तर पछिल्लो समय बाघ मार्ने चोरीसिकार गर्ने गरिन्छ त्यो गलत हो ।