सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरिएको बताउनुभएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका -४ मसिनेस्थित पशुपति माध्यमिक विद्यालयले विद्यार्थीलाई विद्यालयमा अध्ययनका लागि टिकाई राख्न साइकल प्रदान गर्ने योजना ल्याएको छ । विद्यालयले मनहरी गाउँपालिका वडा नं. ४ को कार्यालयको सहयोगमा विद्यार्थीलाई साइकल प्रदान गर्ने योजना ल्याएको हो ।
विश्व रामसार क्षेत्र घोडाघोडी ताल यतिखेर कमलफूलले ढकमक्क ढाकिनुपर्ने हो । वैशाख अन्तिमदेखि फुल्न सुरु गर्ने कमलको फूलले घोडाघोडी ताल घुम्टो भित्रको दुलहीजस्तै शृङ्गार्ने गर्दथ्यो । तर अहिले अनियन्त्रित कमलको फूल, फल टिप्ने प्रवृत्ति बढेपछि कमलको पात र फूल मासिन थालेको छ ।
सरकारको निर्देशनपछि रोकिएको नयाँ स्टक एक्सचेन्जको अनुमति (स्टक लाइसेन्स) र नेपाल धितोपत्र बोर्डले अघि बढाइसकेको नयाँ धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) प्रक्रियाबारे प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले बोर्डसँग जवाफ माग्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको बताउनुभएको छ ।
प्रदेश मन्त्रिपरिषदले निर्णय गरेकै आधारमा ऐनमै नभएको व्यवस्था लागु गर्दा पछि समस्या आउन सक्ने यातायात व्यवस्था कार्यालयका अधिकारीहरुको तर्क छ ।
आइतबार साँझ अबेर नारायणगढ बजार नजिकैको नारायणी नदी किनारमा धेरै मानिसको चहलपहल थियो । एक जना भन्दै हुनुहुन्थ्यो, “मुम्बईको जुहु चौपटी बीच जस्तै बनेछ ।” सँगै रहेका अर्का व्यक्तिले थप्नुभयो, “थाइल्याण्डको समुन्द्र किनारको झल्को आयो ।”
नेपालको भौगोलिक अवस्था (हिमाल, पहाड र तराई) अनुसार आ–आफ्नै विशेषतायुक्त हावापानी छ । फरक हावापानीका कारण विपद्जन्य घटनाको प्रकृति पनि फरक–फरक देखिँदै आएको छ । पहाडी भेगमा पहिरो, तराईमा बाढी र हिमाली क्षेत्रमा हिमपहिरोका घटना भइरहेका छन् ।
गुल्मी रेसुङ्गा नगरपालिकाले जेठ २१ गते शुभारम्भ गरेको ‘जाऊँ हिँड रेसुङ्गा’ अभियानलाई सफल बनाउन व्यापक प्रचार–प्रसार भइरहेसँगै यहाँका होटल व्यवसायी मञ्चले पनि ऐक्यबद्धता जनाएका छन् ।
कैलालीको गेटामा सञ्चालनका क्रममा रहेको शहीद दशरथ चन्द मेडिकल कलेजलाई राष्ट्रिय विज्ञान विश्वविद्यालयका रूपमा सञ्चालन गरिने भएको छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
सर्लाहीको बागमतीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । बागमती नगरपालिका –१२, बथाने बस्ने कुमार वि.क. का छोरा चार वर्षीय सलिन वि.क. को विषालु सर्पले टोकेर मृत्यु भएको हो ।
स्याङ्जाको वालिङमा पशुहरूमा लम्पी स्किन देखिन थालेपछि भ्याक्सिन लगाउन सुरु गरिएको छ । देशका विभिन्न जिल्लाहरूमा फैलिएको लम्पी स्किन वालिङमा समेत देखिएपछि अहिले जनचेतना जगाउने र पशुहरूमा यस रोगका विरुद्ध भ्याक्सिन लगाउने कार्य भइरहेको छ ।
अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।